इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
मोटर गाडी, हवाई एवं सैैनिक ठेक्का, विद्युतीय एवं इलेक्ट्रिोनिक्स सामान, तेल तथा ग्यास, वित्तीय सेवा, रसायन, धातु, रिटेलिङ्ग एवं सञ्चारका प्रविधिहरू ४९ मध्येका मुख्य क्षेत्रहरू हुन् । प्रादेशिक तहमा प्रदान गरिने अनुदानहरू सामान्यतः सङ्घीय क्षेत्राधिकारभित्र पर्दैनन् । तसर्थ त्यसको यथार्थ परिमाण र चरित्र अध्ययन गर्न कठिन हुन्छ । यस किसिमको प्रदेश तहको अनुदानको परिमाण सार्वजनिक गरिनेभन्दा निकै ठूलो हुने गर्दछ ।
उड्डयन क्षेत्रमा, सन् २००० देखि बोइङ्गले सङ्घीय र प्रदेश÷स्थानीय सरकारबाट १४.५ अर्ब अमेरिकी डलर बराबरको अनुदान पाएको छ । त्यसैगरी सन् २०११ देखि विभिन्न तहका सरकारको तर्फबाट ७३.७ अर्ब अमेरिकी डलर बराबरको ऋण, बोन्ड फाइनान्सिङ्ग, उद्यम पुँजी, ऋण ग्यारेन्टी तथा आर्थिक उद्धार सहयोग प्राप्त गरेको छ ।
मोटर गाडी, हवाई एवं सैैनिक ठेक्का, विद्युतीय एवं इलेक्ट्रिोनिक्स सामान, तेल तथा ग्यास, वित्तीय सेवा, रसायन, धातु, रिटेलिङ्ग एवं सञ्चारका प्रविधिहरू ४९ मध्येका मुख्य क्षेत्रहरू हुन् । प्रादेशिक तहमा प्रदान गरिने अनुदानहरू सामान्यतः सङ्घीय क्षेत्राधिकारभित्र पर्दैनन् । तसर्थ त्यसको यथार्थ परिमाण र चरित्र अध्ययन गर्न कठिन हुन्छ । यस किसिमको प्रदेश तहको अनुदानको परिमाण सार्वजनिक गरिनेभन्दा निकै ठूलो हुने गर्दछ ।
उड्डयन क्षेत्रमा, सन् २००० देखि बोइङ्गले सङ्घीय र प्रदेश/स्थानीय सरकारबाट १४.५ अर्ब अमेरिकी डलर बराबरको अनुदान पाएको छ । त्यसैगरी सन् २०११ देखि विभिन्न तहका सरकारको तर्फबाट ७३.७ अर्ब अमेरिकी डलर बराबरको ऋण, बोन्ड फाइनान्सिङ्ग, उद्यम पुँजी, ऋण ग्यारेन्टी तथा आर्थिक उद्धार सहयोग प्राप्त गरेको छ ।
बक्स ५ – युरोपेली सङ्घद्वारा संरा अमेरिकी नागरिक हवाई अनुदानलाई चुनौती
सन् २००४ र २००५ मा युरोपियन युनियनले दुई पटक संरा अमेरिकासँग बोइङ्गलाई प्रदान गरेको अनुदान विषयमा परामर्शका लागि आग्रह ग¥यो । सन् २००६ मा विश्व व्यापार सङ्गठनले DS353 प्यानलको स्थापना ग¥यो । सन् २०१२ को मार्चमा विश्व व्यापार सङ्गठन (WTO) ले पुनःरावेदन निकायको प्रतिवेदनअनुसार नासा, रक्षा विभाग, व्यापार विभाग तथा अन्य सङ्घीय विभागहरू वासिङ्गटन, कान्सास र इलिनियस राज्यहरूले बोइङ्गलाई लामो अवधिसम्म अनुसन्धान तथा विकासका नाममा सङ्घीय सरकारले र अन्य सरकारहरूले कर छुटका नाममा कम्तीमा ५३ अर्ब अमेरिकी डलर दिएको छ । यो अनुदान प्रतिबन्धित एवं कारबाहीयोग्य छ । साथै उक्त प्रतिवेदनले संरा अमेरिकालाई आफ्नो अनुदान नीति विश्व व्यापार सङ्गठनसँगको सम्झौताअनुसार संशोधन गर्न भनेको छ । संरा अमेरिकाले ६ महिनाको अवधिसम्म यस रुलिङ्ग लागू गर्ने आफ्नो नियत सार्वजनिक ग¥यो । सन् २०१३ को नोभेम्वरमा वासिङ्गटन राज्यले आफ्नो स्थानीय कर सम्बन्धी कानुन संशोधन ग¥यो । साथै बोइङ्गको एसेम्वली लाइन आफ्नै राज्यमा राख्नका लागि आन्तरिक उड्डयन कम्पनीहरूको लागि कर क्रेडिट नीतिलाई निरन्तरता दिने घोषणा ग¥यो । युरोपियन युनियनले संरा अमेरिका सम्झौताअनुसार नचलेकोमा कैयौं आरोपहरू लगायो ।
सन् २०१७ को जून ९ का दिन विश्व व्यापार सङ्गठनले एक प्रतिवेदन सार्वजनिक ग¥यो । त्यस प्रतिवेदनमा वासिङ्गटन राज्यले अहिले पनि बोइङ्गलाई प्रतिबन्धित अनुदानहरू दिँदै आएको उल्लेख गरेको छ । प्रतिवेदनमा A320neo र A320neo परिवारले ठूला हवाइजहाज बजारमा उल्लेख्य बिक्री घाटा व्यहोर्नु परेको उल्लेख छ । साथै बोइङ्गलाई वासिङ्गटनको कर घटाउने नीतिका कारण संरा अमेरिका र यू. अ. ई. को बजारमा A320neo नीतिमा बाधा पुग्ने खतरा रहेको उल्लेख छ । यस नीतिले सन् २०१२ मा संरा अमेरिकाले रुलिङ्ग मान्छु भन्ने प्रतिबद्धता उल्लङ्घन गरेको छ ।
सवारीसाधन उद्योगमा, संरा अमेरिकाको सङ्घीय एवं प्रादेशिक सरकार दुवै तहले सवारी साधन उद्योगहरूलाई प्राथमिकता दिने नीतिसहित सहयोग गर्छ । केही प्रमुख कम्पनीहरूलाई ठूलो उद्धार एवं अदृश्य अनुदान सहयोग गर्छ । संरा अमेरिकी ट्रेजरी विभागअनुसार अन्तर्राष्ट्रिय आर्थिक मन्दीका बेला संरा अमेरिकाले ट्रवल्ड एसेट रिलिफ प्रोग्राम (TAPR) अन्तर्गतको अटोमोटिभ इन्डष्ट्रिज फाइनान्सिङ्ग प्रोग्राम (AIFP) मार्फत प्रमुख अटो कम्पनीहरूलाई ८० अर्ब अमेरिकी डलरको सहयोग गरेको थियो । १) संरा अमेरिकी ऊर्जा विभागका अनुसार सन् २००७ मा २५ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्न, संरा अमेरिकी संसदबाट आधिकारिकता प्रदान गर्दै संरा अमेरिकाको ऊर्जा विभागले स्वतन्त्र ऊर्जा एवं सुरक्षा ऐन २००७ को सेक्सन १३६ लाई टेक्दै एड्भान्सड टेक्नोलोजी भेइकल म्यानुफ्याक्चरिङ्ग प्रोग्राम (ATVM) प्रस्तुत ग¥यो । २) ‘गुड जब फस्ट’ का अनुसार सन् २००० मा तेस्लाले संरा अमेरिकी सङ्घीय एवं प्रदेश÷स्थानीय सरकारहरूबाट साढे तीन अर्ब अमेरिकी डलरभन्दा बढी अनुदान प्राप्त गरे ।
कम्प्युटर तथा सेमिकन्डक्टर उत्पादनको क्षेत्रमा, संरा अमेरिकाले धेरै अघिदेखि सरकार नियन्त्रित औद्योगिक नीति अवलम्बन गर्दै आएको छ । सन् १९८० को दशकमा संरा अमेरिकाको अगुवाइ कायम राख्ने र विदेशी आपूर्तिकर्तामा अत्यधिक परनिर्भरताबाट जोगिने उद्देश्यका साथ सेमाटेक (SEMATECH) को अत्याधुनिक अनुसन्धानलाई सहयोगस्वरूप एक अर्ब अमेरिकी डलर विनियोजन गरेको थियो । माउस, डिस्प्ले, ओपिरेसन सिस्टम र तच स्क्रिनलगायत एप्पलको करिब सम्पूर्ण उत्पादनको अनुसन्धान एवं विकासमा संरा अमेरिकाको सरकारी विभागहरूको सहयोग छ । साथै तीमध्ये केही त संरा अमेरिकी सरकारद्वारा सञ्चालित प्रयोगशालामा सीधै निर्माण गरिएका हुन् । आर्मी–रक्षा उद्योगको हकमा, संरा अमेरिकाले सम्बन्धित उद्योगहरूलाई करमा प्राथमिकता, ऋणमा सुनिश्चितता, खरिदमा प्रतिबद्धता आदि सहयोग गरे । टाटपल्टिन लागेका ठूला आर्मी रक्षा संस्थाहरू विशेष सरकारी ऋण, पुनःसंरचना कोषहरू, टाटपल्टनबाट संरक्षण, सङ्क्रमणकालीन कोषहरू, ऋण राहत तथा सहयोगी नीतिहरू अघि सारिएका थिए । रक्षा उत्पादन ऐन २०१४ मा लेखिएअनुसार राष्ट्रपतिले कुनै ग्यारेन्टी एजेन्सीलाई निजी संस्थानहरूलाई ऋणको सुनिश्चितता दिने अधिकार प्रत्यायोजन गर्नसक्छ । राष्ट्रिय रक्षा तथा आयात वा सेवाहरूको निर्माण गर्न, तिव्रता दिन, विस्तार गर्न, संरक्षण गर्न वा पुनस्र्थापना गर्न एजेन्सीले लगानी गर्ने उद्देश्यले कुनै ठेकेदार, सव–कन्ट्रयाक्टर, महत्वपूर्ण संरचना निर्माता वा अन्य व्यक्तिलाई उत्पादन क्षमतामा वा आपूर्तिमा सहयोग पु¥याउन सक्छ ।
सन् २०१६ मा लकहिड मार्टिन नामक संसारको सबैभन्दा ठूलो शैक्षिक रक्षा कम्पनीले कनेक्टिकट (Connecticut) राज्यबाट २० करोड अमेरिकी डलर प्राप्त ग¥यो । कृषिको क्षेत्रमा उच्च अनुदानको नीति लामो समयदेखि संरा अमेरिकामा चल्दै आएको छ । धेरै प्रकारका कृषि अनुदानको सम्झौताको फलस्वरूप, संरा अमेरिकाले सम्पूर्ण वस्तुहरूमा १९.१ अर्ब अमेरिकी डलरसम्म एम्बर बक्स अनुदान दिनसक्छ । यथेष्ट आर्थिक उपलब्धता र अनुदानका लागि उपलब्ध व्यापक क्षेत्र भएका कारण संरा अमेरिकाले कृषि निर्यातमा धेरै अनुदान दिन्छ । यी अनुदानहरूले निष्पक्ष अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई कमजोर बनाउँछ । अन्य मुलुकहरूले यस चुनौती दिँदै छन् । उदाहरणका लागि कपासमा दिएको अनुदानको विषयमा ब्राजिलसँग भएको १२ बुँदा लामो विवाद हो । सन् २०१४ मा कृषि अनुदान नीतिको एक महत्वपूर्ण समायोजनको रूपमा संरा अमेरिकाले सीधा अनुदानका कार्यक्रमहरूलाई प्रतिस्थापित ग¥यो । उदाहरणका लागि प्रति–चक्रीय भुक्तानी (Counter Cyclical Payment) लाई प्राइस लस कभरेज प्रोग्राम र एग्रिकल्चर रिस्क कभरेज प्रोग्रामले विस्थापित ग¥यो । सामान्यतया एम्बर बक्स अनुदानको अर्को रूप हो । जुन मूल्य–टेको अनुदानले उच्च तहको सहयोग प्रदान गरेको छ । संरा अमेरिकी कृषि विभागका पूर्वप्रमुख अर्थशास्त्री जोसेफ ग्लाउवरले यी दुई कभरेज प्रोग्रामलाई आँैल्याउँदै भन्नुभयो, विगतको लक्षित मूल्यभन्दा हालको सन्दर्भ मूल्य उच्च तोकिएको अर्थात् अनुदान सहयोगको तह बढाएको छ ।
१) काङ्ग्रेसनल रिसर्च सर्भिसका अनुसार यी दुई कभरेज प्रोग्रामको संयुक्त लागत सन् २०१५ मा १०.१ अर्ब अमेरिकी डलर र सन् २०१६ मा १०.९ अर्ब अमेरिकी डलर रह्यो । सन् २०१६–२०१७ मा सहयोगको तह २०१४ मा ऐन बनेको बेलाभन्दा उच्च रहेको थियो ।
२) छुट्टाछुट्टै वस्तुमा करिब १५ अर्ब अमेरिकी डलर कूल खर्च गरिसकेको छ, जुन यस दशककै उच्च हो ।
३) संरा अमेरिकाले आफ्नो कृषि निर्यातलाई विभिन्न ऋण अनुदान कार्यक्रमहरूमार्फत बढावा दियो । तीमध्ये सबैभन्दा माथि, संरा अमेरिकाले ठूलो परिमाणमा अधिक उत्पादन, गैरआकस्मिक खाद्य सहयोगको नाममा विदेश निर्यात ग¥यो । जसले व्यवसायिक प्रतिस्थापनको गम्भीर समस्या खडा ग¥यो । सहयोग ग्रहण गर्ने देशको आन्तरिक कृषि बजार विकृत बन्यो भने अन्य कृषि निर्यातकर्ता देशहरूको चासोको अवमूल्यन भयो ।
४. ठूलो परिमाणको गैरकर बाधाको प्रयोग
विश्व व्यापार सङ्गठनले राष्ट्रिय उद्योगहरूलाई रक्षा गर्न मुलुकहरूलाई पूर्ण निषेध गरे तापनि, निम्न गैरकर बाधा, नीति नियमहरूमा उच्च पारदर्शिता र व्यापारमा न्यूनत्तम तहको विकृतिलगायत केही सिद्धान्त लागू गर्नु आवश्यक छ । संरा अमेरिकाले ठूलो सङ्ख्यामा विभेदपूर्ण गैरकर बाधाहरू लागू गरेको छ । आन्तरिक बजारका केही विशेष हिस्सा कडा नियन्त्रणमा राख्ने प्रयासका यी कदमहरू लक्ष्यसहितका तर हाल अदृश्य राखिएका छन् । यो प्रवृत्तिले व्यापारको स्थिति र बजार वातावरणमा उल्लेख्य विकृति थप्यो ।
विश्व व्यापार सङ्गठन (WTO) को प्रतिवेदनअनुसार संरा अमेरिकामा ३,००४ वटा स्यानिटरी तथा साइटोस्यानिटरी (SPS) उपायहरू र १,५७४ व्यापारका निम्ति प्राविधिक बाधाहरू (TBT) छन् । जसले समग्र विश्वको क्रमशः १८ प्रतिशत र ६.६ प्रतिशत भाग ओगटेको छ । व्यापार विकास विषयमा संयुक्त राष्ट्र सङ्घको सम्मेलन (The United Nations Conference on Trade and Development – UNCTAD) को जून २९, २०१८ को Analysis of Trade Regulations Data Flags Important New Findings” प्रतिवेदनका अनुसार संरा अमेरिकामा निर्यात हुनुपूर्व एउटा रुखले ५४ SPS पार गर्नुपर्ने हुन्छ । यी प्राविधिक अड्चनहरूले भन्सारको क्षमता घटायो भने व्यापार खर्च बढायो ।
५. व्यापार उपचार उपायहरूको दुरूपयोग
विश्व व्यापार सङ्गठन (WTO) ले आफ्नो सदस्य राष्ट्रको आन्तरिक उद्योगहरूमाथि डम्पिङ्ग, अनुदान वा आयातमा उच्च वृद्धि, कडा सीमा आदिका कारण अर्थतन्त्रमा क्षति भएमा व्यापार उपचारका उपायहरू अवलम्बन गर्ने छुट दिएको छ । तर, संरा अमेरिकाले आफ्ना राष्ट्रिय उद्योगहरूको संरक्षणका निम्ति व्यापार उपचारका उपायहरूको ठूलो परिमाणमा दुरूपयोग गरेको छ र यीमध्ये धेरै चीनप्रति लक्षित छन् ।
संरा अमेरिकाले अपनाएका व्यापार संरक्षणवादी उपायहरूको सङ्ख्या बढ्दो छ र समग्र विश्वमा यसको अनुपात सँगै बढ्दै छ । विश्व व्यापार चेतावनी (World Trade Alert) का अनुसार सन् २०१७ मा विश्वभरि अपनाइएका ८३७ नयाँ संरक्षणवादी उपायहरूमध्ये १४३ (१७.१ प्रतिशत) त संरा अमेरिकी हुन् । सन् २०१८ को जनवरीदेखि जून महिनासम्म समग्र विश्वको संरक्षणवादी उपायहरूमा संरा अमेरिकी शेयर ३३ प्रतिशत रहेको छ ।
संरा अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगका अनुसार सन् २०१८ को जुलाई १७ सम्ममा संरा अमेरिकामा ४४ वटा एन्टिडम्पिङ्ग तथा काउन्टरभेलिङ्गका उपायहरू प्रभावमा छन् । जसमध्ये ५८ प्रतिशत सन् २००८ को आर्थिक मन्दीपछि अपनाइएका हुन् । चीन, युरोपियन युनियन र जापान यसका प्रमुख निशाना हुन् ।
एन्टिडम्पिङ्ग अनुसन्धानको क्रममा, संरा अमेरिकाले चीनसँगको विश्व व्यापार सङ्गठन परिग्रहण प्रोटोकलको धारा १५ को जिम्मेवारी मान्नबाट अस्वीकार ग¥यो । साथै आन्तरिक कानुनलाई देखाउँदै बैकल्पिक सदस्य राष्ट्रको व्यवहार देखाइरहेको छ । संरा अमेरिकी संसदको सरकारी जवाफदेहिता कार्यालय (GAO) को मूल्याङ्कनअनुसार बजार अर्थतन्त्रको रूपमा हेरिएका मुलुकहरूको भन्दा गैर–बजार अर्थतन्त्रका मुलुकहरूमाथि लगाइएको एन्टिडम्पिङ्ग करको दर न्यून छ । संरा अमेरिकाले चीनमाथि लगाएको एन्टिडम्पिङ्ग करको औसत ९८ प्रतिशत छ । जबकि बजार अर्थतन्त्रहरूको ३७ प्रतिशतमात्र छ । सन् २०१८ को सुरुआतपछि संरा अमेरिकाले चिनियाँ उत्पादनमाथि गरिएको नियन्त्रणमा १४ वटाको दर १०० प्रतिशतभन्दा धेरै छ । साथै संरा अमेरिकाले वैकल्पिक सदस्य राष्ट्रहरूलाई जथाभावी छान्ने गर्दछ । परिणामस्वरूप चिनियाँ निर्यातकर्तामाथिको एन्टिडम्पिङ्ग अनुसन्धान अति नै अनुचित र भेदभावपूर्ण बनिरहेको छ ।
अनुवाद ः सुजन
The Facts and China’s Posotion on China- US Trade Friction
September 2018
Leave a Reply