भर्खरै :

अण्डाको मूल्यवृद्धि

रत्ननगर, १४ असार । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ ।
सङ्घले आजदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु. २५५ र मध्यम अण्डाको प्रति क्रेट रु. १७० कायम गरिएको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो ।
यसअघि कृषकले ठूलो अण्डाको प्रतिक्रेट रु. २०० र मध्यम अण्डाको प्रतिक्रेट रु. ११५ पाउँदै आएका थिए । सङ्घका अध्यक्ष कँडेलले बजारमा अण्डाको भण्डार कम भएपछि मूल्यवृद्धि गरिएको बताउनुभयो । जिल्लामा लामो समयदेखि मागभन्दा बढी अण्डा उत्पादन भएपछि भाउ घटेको थियो । अण्डाको भाउमा गिरावट आएसँगै लेर्यस कुखरापालकहरू लागत मूल्त्न्दा कममा अण्डा बिक्री गर्दै आइरहेका थिए ।
कँडेलका अनुसार प्रति अण्डाको लागत मूल्य रु. १० पर्न जान्छ तर कृषकले रु. सातमा वितरकलाई बिक्री गर्दै आएका थिए । यो अण्डा बजारमा एउटाको रु. १५ मा पाइन्छ । नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्षरूपमा एक लाख ७५ हजार व्यक्तिले रोजगारी पाएका छन् ।
दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा सङ्लग्न छन् । देशमा कुखुरापालन व्यवसायमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउनुहुन्छ । यो व्यवसायमा ७० अर्बभन्दा बढी लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *