अमेरिका–इरान युद्धको तनाव थप चर्किँदै
- भाद्र २४, २०८३
अस्टे«लिया, ३१ असार (सिन्ह्वा) । अष्ट्रेलियाको १ राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले आफूहरूमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गर्न लागेको समाचारमा जनाइएको छ ।
अस्पताल एवम् स्वास्थ्य केन्द्रहरूका कार्यस्थलमा सुरक्षाको अभाव रहेको कारण देखाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
उक्त राज्यका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूका मजदुर युनियनका करिब ५०० जना प्रतिनिधिहरूले मङ्गलबार आगामी अगष्ट १ तारिखमा काम रोक्ने प्रयोजनका लागि मङ्गलबार मतदान गरेका बताइएको छ ।
उनीहरूले आगामी अगष्ट १ तारिखमा चार घन्टासम्म काम रोक्ने माग गर्दै सो आन्दोलनको ऐक्यबद्धताका लागि मतदान गरेका बताइएको छ ।
उनीहरूले अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा सुरक्षाको माग गरेका छन् । थप सुरक्षा व्यवस्था नहुँदासम्म आफूहरूले काम नगर्ने उनीहरूले जनाएका छन् ।
न्यु साउथ वेल्स राज्यको स्वास्थ्य सेवा युनियनका सचिव गेरार्ड हाइजले भन्नुभयो– अस्पतालमा नै कैयौँको हत्या भएको छ, कैयौँमाथि छुरा हानिएको छ र कैयौँलाई कुटपिट गरिएको छ, त्यसैले सुरक्षाको राम्रो प्रबन्ध नगर्दासम्म हामीलाई अस्पताल पुगेर काम गर्नै गा¥हो छ ।
हामीले अहिले जे देखिरहेका छौँ त्यसलाई आधारभूत रूपमा नै परिवर्तन गर्ने बेला हो यो– उहाँले भन्नुभयो । मजदुर प्रतिनिधिहरूले अति भएर नै यो मतदान गरेको उहाँको भनाइ थियो ।
उहाँले थप २५० जना सुरक्षा गार्ड उपलब्ध गराउन आफूहरूले न्यु साउथ वेल्स राज्यको सुरक्षा निकायलाई आग्रह गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
एक तथ्याङ्कअनुसार गत वर्षमात्र उक्त राज्यमा ४६५ ओटा आक्रमणका घटना भएका थिए । पहिलो पटक वर्ष दिनमा यतिधेरै आक्रमणका घटना भएकोले आफूहरूमा असुरक्षा महसुश भएको पनि उहाँले बताउनुभयो ।
उहाँले गएको जनवरी महिनामा एकजना मानसिक सन्तुलन गुमाएका बिरामीले अस्पतालमा नै नर्सलाई छुरी हानेको घटना सुनाउँदै बिरामी र कहिलेकाहीँ बिरामीका आफन्तहरूले पनि स्वाथ्यकर्मीहरूमाथि आक्रमण गर्ने गरेकोले जानकारी दिनुभयो ।
अस्पतालमा कार्यरत चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी एवम् सबै कर्मचारीहरूमा पनि असुरक्षा बढेको यहाँका स्वास्थ्यकर्मीहरूले विगत लामो समयदेखि बताउँदै आएका छन् ।
यहाँका चिकित्सकहरूले आफूहरूले जहिले पनि बिरामीलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरेको र सरकारले पनि स्वास्थ्यकर्मीहरूको सुरक्षालाई यसैगरी प्राथमिकतामा राखेर काम गर्नुपर्ने माग गर्दै आएका छन् ।
उनीहरूले यो आन्दोलनको घोषणा गरेको भए पनि अस्पतालका बिरामीहरूलाई कुनै पनि किसीमको अप्ठेरो नपार्ने नीति आफूहरूको रहेको पनि बताएका छन् ।
Leave a Reply