भर्खरै :

देशको सन्तुलित विकासको लागि कर्मचारीलाई तालिम

काठमाडौँ, २ साउन । “कर्मचारीहरूलाई समाजवादउन्मुख संवैधानिक व्यवस्थाबारे प्रशिक्षित गर्नु आवश्यक छ । भ्रष्टाचार र बेरूजु अन्त्य गरी सुशासन कायम गर्नेबारेमा तालिम दिनु आवश्यक छ ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती विधेयकबारे दफावार छलफलमा बिहीबार उक्त भनाइ राख्नुभएको हो ।
असारमा विकास खर्च धेरै गर्ने र त्यसअगाडि थोरै गर्ने सरकारी कार्य शैली बदल्नुपर्ने उल्लेख गर्दै उहाँले आर्थिक वर्षको सुरू वैशाख १ गतेबाट गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले थप्नुभयो, “कर्मचारीहरूको तालिम, अध्ययन र भ्रमणको अवसर सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई समानुपातिकरूपमा उपलब्ध गराउनु आवश्यक छ । देशको सन्तुलित विकास गर्ने र आफू जन्मे–हुर्केको थातथलोमा घरजम गर्ने विषयमा पनि कर्मचारीलाई तालिम दिनु आवश्यक छ ।”
समितिले भक्तपुरको हनुमन्ते खोलाको डुबान, भाजु पोखरीको डिल पहिरो र चाँगु डाँडाको पश्चिमतर्फको पहिरोको स्थलगत अध्ययन गरी जानकारी लियो ।
समितिले काठमाडौँ र ललितपुरको डुबान र पहिरोबारे शुक्रबार अध्ययन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *