एसिया–प्रशान्त क्षेत्रमा सन्तुलन कायम गर्न सघाउँदै चीन
- असार १४, २०८३
भक्तपुर, १८ असार । असार शुक्ल प्रतिपदाका दिन विश्व प्रसिद्ध पाँचतले मन्दिरमा तुछिमलाका बासिन्दाहरूले गत वर्षझैँ यस वर्ष पनि झण्डोत्तोलन गरी ३१८ औँ वर्षबन्धन मनाएका छन् ।
मन्दिरको सबभन्दा माथिल्लो तलामा २० जना अवालहरू पुगेका थिए । यस वर्ष पाँचतले मन्दिरको गजुरमै झण्डोतोलन गरिएको थियो । गत वर्ष मन्दिरको पहिलो तलामै झण्डोतोलन गरिएको छ ।
पुजारी नरेन्द्र जोशीले प्रायः सिकर्मी र डकर्मी काम गर्ने अवाल समुदायहरू माथिल्लो तलामा चढ्न नडराउने बताउनुभयो । यो परम्परा राजा भूपतीन्द्र मल्लको समयदेखि नै चलिआएको उहाँले भन्नुभयो । झण्डोत्तोलन गर्नुअघि तलेजुका पुजारी र रकमीहरू बसेर सिद्धिलक्ष्मीको पूजा आराधना गरिन्छ ।
संस्कृतिविद् ओम धौभडेलले भन्नुभयो, “पहिले गजुरमा झण्डोतोलन गर्नुपूर्व छानोेमा भएको घाँस उखेल्ने, छानो मर्मत गर्न र सरसफाइ गरिन्थ्यो ।”
Leave a Reply