नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
खण्ड– ५ः विश्व अर्थतन्त्रमा अमेरिकी प्रशासनका अनुचित अभ्यासहरूको नकारात्मक प्रभाव
अमेरिकी सरकारको अति संरक्षणवादी नीतिका कारण अन्तर्राष्ट्रिय अर्थ व्यवस्था कमजोर छ र चीन–अमेरिका व्यापारमा क्षति पु¥याउनुका साथै विश्वकै व्यापार सम्बन्धमा नकारात्मक असर पारेको छ । त्यसैगरी विश्व मूल्य चक्र र अन्तर्राष्ट्रिय श्रम विभाजनमा बाधा पुगेको र अन्तर्राष्ट्रिय बजार अपेक्षालाई निराशाजनक बनाउनुका साथै वित्तीय व्यवस्था र वस्तुबजारमा उथलपुथल ल्याइदिएको छ । यो विश्व अर्थव्यवस्थाको उत्थानका लागि सबैभन्दा ठूलो अनिश्चितता र जोखिमको स्रोत बन्न पुगेको छ ।
१. यस्तो उपायका कारण बहुपक्षीय व्यापार र अन्तर्राष्ट्रिय अर्थव्यवस्थाका नियमहरूलाई कमजोर बनाउँछ ।
सभ्यताको विकासको गतिसँगै मानव समाजले नियम र विश्वसनियतामा आधारित अन्तर्राष्ट्रिय शासन व्यवस्थालाई स्वीकारेको छ । संसारका देशहरू सानो होस् वा ठूलो, कमजोर होस् वा शक्तिसम्पन्न सबैले एकले अर्काको सम्मान गर्नुपर्छ र बराबरीको सिद्धान्तका आधारमा वार्ताहरू गरिनुपर्छ भने सम्झौताका अन्तर्राष्ट्रिय ऐन नियमको बचाउ सबैले गर्नुपर्छ । विश्व व्यापार तथा लगानीको सुरक्षा र विश्वव्यापी विकासलाई बढावा दिने यो नै आधारभूत नियम हो । यसको ठीक विपरीत अमेरिकी प्रशासनले बरोबर स्थापित बहुर्राष्ट्रिय व्यापार नियमहरू गम्भीररूपले विध्वंसात्मक पाइलाहरू ल्यायो र चालू अन्तर्राष्ट्रिय आर्थिक बन्दोबस्तलाई खोइरो खन्ने काम गर्दै छ । अमेरिकी प्रशासनले धेरै अवसरहरूमा विश्व व्यापार सङ्गठनका नियमहरू र कार्यप्रणालीलाई हाकाहाकी आलोचना ग¥यो । उसले बहुपक्षीय व्यापार व्यवस्थालाई समर्थन गर्न अस्वीकार गर्नुका साथै विश्व आर्थिक प्रशासनबारेमा पनि नकारात्मक दृष्टिकोणका कारण एपेक (APEC) वाणिज्य मन्त्रीहरूको भेला २०१७ र २०१८ असफल हुन पुग्यो जसले गर्दा बहुपक्षीय व्यापारका विषयहरूमा सहमति हुनसकेन । अमेरिका व्यापारमा संरक्षणवादको विरोधको विपक्षमा हुँदा एपेकका सबै सदस्यहरू सो विरोधको विरोधमा उभिएका थिए । अमेरिकाले WTO को पुनरावेदन अङ्ग (Appellate body) लाई बहिष्कार गर्दा सो अङ्गमा हुने नियुक्तिलाई रोकेको कारण पदाधिकारीहरू आवश्यक सङ्ख्या नपुग्दा विवाद समाधान प्रणाली नै शिथिल अवस्थामा पुग्यो ।
२. यस्ता तरिकाहरूले विश्व व्यापार र विश्व अर्थतन्त्रको पुनरुत्थानमा बाधा पु¥याउँछ
भू–मण्डलीकरणसँगै विश्वका अर्थतन्त्रहरू एक आपसमा व्यापारमार्फत जोडिंदै आएका छन् । विश्वव्यापी आर्थिक वृद्धिको निम्ति व्यापार मुख्य यन्त्र हो । विश्व बैङ्कका अनुसार अन्तर्राष्ट्रिय अर्थतन्त्रको व्यापारमा निर्भरता १९६० देखि २०१७ सम्ममा १७.५ प्रतिशतबाट ५१.९ प्रतिशतसम्म वृद्धि भएको छ ।
रेखाचित्र १३ः विश्व अर्थतन्त्रको व्यापारमा निर्भरता (१९६०–२०१७)
सन २००८ को आर्थिक सङ्कटको छायाँबाट विश्व अर्थतन्त्र विस्तारै निस्किने प्रयास गर्दै गरेको अवस्था छ तर पूर्णरूपमा तङ्ग्रिन अहिलेसम्म कुनै ठोस आधार भेटाइसकेको छैन । यस्तो अवस्थामा अमेरिकी प्रशासनका क्रियाकलापहरूले सुरू गरेको ठूलो परिमाणको व्यापारिक मतभेद र विश्व व्यापारको प्रवाहमा आएको बाधाका कारण विश्व अर्थतन्त्र पुनः तङ्ग्रिने कार्यमा नराम्रो असर परेको छ । अमेरिकाको व्यापारिक संरक्षणवादका कारण बाँकी देशहरूसँग त्यसको विरुद्ध कदमहरू चाल्नेबाहेकका उपाय नै रहेनन् । यसको कारण विश्व अर्थ व्यवस्था र व्यापार प्रणालीमा अवरोध सृजना भई विश्वव्यापी अर्थतन्त्र उकास्ने कार्यमा बाधा पुग्ने छ र व्यापारिक कम्पनीहरूदेखि सबै देशका जनताको हितलाई समेत यसको असर पर्न गई विश्व अर्थतन्त्र पुनः आर्थिक सङ्कटमा फस्ने सम्भावना छ ।
विश्व बैङ्कले प्रकाशन गरेको विश्व ‘आर्थिक सम्भावनाहरू’ को जून ५, २०१८ को अङ्कमा संसारभर व्यापक रूपमा देखिएको करको वृद्धि नकारात्मक असरहरूका कारण सन् २०२० सम्ममा विश्व व्यापारमा ९ प्रतिशतले कमी आउनसक्ने छ । यसको असर विशेषगरी उदीयमान बजारहरू र अमेरिकासँग व्यापारिक र वित्तीय सम्बन्ध बढी भएका देशहरूमा गम्भीर प्रभाव पार्ने देखिन्छ । WTO का निर्देशक (Director General) रोवर्टो अजेवेडोका अनुसार यदि भन्सार दर GATT/WTO पूर्व अवस्थामा पुग्ने हो भने विश्व अर्थतन्त्र २.५ प्रतिशतले खुम्चिने छ र ६० प्रतिशतभन्दा बढी विश्वव्यापारमा कमी आउने छ र २००८ को आर्थिक सङ्कटभन्दा बढी प्रभाव पार्नेछ । व्यापार युद्धले सबैलाई नोक्सान पु¥याउँछ, विशेषगरी गरिबहरूलाई यसले धेरै असर पार्ने छ जसको क्रयशक्ति ६३ प्रतिशतसम्म घट्ने सम्भावना छ । इतिहासले पनि पुष्टि गरिसकेको छ कि व्यापार युद्धले कसैलाई जिताउँदैन बरु विश्वशान्तिमा समेत नराम्रो असर पर्न गई विकासमा धेरै बाधा पु¥याउँछ ।
३. विश्वव्यापी मूल्य चक्र (Value Chain) मा असर
गहिरो ढ·ले एकीकृत आजको विश्व अर्थतन्त्रमा देशहरू मिलेर अति प्रभावकारी विश्वव्यापी मूल्य चक्र बनेको छ र आर्थिक विश्वव्यापीकरणका लाभहरू श्रम विभाजन गर्दै, प्रविधि, श्रम र पुँजीलाई आ–आफ्नो हितमा दोहोयाइरहेका छन् । कम्पनीहरू, विशेष गरेर बहुर्राष्ट्रिय कम्पनीहरूले विश्वव्यापीरूपमा स्रोतहरूको बाँडफाँड गरेर वस्तुहरूको उत्पादन मूल्य घटाएर तथा गुणस्तर बढाएर आफ्नो तथा उपभोक्ताहरू दुवैको लागि फाइदा पु¥याइरहेका छन् ।
करको वृद्धि र व्यापारमा अवरोध सृजना गरेर अमेरिकी प्रशासनले व्यापारिक विवाद पैदा गरेर विश्वलाई नै चिढ्याएको छ । अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूलाई अमेरिकामै नफर्के धोखेबाजको संज्ञा दिने तथा दमनकारी करहरू लागू गर्ने धम्कीहरू दिइरहेको छ । त्यस्ता कार्यहरूले विश्वव्यापी मूल्यचक्रलाई बिथोल्नेमात्र नभई ध्वस्त पार्नुका साथै विश्वको व्यापारको सामान्य प्रवाह र स्रोत व्यवस्थापनलाई विश्रृङ्खलित गर्नसक्दछ र त्यसैगरी विश्व नै व्यापार र आर्थिकरूपले एकअर्कासँग जोडिएको कारण यसको नकारात्मक असरहरू पर्न गई विश्व अर्थतन्त्रकै क्षमता कम हुने छ । उदाहरणका लागि अटोमोबाइल, इलेक्ट्रोनिक्स र हवाईजहाजजस्ता क्षेत्रहरू जटिल एवं विशाल औद्योगिक श्रृङ्खलाहरूको सहयोगमा मात्र सम्भव छ । खुम्चिँदो व्यापारका कारण जापान, युरोपियन सङ्घ र दक्षिण कोरियाजस्ता पूर्ति चक्र supply chain अर्थतन्त्रका देशहरूलाई नकारात्मक असर पर्ने छ । अमेरिकी आपूर्तिकर्ताहरू पनि यसका तरङ्गहरूवाट अछुतो रहन सक्ने अवस्था छैन । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार अमेरिकाद्वारा पहिलो चरणको कर वृद्धिअन्तर्गत लक्ष्य लिएको ३४ अर्ब अमेरिकी डलरको चिनियाँ उत्पादनको २० अर्ब डलर अर्थात् ५९ प्रतिशत बराबरको मूल्यका वस्तुहरू अमेरिका, युरोपियन युनियन, जापान र दक्षिण कोरियालगायतका चीनमा सञ्चालित अर्थतन्त्रका उत्पादनहरू छन् । अतः अमेरिकी प्रशासनले लगाएको कर वृद्धिको मोल विश्व औद्योगिक श्रृङ्खलाका सबै देशका कम्पनीहरू सँगसँगै अमेरिकी कम्पनीहरूले समेत तिर्नुपर्नेछ । अन्तर्राष्ट्रिय मुद्राकोषको १७ अप्रिल २०१८ को ‘World Economic Output’ प्रतिवेदनका अनुसार करको वृद्धि तथा व्यापारमा अवरोधका कारण विश्वव्यापी मूल्य चक्रमा बाधा पुग्नुका साथै नयाँ प्रविधिको विकास तथा फैलावटमा ढिलाइ आउने छ जसको कारण विश्वको उत्पादकत्व तथा लगानीमा समेत कमी आउने छ । Peterson Institute for International Economics (PIIE) का अनुसार यदि अमेरिकाले चीनमाथि व्यापारिक प्रतिबन्ध लगायो भने चीनको तत्कालको जवाफी कारबाहीसँगै चीनमा मध्यवर्र्तीवस्तुहरू तथा कच्चा पदार्थहरू आयात गर्ने देशहरूले पनि ठूलो प्रहार गर्ने छन् ।
४. व्यापार संरक्षणवादले अन्ततोगत्वा अमेरिकालाई नै घाटा हुने
विशेष गरेर ठूला आर्थिक शक्तिहरू अहिले धेरै स्वतन्त्र छन्, यसका लागि अहिलेको आर्थिक विश्वव्यापीकरणलाई श्रेय दिनुपर्दछ । यस अर्थमा अमेरिकी प्रशासनद्वारा एकतर्फीरूपमा सुरु गरेको व्यापार युद्धले अरु अर्थतन्त्रलाई मात्र नभई स्वयम् अमेरिकालाई पनि असर पर्ने छ ।
यसले उत्पादन मूल्य बढाउनुका साथै अमेरिकामा रोजगारीका अवसरहरू घटाउने छ । PEII को रिपोर्टअनुसार चीनमा उच्च कर लगाएका वस्तुहरूको ९५५ पार्टपुर्जाहरू र इलेक्ट्रोनिक्स सामग्रीहरू अमेरिकामा बनेका सामग्रीहरूमा प्रयोग हुने सामग्रीहरू हुन् । यसको कारण चिनियाँ वस्तुमा लगाएको करवृद्धिको असर उल्टै अमेरिकालाई नै असर पर्ने छ । न्युयोर्क टाइम्सका अनुसार अमेरिकाको नाउ उद्योगका लागि चीनमा उत्पादन भएका इलेक्ट्रिक मोटर तथा अरु पार्टपुर्जाहरू अत्यन्त महत्वपूर्ण छन् र हाललाई यसलाई प्रतिस्थापन गर्न यसका निर्यातकर्ताहरूलाई गा¥हो छ । यसमा अहिलेको नाफा कममात्र हुँदा २५ प्रतिशतको करवृद्धिलाई थाम्न सक्नेछैन र मूल्य वृद्धि गर्दा बजारको शेयरमा ठूलो असर पर्ने छ । त्यसैगरी जेनरल इलेक्ट्रिक्स (General Electrics) का अनुसार चीनबाट हुने आयातमा भएको कर वृद्धिले उसको उत्पादन मूल्य ३०–४० करोड डलरको वृद्धि हुने छ । फोर्ड मोटर्स ( Ford Motors) र फियाट क्राइस्लर अटोमोबाइल्स (Fiat Chrysler Automobiles) ले करवृद्धिका आफ्नो वर्षभरिको नाफाको पूर्वानुमान नै घटाएको छ । अमेरिका सबैभन्दा ठूलो किल्ला–काँटि कारखाना मिड–कन्टिनेन्ट (Mid-Continent) ले स्टिलको भाउ बढाएपछिको मूल्य समायोजन गर्न मूल्यवृद्धि गर्दा किल्लाको बिक्री ५० प्रतिशतले घटेको छ, जसको कारण ५०० मध्ये ६० जना कामदारहरूलाई जुन महिना काम छोड्नु परेको छ भने अरु २०० जना कामदार घटाउने योजना रहेको छ । मिड कन्टिनेन्ट (Mid-Continent) को समस्याले बिस्तारै तल तलतिर पनि असर पार्न थालेको छ । उदाहरणका लागि मिड कन्टिनेन्ट (Mid-Continent) र त्यो जस्तै कम्पनीहरूबाट बट्टा (Packaging) को माग घटेपछि सेमो प्याकेजिङ्ग ( Semo Packaging) ले पनि कामदारहरूको सङ्ख्या घटाएको छ ।PIIE का अनुसार पनि आयातीत अटोमोबाइलहरूमा कर वृद्धिका कारण अमेरिकामा १९५००० ले आफ्नो रोजगारी गुमाउनु पर्ने छ ।
यसको कारण व्यापारिक साझेदारहरूले जवाफी कार्यहरूले गर्दा उल्टै अमेरिकालाई नै नोक्सान हुने छ । अमेरिकी प्रशासनले चीन र अरु महत्वपूर्ण व्यापारिक साझेदारहरूसँग छेडेको व्यापार युद्धका कारण जवाफी कार्यहरू गर्न सबै देशहरू बाध्य भएका छन्, जसको कारण अमेरिकालाई केही महत्वपूर्ण प्रान्त, उद्योग र फर्महरूमा नराम्रो असर पर्ने छ । जुलाई २०१८ को अन्तसम्ममा अमेरिका महत्वपूर्ण व्यापार साझेदारहरू जस्तै चीन, क्यानाडा, रसिया, युरोपियन युनियन र टर्कीले अमेरिकाको व्यापारिक संरक्षणवादको विरुद्ध जवाफदायी कार्यहरूको घोषणा गरिसकेको छ भने विश्व व्यापार सङ्घमा उजुरी दिइसकेको छ । उदाहरणका लागि क्यानाडाले जून २९ मा घोषणा गरी १२.६ अर्ब बराबरको अमेरिकी वस्तुहरूमा जुलाई १ देखि लागू हुने गरी करवृद्धि गरिसकेको छ । त्यसैगरी रसियाको अर्थ मन्त्रालयले केही अमेरिकी उत्पादनहरूमा २५ देखि ४० प्रतिशत सम्म करवृद्धि गर्ने घोषणा जुलाई ६ मा गरेको थियो । अमेरिकाले युरोपको स्टिल र आल्मुनियममा लगाएको करको विरुद्ध युरोपियन युनियनले पनि अमेरिकामा उत्पादन हुने मोटरसाइकलहरूमा ६ देखि ३१ प्रतिशतसम्मको कर वृद्धि गरेको छ ।
अमेरिकी वाणिज्य विभाग (US Chamber of Commerce) ले व्यापार युद्धले अमेरिकाका केही प्रान्तहरूमा नराम्रो असर पुर्याउने छ भनी औँल्यायो । उदाहरणका लागि जवाफी करवृद्धिका कारण टेक्सासले ३.९ अर्ब साउथ क्यारोलिनाले ३ अर्ब, टेनेस्सीले १.४ अर्ब बराबरको निर्यातमा कमी आउने छ । अमेरिकी सरकारले करवृद्धि गरेर साँचो अर्थमा आफ्ना मतदाताहरूलाई सजाय दिइरहेको छ, यसको कारण निर्यातमुखी अर्थतन्त्र भएका नर्थ क्यारोलिना मा १५००००, साउथ क्यारोलिनामा ६५०० कामदारहरूको रोजगारी गुम्ने तथ्य उपभोक्ता छनौट केन्द्र (Consumer Choice Center) ले प्रस्तुत गरेको छ । युरोपियन युनियनको जवाफी करवृद्धिका कारण युरोपमा निर्यात गरिने हरेक हार्ले डेभिडसनका मोटरसाइकलमा २२०० डलर बराबरको मूल्य बढ्ने छ जसको कारण हार्ले डेभिडसन, अमेरिकाको प्रसिद्ध मोटरसाइकल कम्पनीलाई मात्र २०१८ को बाँकी समयमा ३ करोडदेखि ४.५ करोड डलरसम्म करकै कारण मात्र मूल्यमा वृद्धि हुने अनुमान गरिएको छ । यसको कारण उसले उत्पादनलाई अरु देशहरूमा स्थानान्तरण गर्दै छ ।
यसले गर्दा अमेरिकी बित्तीय वातावरणप्रति लगानीकर्ताहरूको विश्वास घट्नेछ, जसको कारण अमेरिकामा कुल बाह्य लगानी घट्ने छ । जसै व्यापारिक विवाद बढ्छ, कम्पनीहरूको लगानी गर्ने आत्मविश्वास घट्नाले लगानी गर्न हिच्किचाउने छ । एडम एस. पोसेन, पिटर्सन इन्स्टिच्यूट फर इन्टरनेशनल इकोनिमिक्स (PIIE) का अध्यक्षका अनुसार व्यापार युद्धबाहेक पनि अमेरिकी सरकारको आर्थिक राष्ट्रवाद (Trade Nationalism) का कारण अर्के महत्वपूर्ण क्षेत्र, आन्तरिक लगानीमा बढी नोक्सानी पु¥याएको छ । अमेरिकामा लगानी गर्ने अमेरिकी तथा बाह्य दुवै बहुराष्ट्रिय कम्पनिहरूको अमेरिकामा कुल आन्तरिक लगानी घटेर शून्यप्रायमा झरेको छ । लगानीकर्ताहरू अमेरिकाबाट अरूतिर यसरी स्थानान्तरण भइरहँदा दीर्घकालीनरूपमा अमेरिकाको आम्दानी घट्ने छ र विश्व अर्थतन्त्र अमेरिकाबाट अरुतिर सर्ने छ । अमेरिकी वाणिज्य विभाग आर्थिक विश्लेषण व्युरोका अनुसार २०१६ र २०१७ को पहिलो ३ महिनामा विदेशी लगानीको आन्तरिक प्रवाह क्रमशः १४६.५ अर्ब र ८९.७ अर्ब डलर थियो । सोही अवधिमा सन् २०१८ मा घटेर ५१.३ अर्ब पुगेको छ । दीर्घकालीन लगानीको प्रतिबद्धताको कमीका कारण अमेरिकामा लगानीको आकर्षणमा आएको ¥हासका कारण यस्तो अवस्था आएको हो ।
अनुवादः सुनिल
The Facts and China’s Position on China- US
Trade Friction
September 2018
Leave a Reply