पेइचिङ भेटमा इरान–चीन संवाद
- बैशाख २३, २०८३
इक्वेडरको राष्ट्रपति निर्वाचनमा पूर्व बैंकपति ग्युलेरिमो लास्सोलाई पराजीत गरी राफेल कोरेयाका उत्तराधिकारी लेनिन मोरिनो विजय भएका छन् । मोरिनोले ५१.१४ प्रतिशत मत हासिल गरेका छन् भने उनका प्रतिद्वन्द्वी लास्सोले ४८.८६ प्रतिशत मत हासिल गरेका छन् । ल्याटिन अमेरिकाका धेरै देशका नेताहरुले मोरिनोलाई बधाई सन्देश पठाएका छन् । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले ट्वीटरमा आफ्ना ‘बन्धु’लाई बधाई व्यक्त गर्दै साम्राज्य र उसका पिछल्लुहरुलाई पराजीत गरी इक्वेडरका संगठित जनताको जीत भएको’ भनी लेखेका छन् । त्यसअघिको ट्वीटर पोस्टमा उनले लेखेका थिए,‘महान मातृभूमि अघि बढिरहेको छ । २१ औं शताब्दीको समाजवाद विजयतर्फ अग्रसर छ ।’
अर्जेन्टिनाका पूर्व राष्ट्रपति क्रिस्टिना किर्चरले पूर्वराष्ट्रपति राफेल कोरेयामार्फत नयाँ राष्ट्रपतिलाई विजयको शुभकामना दिएको बताएकी छिन् ।
इक्वेडरका प्रगतिशील राष्ट्रपति कोरेयाले पनि ट्वीटरमा ‘इक्वेडरमा क्रान्तिको विजय भएको छ । करोडौं–करोडको धन र प्रेसको भरमार प्रयोगबीच पनि दक्षिणपन्थीहरु पराजीत भएका छन् ।’ भनी लेखेका छन् ।
भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले पनि मोनिरोको विजयको अवसरमा इक्वेडारियाली जनतालाई बधाई ज्ञापन गरेका छन् । ‘महान् गृहभूमि इक्वेडरको गौरव । ल्याटिन अमेरिकाका लागि बोलिभारका अपराजयी तरबार ।’माडुरोले भने ।
होण्डुरसका पूर्व राष्ट्रपति म्यानुएल जेलाया, कोलोम्बियाका राष्ट्रपति जुआन म्यानुएल सान्तोस, एल साल्भाडोरका राष्ट्रपति साल्भाडोर सान्चेज लगायतले नयाँ राष्ट्रपतिलाई बधाई सन्देश पठाएका छन् ।
Leave a Reply