भागबन्डाको राजनीति अपराध छोप्न नहुने
- जेष्ठ २, २०८२
भक्तपुर, १८ असार । मध्यपुर थिमि नगरपालिकाको बुधबार बोलाइएको नगरसभा बैठक स्थगित भएको छ । नगरपालिकाले नगरसभाको बैठक बिहान ११ बजे बोलाएको थियो । तर, नपाको गतिविधिबाट असन्तुष्ट नेकाका जनप्रतिनिधिहरुले विवादको विषय नसुल्झेको कारण सो बैठक समयमा हुन सकेन । नेकाका जनप्रतिनिधिहरुको आग्रहअनुसार दिनको २ बजे बोलाइएको बैठक पनि स्थगित भयो ।
यसअघि मध्यपुर थिमि नगरपालिकामा नेकाका जनप्रतिनिधिहरुले करको विषयमा फरक मत राखेका थिए । मनपा वडा नं. ४ स्थित बालकुमारी मन्दिर, दुई पोखरी, ढुङ्गेधारा, विष्णु कुण्डल निर्माणमा भएको खर्चबारे विवाद भएको थियो ।
नगरसभाको बैठक बोडे सिन्टीटार कृषि विकास तालिम केन्द्रमा बोलाइएको थियो । सरकारले असार १० गतेभित्र आ–आफ्नो नगरपालिका र गाउँपालिकाको बजेट केन्द्रमा पठाउन पत्राचार गरेको थियो । समयभित्र बजेट नपठाए केन्द्रको बजेट रोक्ने चेतावनी सरकारले दिएको थियो ।
Leave a Reply