वाग्मती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा नेमकिपाबाट ढुकुछु र महर्जनद्वारा उम्मेदवारी दर्ता
- पुष २३, २०८२
हेटौँडा, १२ असार । प्रदेश नं. ३ को प्रदेशसभाको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७६÷७७ को बजेट विपक्षीको असहमति तथा विरोधबीच पारित भयो । नेपाल मजदुर किसान पार्टीले बजेटको विपक्षमा मत जाहेर ग¥यो ।
बैठकमा नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईले सामाजिक–सांस्कृतिक रूपान्तरणलाई बल नपु¥याउने बजेट हर्ष न विस्मातको हुने विचार व्यक्त गर्नुभयो । उहाँले बजेट राजनीतिक तथा वर्गीय दस्तावेज हुने र त्यसले राजनीतिक सिद्धान्तको अभिव्यक्ति दिने धारणा राख्नुभयो ।
सांसद गोसाईले भन्नुभयो, “बजेटमा मजदुर–किसानको अनुहार देखिइनुपथ्र्याे । लाखाँै–लाख शोषित–पीडित जनताको आवाज बन्नुपथ्र्याे । तर बजेट अमूर्त कलाझैँ बन्यो । सन्तुलन गुमाएको बजेटबाट विकास होइन बेइज्जति र बेइमानी बढ्ने छ ।”
उहाँले अगाडि भन्नुभयो, “पुराना उद्योगलाई पुनः सञ्चालनमा ल्याउने र नयाँ साना–ठूला उद्योगको स्थापना गर्ने सोच बजेटमा प्रतिबिम्बित भएन । उत्पादन क्षमता बढाउने योजना नहुनु खेदजनक छ ।”
सांसद सृजना सैँजूले कृषि क्षेत्रमा सरकार उदासीन देखिनु विडम्बना हो भन्दै रसायनिक मलको अभाव, उन्नत बीउबिजनको अभाव, भण्डारणको समस्या आदिका कारण नयाँ पुस्ता कृषिमा आकर्षित नभई विदेश पलायनको बाटोमा लागेको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “कृषि बजारको अभाव छ । भएको बजार बिचौलियाको कब्जामा छ ।”
सांसद सैंजूले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले न्यून बजेट विनियोजन गरेर जनताको अपेक्षाविपरीत काम गरेको प्रस्ट पार्नुभयो ।
आर्थिक विधेयकमा भएको छलफलमा भाग लिँदै सांसद सैंजूले जनताबाट उठाइएको कर जनताकै हितमा प्रयोग गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कर छुट र छलीलाई कायम राखेर समृद्धि सम्भव नहुने बताउँदै उहाँले सरकार नीतिगत भ्रष्टाचारको बाटोमा हिँडिरहेको स्पष्ट पार्नुभयो ।
Leave a Reply