सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
–दीनबन्धु केसी
हामी देशप्रेमको कुरा गर्छौँ, देशभक्तिको चर्चा गर्छौँ । तर, व्यवहारमा देशप्रेम र देशभक्तिको भावना देशको एक कुनामा थन्काइएको हुन्छ । नेपालको लागि नेपाली नै भर हुन्छ विदेशी हुँदैन । नेपालीहरू बाहिर पठाएर, विदेशीहरु नेपाल भित्र्याएर पनि कहिल्यै देशको प्रेम हुन्छ, देशभक्ति भावनाको विकास हुन्छ ? नेपाली मातृभूमि छोडेर युवाहरु विदेश गएकोमा सरकार पनि मख्ख छ । विदेशिएका नेपाली नागरिकहरुको रेमिट्यान्सले नेपाललाई सहयोग पुगिरहेकोमा सरकार खुसी छ । पैसाको लोभमा विदेशिएका युवाहरु अनेक कारणले मरेको तथ्याङ्क सञ्चारमाध्यममा आयो । विदेशमा मृत्युवरण भएका युवाहरुको सो सूचीले नेपालीहरुको आङसिरिङ हुन्छ । तैपनि हामी देशभक्त र देशप्रेमको कुरा गर्न छोड्दैनौँ ।
सत्तारुढ दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरुमा देशप्रेमको भावना भए विदेशीले पनि सजिलै नेपाली नागरिकता लिन पाउने विधेयक ल्याइँदैन । गाउँ घर नै युवाहरु रित्तिने गरी रोजगारीको नाउँमा विदेश पठाउने कार्यमा सरकारले प्राथमिकता दिँदैन । अहिले राजधानी तथा देशका मुख्य सहरहरुमा भारतीय नागरिकले ढाकिसकेका छन् । पान पसल, फलफूल पसलदेखि ठूला ठूला पसलहरु उनीहरुकै हुन थालेका छन् । निर्माणका काममा पनि उनीहरुको सङ्ख्या बढ्न थालेको छ । यसरी विदेशी व्यक्तिलाई नेपाल छिराएर नेपालीहरुलाई विदेश जानुपर्ने बाध्यता निम्त्याएर देशप्रेम र देशभक्तिको भावना बढ्दैन ।
पर्यटकको रुपमा विदेशीहरु नेपाल आउनु एउटा पाटो हो । दुई–चार दिन या दुई चार हप्ता नेपालमा बसेर, घुमेर दिन कटाउँदा नेपाल र नेपालीलाई फाइदा हुन्छ । देशको आयस्रोत बढ्छ, नेपालीले रोजगार पाउँछन् । सरकारले स्वदेशमै रोजगारको बन्दोबस्त गरेको भए नेपालीहरु विदेशिनु पर्दैन । विदेशीहरु नेपाल पसेर काम गर्नुपर्ने स्थिति आउँदैन । अनि देश विकासमा काम गर्ने श्रम शक्ति र बेरोजगार युवाहरु देश छोडेर बाहिर जानुपर्ने स्थिति आउँदैन । हालै कोरिया जान भाषा परीक्षामा झन्डै एक लाख युवाले निवेदन दिए । नेपालीहरु बाहिर जाने भारतीय नागरिक नेपाल छिर्नेको सङ्ख्या एवम्रितले बढ्दै गएमा भोलि नेपालको हालत के होला ! कुनै दिन नेपालीहरु अल्पमतमा परेर विदेशीहरु बहुमत भए नेपालको राजनीतिक, आर्थिक स्थिति के होला ?
अहिले नेपालमा कुन कुन देशका के–कति नागरिक के काम, के पेशा या व्यापार–व्यवसायमा लागेका छन्, त्यसको तथ्याङ्क छैन । तथ्याङ्क भए किन सार्वजनिक हुँदैन ? कति विदेशीहरु एक छाक लाउन र खान या रोजगारकै निम्ति नेपाल पसेका होलान् । उनीहरुमा कुनै राजनीतिक गन्ध नहुनसक्छ । तर सबै भारतीय या अन्य विदेशी नागरिकमा त्यस्तै विचार हुन्छ भन्ने होइन । कति भारतीय नागरिकहरु नेपाल छिरेर, यही जीवन बिताएर नेपाली नागरिकता लिएर बसेका हुन्छन् । पछि उनीहरु मतदाता बन्छन् र आफ्नो सङ्ख्या बढेपछि उम्मेदवारी दिन पछि पर्ने छैन । त्यस्तो बेला नेपालीहरु अल्पमतमा पर्ने छन्, विदेशीहरु हाम्रो गाउँ–टोलमा वडाध्यक्ष, नगर प्रमुख हुँदै सांसद बन्न बेर लाग्ने छैन । सांसद बनेपछि मन्त्री बन्ने छन् । यसरी भारतीय नागरिक नेपालको मन्त्री बनेपछि के उनीहरुले नेपाल र नेपाली जनताको हित हेर्छन् ? के ती मन्त्रीहरुले भारतको स्वार्थ हेर्दैनन् ? अनि न देश बन्छ न त देशमा देशप्रेमको भावना नै रहन्छ ? देशले धोका पाएपछि मात्रै बिउँझिनु हुँदैन । समयमै बुद्धि पु¥याउनुपर्छ र देशप्रेमको विकासमा ध्यान दिनुपर्छ ।
Leave a Reply