भर्खरै :

मुख्य निर्वाचन अधिकृत नियुक्ति

काठमाडौँ, २१ चैत । निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले आज मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
आयोगको बैठकले न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीसमेत गरी ६६९ जनालाई निर्वाचन अधिकृत पदमा यही चैत २५ गतेदेखि लागू हुनेगरी नियुक्ति गर्ने निर्णय गरेको छ ।
नियुक्त भएका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको नामावली मङ्गलबार सार्वजनिक गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *