अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
नारायण न्यौपाने
काठमाडौँ, २१ असार । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि कानुनको उल्लङ्घन गर्ने तथा नियम पालना नगर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न प्रहरी सक्रिय भएको छ ।
भन्द्रकाली मन्दिरतर्फबाट सिंहदरबार पश्चिम मूलद्वार पृथ्वीनारायण शाहको सालिक हुँदै रामशाहपथतर्फ मोडिने सवारी चालकले सडक अनुशासन (लेन) उल्लङ्घन गरेमा जरीवाना गर्ने कार्यलाई प्रहरीले तीव्र तुल्याएको हो ।
सिंहदरबारको मूलढोकामै सवारी चालकको नाममा हुने कानून उल्लङ्घनलाई नियन्त्रण गर्न साँझ बिहानमात्र होइन, तातो घाममा छातीमा क्यामेरा भिरेका तथा हातमा जरिवाना गर्ने रातो रसिद बोेकेर खडा भएका प्रहरी देखिन्छन् ।
लेन क्रम गरे÷नगरेको केहीले चियो गर्छन् भने केहीले उल्लङ्घन गरेर भाग्न खोज्नेलाई नियन्त्रणमा लिएर जरिवानाको रसिद बोक्नेनेर पु¥याइदिने गरेको देखिन्छ । सधैँजसो जाम हुने उक्त ठाउँमा पछिल्लो समय सार्वजनिक बिदाको दिनबाहेक दैनिकरुपमा सडक लेन उल्लङ्घन गर्ने करीब १५० सवारी साधनका चालकलाई कारबाही गरिँदै आएको महानगरीय ट्राफिक महाशाखाको तथ्याङ्कले पुष्टि गरेको छ ।
शुक्रबार उपत्यकामा सडक लेन उल्लङ्घन गर्ने २७४ सवारी साधनमध्ये १५० सिंहदरबार अगाडि कारबाहीमा परेका हुन् ।
अघि पछिको तुलनामा बढी जाम हुने बिहान ९ देखि ११ र बेलुकी ४ देखि ६ बजेको बीचमा सडक नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिने निकै चियो गरेर प्रहरी उभिएको त्यहाँ देखिन्छ । उक्त समयमा त्यहाँ छ÷सात जनाको सङ्ख्यामा प्रहरी खट्ने गरेको पाइन्छ ।
सडक लेन उल्लङ्घन गर्ने सवारी साधनलाई रु. ५०० जरिवाना गरिँदै आएको छ । सडक लेन उल्लङ्घन गर्नेमा मोटरसाइकल चालकको सङ्ख्या अधिक अर्थात् ९० प्रतिशतभन्दा बढी रहेको तथ्याङ्कले देखाएको छ ।
सडक अनुशासनलाई बेवास्ता गरी अरुलाई पछि पार्दै सवारी साधन हुइँक्याउने शिक्षित युवापुस्ता नै ट्राफिक प्रहरी कार्यालय पुगेर जरिवाना बुझाउने सूचीमा अग्रस्थानमा छन् । सिंदरबारपछि सडक लेन उल्लङ्घन गर्नेबाट जरिवाना असुल्ने चोक भनेको थापाथली, बानेश्वर, त्रिपुरेश्वर, महाराजगञ्ज, कोटेश्वर, माइतीघर, कलङ्की र पुतली सडक हुन् ।
जानेर होस् वा नजानेर चालकले सडक अनुशासनमा रहनुपर्छ भन्ने कुरालाई हेक्का नगरी छिटो अघि बढ्न खोज्दा कारबाहीको दायरामा पर्ने गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिनुभयो ।
Leave a Reply