भर्खरै :

चन्द्रागिरी नपामा आत्मरक्षा तालिम

काठमाडाँै, १३ असार । महिला सशक्तीकरण उपभोक्ता समिति, चन्द्रागिरी नगरपालिका वडा नं. १५ तीनथाना, काठमाडाँैको आयोजनामा स्थानीय विद्यालयका विद्यार्थी एवं शिक्षिकाहरूलगायत न्यू डाइमन्ड स्कूलका महिला भलिबल खेलाडीहरूलाई आत्मरक्षा गर्ने कलासम्बन्धी दुईदिने चेतनामूलक प्रशिक्षण तथा टेक्निकल तालिम सम्पन्न भएको छ ।
दिन प्रतिदिन बढ्दै गइरहेको महिला हिंसा र बलात्कारबाट बच्न बालबालिका, किशोरी र वृद्धामात्र होइन खेलाडीहरूले पनि सहीरूपमा आत्मरक्षा गर्ने, यसबारे ज्ञान र सीप सिक्नु समयको माग भए आत्मरक्षा प्रशिक्षण तथा टेक्निकल तालिमले सामाजिक अपराधीलाई निरुत्साही तुल्याउने कुरा महिला सशक्तीकरण उपभोक्ता समिति, चन्द्रागिरी नपाका अध्यक्ष सुनकेसरी मालीले बताउनुभयो ।
चेतनामूलक आत्मरक्षा प्रशिक्षण तथा टेक्निकल तालिम प्रमुख प्रशिक्षक तथा सामाजिक अभियन्ता पद्मा खयरगोलीले खेलाडी, विद्यार्थी तथा महिला आफैँ समयमै सचेत, सबल, सक्षम हुन प्रशिक्षणले आत्मबल बढ्ने बताउनुभयो ।
सो कार्यक्रममा आत्मरक्षासम्बन्धी प्रस्तुतीकरण, शारीरिक व्यायाम र टेक्निकल तालिम दिइएको थियो । तालिम सम्पन्न भएपश्चात् न्यू डाइमन्ड महिला भलिबल टीमका राष्ट्रिय खेलाडी प्रतिभा मालीले यसले खेलाडीमा आत्मबल बढेको र आत्मरक्षा टेक्निक समय सान्दर्भिक भएको बताउनुभयो ।
प्रशिक्षण प्रमुख प्रशिक्षक पद्मा खयरगोली (श्रेष्ठ) का साथै प्रशिक्षक रवीन्द्र श्रेष्ठ, रोजिना लोहला, जयन्ती श्रेष्ठले संयुक्तरूपमा टेक्निकल तालिम दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *