यस्ता हुनुहुन्थ्यो – कार्ल माक्र्स
- बैशाख २४, २०८३
राष्ट्रिय
१. भारतीय शासक वर्गको निर्देशनमा नेका–माओवादीको प्रचण्ड सरकारले संसदमा पेश गरेको संविधानको दोस्रो संशोधन देशघाती विधेयक, २०७३ लाई यो परिषद् विरोध गर्दछ र उक्त देशघाती विधेयक फिर्ता लिन सरकारसँग जोडदार माग गर्दछ ।
२. संविधान निर्माणलगायत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी नेपालको शान्ति एवं विकासमा अवरोध गर्दै आएको भारतीय विस्तारवादको यो परिषद् निन्दा एवं भत्र्सना गर्दछ र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतीय शासक वर्गलाई सचेत गराउँदछ ।
३. भारतले नेपालको भूमि डुबानमा पार्ने गरी दशगजामा नेपाली भूमिसमेत अतिक्रमण गरी बाँध, तटबन्ध र सडक बाँधहरू बनाएको अविलम्ब भत्काउन आवश्यक कूटनीतिक पहल गर्नको लागि यो परिषद् नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।
४. नेपाल–भारत खुला सीमाको कारण अपराधीहरू एक–अर्को देशमा लुक्ने र सीमा तस्करी एवं चेलीबेटी बेचविखनसमेत बढेको हुँदा यो परिषद् दुवै देशको हितको लागि खुला सीमा नियमित गर्न आवश्यक ठान्दछ ।
५. भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) हतियारसहित बारम्बार नेपाल पसेर हस्तक्षेप गर्दैछ । २०७३ फागुन २६ गते भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) हतियारसहित नेपाल पसेर नेपाली युवा गोविन्द गौतमको हत्या गरेकोमा यो परिषद् विरोध एवं भत्र्सना गर्दछ । ६ वर्षअगाडि २०६८ जेठ ११ गते भारतीय सीमा सुरक्षा बलले गोली हानी मारेको सीमा बजार कुवाडीमा नेपाली नागरिक बासुदेव साहलाई गोली हानी हत्या गरेकोमा यो परिषद् विरोध एवं निन्दा गर्दछ । यस घटनाको लागि भारत सरकारले माफी माग्नुपर्दछ र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्दछ । भारतलाई माफी नमगाइनु र क्षतिपूर्ति नभराइनु नेपाल सरकारको आत्मसमर्पण हो । अब उप्रान्त भारतीय एसएसबी हतियारसहित नेपाल पस्ने अवस्था दोहोरिन नदिन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।
६. भारतले नेपालको एक सयभन्दा बढी ठाउँमा ६० हजार हेक्टरभन्दा बढी भूमि अतिक्रमण गरेको र नेपाल–भारत सीमाका ५९९४ सीमा स्तम्भमध्ये ११ सयभन्दा बढी सीमा स्तम्भ उखेलेर नेपालतर्फ सारेको हुँदा अतिक्रमित नेपाली भूमि फिर्ता लिन र सीमा स्तम्भ यथास्थानमा पुनःस्थापना गर्न यो परिषद् सरकारको ध्यानाकर्षण गराउँदछ ।
७. नेका, एमाले र माओवादीले एक मतमा २०७३ चैत ९ गते राजनीतिक दलसम्बन्धी विधेयक, २०७३ मा समानुपातिक निर्वाचनमा तीन प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा एक स्थान जितेकोलाई राष्ट्रिय दलको मान्यता दिने प्रावधान राखेको नेपालको सन्दर्भमा अप्रजातान्त्रिक भएको हुँदा यो परिषद् उक्त निर्र्दलीय र अप्रजातान्त्रिक प्रावधानको विरोध एवं भत्र्सना गर्दछ ।
८. महिलाहरूको श्रम शक्तिको वृद्धि र शिशुहरूको उचित पालनपोषणको लागि देशभरिका गाउँ र नगरको टोलटोलमा शिशु स्याहार केन्द्र एवं बालोद्यान स्थापना गर्ने प्रावधान स्थानीय तहको कानुनमा समावेश गर्न यो परिषद् सरकारको ध्यानाकर्षण गराउँदछ ।
९. शिक्षा–स्वास्थ्य निःशुल्क गरी स्वदेशमा रोजगारीको बन्दोबस्त गर्न र नेपाली युवालाई घरखेत बेच्न लगाई म्यानपावर कम्पनीमार्फत ठगी भइरहेको नियन्त्रण गर्न र बहुर्राष्ट्रिय कम्पनीको लागि सस्तो ज्यामी पठाउने काममा अविलम्ब रोक लगाउन यो परिषद् माग गर्दछ । म्यानपावर कम्पनीबाट पीडितलाई क्षतिपूर्ति दिने र मानव बेचविखन तथा ठगी गर्ने ती कम्पनीहरूविरुद्ध मुद्दा चलाई कडा कारबाही गर्न यो परिषद् सरकारको ध्यानाकर्षण गराउँदछ ।
१०. वैदेशिक रोजगारीको नाममा सरकारी कर्मचारीकै संलग्नतामा महिला बेचविखन भइरहेको हुँदा ती कर्मचारीहरूमाथि कडा कारबाही गर्न यो परिषद् माग गर्दछ ।
११. समाजमा हत्या–हिंसा, भ्रष्टाचारका अपराध बढिरहेको र सर्वसाधारणको जीउने अधिकारसमेत हनन भइरहेको हुँदा शान्ति–सुरक्षा कायम गरी जनताको हित गर्न संविधान संशोधन गरी मानव बेचविखन, बलात्कारलगायत मानवताविरोधी अपराध गर्नेहरूलाई मृत्यु दण्डसम्मको सजाय दिने प्रावधानको व्यवस्था गर्न यो परिषद् जोड दिन्छ ।
१२. नेका, एमाले र माओवादीले केही नेपाल ऐन संशोधन र मुलुकी ऐन संशोधन गर्ने सिलसिलामा अपराधीहरूलाई हुने दण्ड–सजाय घटाएकोले अपराधीहरूको मनोबल बढ्ने र सर्वसाधारण जनताको अधिकार हनन हुने हुँदा अपराधीहरूलाई कम सजाय हुने गरी कानुन संशोधन नगर्न यो परिषद् सरकारको ध्यानाकर्षण गराउँदछ ।
१३. जमिन जोत्ने किसानलाई भूमि वितरण गरी कृषि उत्पादन बढाउनको लागि आवश्यक कानुन निर्माण गर्न यो परिषद् सरकारसँग माग गर्दछ ।
१४. सार्वजनिक–निजी साझेदारीको नाममा नेपालका सार्वजनिक संस्थानहरू – नेपाल टेलिकम, नेपाल बैड्ढ, कृषि विकास बैड्ढ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लगायत निजीकरण गरिएकोमा यो परिषद् विरोध एवं निन्दा गर्दछ ।
१५. शारीरिक एवं बौद्धिक मजदुरहरूमाथि भइरहेको शोषण अन्त्य गर्न आवश्यक कानुन निर्माण गर्न यो परिषद् सरकारसँग माग गर्दछ ।
१६. भारतले आपूर्ति गर्न नसकेमा मात्र तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्न पाउने गरी २०७३ चैत १५ गते नेपाल आयल निगमले पाँच वर्षको लागि भारतीय आयल निगमसँग सम्झौता गरेको निन्दनीय छ । नेपालको हितविपरीत भएको यो सम्झौता अविलम्ब खारेज गरी नेपालले अन्य देशसँग कुनै पनि बेला ग्यास–तेल खरिद गर्न पाउने सार्वभौम अधिकार सुरक्षित गर्न यो परिषद् सरकारसँग जोडदार माग गर्दछ ।
१७. विनासकारी भूकम्प गएको दुई वर्षपछि पनि सरकारमा गएका पार्टीहरूले भूकम्प पीडितहरूको पुनःस्थापना नगरेको तर्फ यो परिषद्को गम्भीर ध्यानाकर्षण भयो । बसोबासको विकल्प नभएका भूकम्प पीडितहरूलाई सरकारले नै घर निर्माण गरिदिन र अन्य भूकम्प पीडितहरूलाई घर निर्माणको लागि आवश्यक सहुलियत ऋण सहजरुपमा व्यवस्था गर्न यो परिषद् सरकारसँग पुनः माग गर्दछ ।
१८. चीनले एसिया, युरोप र अफ्रिकासम्मका ६०÷७० वटा देशहरूलाई “एक क्षेत्र एक मार्ग ओबीओआर” मा समावेश गरी विकासमा साझेदार बनाउने बृहत् योजनाको यो परिषद् समर्थन गर्दछ र नेपालको हित गर्ने उक्त “एक क्षेत्र एक मार्ग” मा नेपाल सहभागी हुन यो परिषद् सरकारको ध्यानाकर्षण गर्छ ।
१९. २०७४ वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावमा शासक दलहरूका उपप्रधानमन्त्रीलगायतले हेलिकप्टर चढेर आचारसंहिता उल्लङ्घन गरेको अपराध नै हुँदा ती मन्त्रीहरूले राजीनामा गर्नुपर्ने र आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई निर्वाचन आयोगले कडा कारबाही गर्न यो परिषद् माग गर्दछ ।
२०. संविधानको प्रावधानअनुसार २०७४ माघ ७ गते अगाडि नै स्थानीय तह, प्रदेश र सङ्घीय संसदको निर्वाचन सम्पन्न गर्न यो परिषद् सरकारको ध्यानाकर्षण गराउँदछ र २०७४ वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गर्न यो परिषद् जोड दिन्छ ।
अन्तर्राष्ट्रिय
१. अमेरिकी साम्राज्यवाद र नाटो देशहरूले विनासकारी हतियार उत्पादन गरी आफ्ना पिछलग्गू देशहरूमा तैनाथसमेत गरेको कारण विश्वमा अशान्ति, हिंसा, युद्ध भइरहेकोले यो परिषद् विनासकारी हतियार उत्पादनमा भइरहेको खर्च विश्व शान्ति र मानवजातिको विकास र कल्याणको लागि खर्च गर्न सम्बद्ध सबै देशलाई आह्वान गर्दछ ।
२. प्रजग कोरियाले अमेरिकी साम्राज्यवादको ६ दशक अगाडिदेखिकोे नाकाबन्दीलाई सामना गर्दै देशको सार्वभौमिकता एवं स्वाधीनता रक्षाको लागि हाइड्रोजन बमको सफल परीक्षण गरेको र ब्रम्हाण्डको अनुसन्धानको लागि भूउपग्रहको पटक–पटक सफल प्रक्षेपण गरेकोमा यो परिषद् समर्थन गर्दछ । कोरियाली मजदुर पार्टी, प्रजग कोरियाको नेतृत्व र सम्पूर्ण कोरियाली जनतालाई बधाई ज्ञापन गर्दछ ।
३. संरा अमेरिकाको ट्रम्प सरकारले प्रजग कोरियाको आणविक परीक्षण कार्यक्रमलाई चीनले सघाएको झूटा आरोप लगाई प्रजग कोरियासँगको धैर्य अन्त्य भएको र प्रजग कोरियाले आणविक कार्यक्रम चालू राखे आक्रमण गर्ने धम्की दिएकोमा यो परिषद् विरोध र भत्र्सना गर्दछ । प्रजग कोरियाले आफ्नो सार्वभौमिकता रक्षा र ऊर्जाको लागि आणविक कार्यक्रम विकास गरेको स्पष्ट गरिसकेको हुँदा यो परिषद् दक्षिण कोरियाबाट अमेरिकी सेना र हातहतियार अविलम्ब हटाई विनाबाहिरी हस्तक्षेप कोरियाको पुनःएकीकरणको मार्ग प्रशस्त गर्नु आवश्यक ठान्दछ ।
४. प्रजग कोरियाले आफ्नो सार्वभौमिकता रक्षाको लागि एक महादेशबाट अर्को महादेशसम्म प्रहार गर्नसक्ने व्यालिस्टिक मिसाइल विकास गरेपछि संरा अमेरिकाले प्रजग कोरियालाई एक्ल्याउने र आक्रमण गर्ने धम्की दिएको तर प्रजग कोरियाले साम्राज्यवादीहरूको प्रत्याक्रमणमात्र होइन आवश्यक परे पूर्व आक्रमणसमेत गर्ने अधिकार आफूसँग भएको वक्तव्यलाई यो परिषद् स्वागत र पूर्ण समर्थन गर्दछ । साथै चीन, रुस, प्रजग कोरिया, संरा अमेरिका, जापान र दक्षिण कोरियाका अधिकारीहरूको ६ पक्षीय बैठक चालू भए कोरियाली प्रायद्वीपमा तनाव घटाउन मद्दत पुग्ने यो परिषद्को ठहर छ ।
५. संरा अमेरिकाले समाजवादी देश क्युवामाथि ६ दसक अघिदेखि लगाएको शत्रुतापूर्ण नीति र नाकाबन्दी अन्त्य गर्न र अमेरिकी कब्जामा राखिएको ग्वान्टानामो भूमि क्युवालाई अविलम्ब फिर्ता गर्न यो परिषद् जोडदार माग गर्दछ ।
६. मुख्य भूमि चीनलाई विभाजन गर्न संरा अमेरिकासमेतको सहयोगमा भारतले दलाई लामालाई आश्रय दिई पूरै एसियाको शान्ति खल्बल्याउने गतिविधि गरेको यो परिषद्को ठहर छ । नेपाल मजदुर किसान पार्टीले एक चीन नीतिलाई समर्थन गर्दै आएकोलाई यो परिषद् पुनः जोड दिन्छ ।
७. क्युवाली जनताका नेता तथा विश्व साम्राज्यवादविरोधी आन्दोलनका एक अथक योद्धा कामरेड फिडेल क्याष्ट्रोको २०७३ मंसिर १३ गते (सन् २०१६ नोवेम्बर २६) का दिन असामयिक देहावसान भएको हुँदा यो परिषद् कामरेड फिडेलप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र क्युवाका वर्तमान नेता राउल क्याष्ट्रोको नेतृत्वमा क्युवाली क्रान्तिको निरन्तरताको कामना गर्दछ ।
८. संरा अमेरिकाले दक्षिण चीन सागरमा फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाई एवं चीनको पूर्वी सागरको तियाओयु टापु समूहबारे जापानलाई उक्साएर चीनविरोधी गतिविधि गरेकोमा यो परिषद् विरोध एवं निन्दा गर्दछ । इतिहासदेखि नै दक्षिण चीन सागर र चीनको पूर्वी सागरको तियाओयु टापू समूहहरू चीनकै भएकोमा यो परिषद् पुनः जोड दिन्छ ।
९. भारतीय भूमिमा संरा अमेरिकी सेना बस्ने र भारतले संरा अमेरिकासँग हातहतियारलगायत युद्ध सामग्री खरिद गर्नेसम्बन्धी दुई देशबीच भएको सम्झौताले एसिया र विश्व शान्ति नै खल्बलिने हुँदा यो परिषद् त्यस्तो गतिविधि रोक्न संरा अमेरिका र भारतलाई आह्वान गर्दछ । साथै भारतमा वर्तमान मोदी नेतृत्वको हिन्दू अतिवादी फासीवादी शासनले भारतीय जनतामाथि गरेको दमनको यो परिषद् विरोध गर्दछ ।
Leave a Reply