भर्खरै :

भक्तपुरको ब्रम्हायणी परिसरमा सरसफाई तथा वृक्षारोपण

भक्तपुर,१ श्रावण : भक्तपुर नगरपालिकाको पाक्षिक नियमित सरसफाई अन्तर्गत नपाका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, टीम–क्लब, विभिन्न विद्यालय लगायतको सकृय सहभागितामा ब्रम्हायणी परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण समितिका संयोजक रविन्द्र ज्याख्वले सरसफाई सभ्यताको प्रतिक भएको र फोहोरलाई स्रोतको रुपमा उपयोग गर्नु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नपाले सबै वडामा ट्राइसाइकलमार्फत कुहिने र नकुहिने फोहोर संलकन गरिरहेको चर्चा गर्नुहुँदै जथाभावी फोहोर नफाल्न र कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र ट्राइसाइकलमा फाल्न आग्रह गर्नुभयो ।
आफूले उत्पादन गरेको फोहोरको व्यवस्थापन पनि आफैले गर्नुपर्ने आवश्यकता औल्याउनुहुँदै वडाध्यक्ष ज्याख्वले ऐतिहासिक महत्व बोकेका मन्दिर तथा पीठहरुलाई आकर्षक केन्द्रको रुपमा विकास गर्ने उद्देश्य रहेको बनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *