भोटेकोसी बाढीः हिमनदी भत्किएको वैज्ञानिक विश्लेषण — एक अध्ययन
- भाद्र १६, २०८३
सन् १९०० को सच्चाइ र मेलमिलापको आन्दोलनपछि
साम्राज्यवादीहरूले चीनलाई टुक्र्याउन खोजेको हुनाले, पश्चिमेलीहरूले त्यस आन्दोलनलाई बक्सर विद्रोह (Boxer Uprising) को नाम दिए । सच्चाइ र मेलमिलाप आन्दोलन (Yi He Tuan Movement) १८९९ देखि १९०० सम्म देशभरि फैलियो । साम्राज्यवादविरोधी देशभक्तिपूर्ण त्यो आन्दोलन किसानहरूले देशव्यापीरूपमा विकास गरे ।
साम्राज्यवादीहरूको विरोधमा भएको जनताको त्यस सङ्र्घषमा चीनजस्तो प्राचीन देशको गुप्तरूपले सङ्गठित ‘रातो लालटिन पल्टन’ (Red Lantern Detachments) भनिने सङ्गठनमा युवा महिलाहरूसमेत सामेल भए । त्यस आन्दोलनले साम्राज्यवादीहरूमाथि दृढतापूर्वक गरेको प्रहारलाई निरन्तर चालू राख्यो । त्यसको प्रतिकारमा सन् १९०० मा रुस, बेलायत, जर्मनी, फ्रान्स, संरा अमेरिका, जापान, इटाली र अष्ट्रेलियासमेत गरी ८ साम्राज्यवादी देशहरू मिलेर संयुक्तरूपले चीनको विरोधमा ठूलो धावा बोले । जारकालीन रुसको उत्तर–पूर्वी चीनको तीन प्रान्त हत्यायो र ती क्षेत्रमा फ्रान्सको तीन दोब्बर थियो । बेलायतले हङ्गकङ्ग लिएजस्तै अन्य साम्राज्यवादी देशहरूले मकाउ, ताइवान आदि टापू र खाडीहरू हात पारे । व्यापारको निम्ति तिनीहरूले ८२ वटा समुद्री किनारका बन्दरगाह खोल्न लगाए र १६ नगरहरू साम्राज्यवादीहरूको संरक्षित क्षेत्रको रूपमा प्रदान (Concessions) गराए । जनता सङ्घर्ष गरिरहँदा छिङ्ग सरकारले साम्राज्यवादीहरूको अगाडि आत्मसमर्पण ग¥यो । छिङ्ग सरकारको सहयोगमा साम्राज्यवादी शक्तिले ‘सच्चाइ’ र मेलमिलापको आन्दोलन’ लाई निर्मतापूर्वक दबायो । तर, त्यस आन्दोलनको साम्राज्यवादविरोधी सङ्र्घषमा चिनियाँ जनताको असीम उत्साह र इच्छाशक्तिलाई प्रदर्शित गरेको थियो । चीनलाई आपसमा विभाजित गर्न खोज्ने साम्राज्यवादीहरूको कुत्सित उद्देश्यमाथि त्यस आन्दोलनले निश्चय पनि बज्रमुक्का प्रहार गरेको थियो ।
सन् १८९४ को चीन–जापानको लडाइँमा छिङ्ग सरकारको भ्रष्टाचार र अयोग्यताका कारण चीनले धेरै क्षति व्यहो¥यो । यसकारण हरेक सचेत चिनियाँ जनताले यस्तो सामन्ती राजतन्त्र रहेसम्म देशको कुनै सुखद भविष्य नहुने र त्यस्तो प्रतिक्रियावादी सरकारलाई नफालेसम्म देश नबच्ने अनुभव गर्नथाले ।
सन यात–सेन सन् १८६६ मा चीनको क्वनतुङ्ग प्रान्तको एक गाउँमा जन्मेका थिए । उनका ठूल्दाजु होनोलुलु (Honolulu) टापूको एक चिनियाँ पुँजीपति थिए । १३ वर्षको उमेरमा सन यात–सेन दाजुकोमा गएर बसे र त्यहाँ बेलायती र अमेरिकी साम्राज्यवादीहरूले चलाएका धार्मिक विद्यालयमा भर्ना भए । सन् १८८३ मा अर्थात् १७ वर्षको उमेरमा सन यात–सेन चीन फर्के र क्यान्टनमा आफ्नो पढाइ चालू राखे । विद्यार्थी कालमै हवाइका जनताको अमेरिकी आक्रमणाविरोधी सङ्घर्ष देखेका थिए । १८९२ मा २६ वर्षको उमेरमा उनी हङ्गकङ्गको एक मेडिकल कलेजबाट चिकित्साशास्त्रका स्नातक भए । उनले एक चिकित्सकको रूपमा मकाउ र क्यान्टनमा पनि सेवा गरे ।
सन् १८९४ मा २८ वर्षको उमेरमा सन यात–सेनले आफ्नो ठाउँबाट छिङ्ग सरकारको एक प्रभावशाली माथिल्ला कर्मचारी लि हुङ्ग–छाङ्ग (Li Hung-Chang) लाई चार वाक्यको एक अपिल पठाए । त्यस अपिलमा लेखिएको थियो, “जनताको क्षमतालाई पूर्णरूपले प्रयोग गर्न देऊ, भूमिको क्षमतालाई भरपुर विकास गर्न देऊ, साधनहरूलाई सकेसम्म बढी प्रयोग गर्न देऊ र उपभोग्य सामानहरू सकेसम्म उत्पादन गर्न देऊ ।”
सन यात–सेन शाङ्घाई र थेनचिनमा गएर लि हुङ्ग–छाङ्गको बारेमा बुझेर भेट्न चाहे । त्यहाँ ऊ विदेशीहरूको हितमा काम गर्ने र सामन्ती भूमिपतिहरूको शासनको पक्षमा देखे र उसले भेट्न पनि चाहेन । पेकिङमा गएर सन यात–सेनले छिङ्ग सरकार पुरै विदेशको भरमा र पुरानै ढङ्गले शासन चलाएको देखे । उनको मनमा प¥यो, “राजनैतिक सुधार असम्भव छ । सुधारवाद एक बन्द गल्ली हो । छिङ्ग सरकारलाई हटाउने एउटै उपाय छ, सशस्त्र सङ्घर्ष ।”
त्यस्तो निराशा र अन्योलको स्थितिमा सन् १९८४ मा होनोलुलुमा एक डाक्टरको रूपमा काम गर्ने सन यात–सेन (Sun Yat Sen) ले चीनको स्वाधीनता, समृृद्धि र शक्तिशाली देश बनाउन २० जना चिनियाँ स–साना व्यापारी र जग्गाधनीहरूसँग मिलेर चीनको पुनरुत्थान समाज (Hsing Chung Hui) नामको एक पुँजीवादी क्रान्तिकारी पार्टी स्थापना गरे ।
अर्को वर्ष अर्थात् सन् १८९५ मा उनले ज्येष्ठहरूको समाज (Kehsan Hui) सँग मिलेर क्यान्टनमा छिङ्ग सरकारको विरोधमा एक सशस्त्र विद्रोह गर्ने उद्देश्य राखेर एक गुप्त सङ्गठन स्थापना गरे । गुप्तता भङ्ग हुँदा त्यस योजनालाई त्यागेर उनी आर्थिक र सामाजिक व्यवस्थाको अध्ययन गर्न र विदेशमा बसेका चिनियाँहरूलाई पुँजीवादी क्रान्तिको निम्ति सङ्गठन गर्नतिर लागे । त्यसको प्रभावले देश भित्र र बाहिर त्यस्ता सङ्गठनहरू बन्दै गए । त्यस्तै १९०२ मा चाङ्ग पिङ्ग लिङ्ग र साथीहरूले जापानमा अध्ययन गर्ने चिनियाँ बुद्धिजीवीहरू मिलेर ‘चीनको पुनरुत्थान समिति’ जस्ता सङ्गठनहरू बनाए । त्यसबेला चीनमा सङ्गठनहरूको बाढी नै आयो । साङ्घाई, क्याङ्गसु र चेक्याङ्गजस्ता प्रान्तहरूमा पनि ‘चीन शिक्षा समाज’ र ‘पुनस्थापना लीग’ जस्ता क्रान्तिकारी गतिविधि अगाडि बढाउन गुप्त सङ्गठनहरू स्थापना हुँदै गए ।
रुसले चीनको उत्तर र पूर्वको ३ प्रान्तमा आक्रमण गरेकोमा चीनभरि त्यसको विरोध भयो । यसकारण चिनियाँ जनतामा १९०५ को रुसी क्रान्तिको समर्थनमा लोकमत तयार भयो, रुसी जार सरकारको विरोधमा ।
सन् १९०४ मा हुनान प्रान्तमा ‘छिङ्ग सरकारलाई फाल’ र ‘चीनलाई पुनरुत्थान गर’ भन्ने नारामा ‘चीन पुनःस्थापना लीग’ स्थापना गरे । अर्काे वर्षमा प्रान्तीय राजधानी चाङ्गशामा विद्रोहको तयारी गर्दा गर्दै गुप्तता भङ्ग भई योजना कार्यान्वयन भएन । त्यस्तै हुपेह (Hupeh) प्रान्तमा पनि ‘दैनिक अध्ययन संस्था’ स्थापना भयो । संसारका अन्तर्राष्ट्रिय घटनाहरू बुझ्ने र देशमा आमूल परिवर्तनको निम्ति प्रचार गर्ने एक महत्वपूर्ण सङ्गठन पनि देखाप¥यो ।
त्यस्तै चीनको विभिन्न प्रान्तमा र सहरहरूमा ‘क्रान्तिकारी सेना’ ‘होसियार’, ‘जाग’, जस्ता सरकारविरोधी युवा, बुद्धिजीवी, पुँजीवादी क्रान्तिकारी संस्थाहरू निर्माण भए । त्यसबेला विदेशी साम्राज्यवादीहरूले विशाल चीनलाई विभाजन गरी कब्जा गर्ने योजना बनाउँदै थियो । भर्खर बनेका क्रान्तिकारी संस्थाहरूले आ–आफ्नो सङ्गठनलाई फैलाउँदै लगे र प्रतिगामी सरकार र साम्राज्यवादीहरूको विरोधमा गतिविधि गर्दै गए ।
रुसमा १९०५ को जार सरकारको विरोधमा भएको क्रान्ति असफल हुँदा त्यहाँबाट चीन पसेका अराजकतावादीहरूको प्रभाव चिनियाँ युवाहरूमा पनि प¥यो र आतङ्कवादी दृष्टिकोण पनि देखाप¥यो ।
सन् १९०५ मा सन यात–सेन युरोपबाट जापान गई जुलाई महिनामा ‘चीनको पुनरुत्थान समाज’, ‘चीन पुनःस्थापना लीग’, चीन पुनर्जागरण लीग’ र अरु संस्थाहरूलाई मिलाएर टोकियोमा एक क्रान्तिकारी लीग (Tung Meng Hui) अगष्ट महिनामा स्थापना गरियो । त्यो नै चीनको पहिलो पुँजीवादी क्रान्तिकारी राजनैतिक पार्टी थियो । त्यसको विधान स्वीकार गरियो र सन यात–सेन सभापतिसहित एक नेतृत्व समिति निर्वाचित भयो । पार्टीको राजनैतिक कार्यक्रम थियो, “छिङ्ग सरकारलाई धपाउनु’ चीनलाई पुनःस्थापना गर्नु, एक गणतन्त्र स्थापना गर्नु र भूमिको समान सीमाङ्कन गर्नु ।” ‘क्रान्तिकारी लीगको मुखपत्र’ ‘जनताको समाचार’ बनाइयो र सन यात–सेनले तीन सिद्धान्त अघि सारे, ‘राष्ट्रियता, प्रजातन्त्र र जनजीविका’ । त्यो नै चीनको क्रान्तिको समस्याको समाधानको निर्देशक सिद्धान्त बन्यो ।
क्रान्तिकारी विद्रोहहरू
क्रान्तिकारी लीग र ज्येष्ठहरूको समाजले सन् १९०६मा पीडित प्रान्त हुनान र क्यासिङ्ग तथा ल्युयाङ्ग, लिलिङ्ग, चिङ्गसी याङ्गका १५–१६ हजार जनतालाई एक गरी सशस्त्र विद्रोेह गरे । संयुक्त नेतृत्वको अभावमा विद्रोह असफल भयो तर विद्रोह चारैतिर फैलियोे । आन्ह्वे (Anhwei) को प्रहरी महाविद्यालयका प्रमुख (Superitendent of Police Academy) ले त्यहाँको अञ्चलाधीशलाई हत्या गरे तथा हातहतियारको खजाना कब्जा गरी १०० भन्दा बढी छिङ्ग सिपाहीँहरूलाई समाप्त पारे । छिट्टै उनको सानो शक्ति पराजित भयो र उनी पनि मारिए । चिउ चिन
(Chiu Chin) नामकी एक क्रान्तिकारी लीगकी एक प्रधानअध्यापिकाले शाओसिङ्ग (Shaoshing) मा विद्रोह गरी नगर कब्जा गरिन् । प्रधानअध्यापिका उनकै विद्यालयमा छिङ्ग सिपाहीँहरूबाट पक्राउ परिन् तथा अन्तमा तिनीहरूले तिनलाई हत्या गरे ।
सन् १९०७ र १९०८ मा सन यात–सेनको निर्देशनमा क्वानतुङ्ग, क्याङ्गसी र युनान (Yunnan) प्रान्तमा ६–७ ठाउँमा सशस्त्र विद्रोह भयो । विद्रोहीहरूले तीनवटा किल्लाहरू कब्जा गर्दै १४ तोप र ४ सय राइफल हात पारे । ती रगताम्य सङ्घर्षहरूमा सयौं छिङ्ग सिपाहीँहरू मारिए पनि हात–हतियार र रसदपानीको अभावमा सन यात–सेन र उनका सिपाहीँहरू पछि हट्न बाध्य भए ।
संवैधानिक सरकारको तयारी
छिङ्ग सरकारले जनताको असन्तोष र विद्रोहहरूलाई शान्त पार्न अनेक ‘सुधार’ र ‘संवैधानिक सरकार’ को तयारी गर्दै थियो । सन् १९०८ मा ९ वर्षदेखिको ‘संविधान’ को रूपरेखा घोषणा गरियो र एक मन्त्रिमण्डल अगाडि सारियो । मन्त्रीहरू राजदरबारकै मानिसहरूले भरिएको थियो र यस्तो काम नलाग्ने संविधान र मन्त्रिमण्डलको विरोधमा क्रान्तिकारी जनताको असन्तोष झन् झन् बढ्दै गयो ।
सुधारवादी र क्रान्तिकारीहरूबीच सङ्घर्ष
चीनमा पुँजीवादी व्यवस्था स्थापना गर्ने उद्देश्य राखेको विश्व बुलेटिन भन्ने दैनिक प्रकाशित गर्ने काङ्ग यु–वई (प्बलन थ्ग ध्भष्) जस्ता केही व्यक्ति सन् १८९८ को सुधार आन्दोलन असफल भएपछि पनि संवैधानिक राजतन्त्र स्थापना गर्ने विचार राख्नेहरू क्रान्तिकारी बाटो अस्वीकार गर्दै सुधारको बाटोमा लाग्दै गए । तिनीहरूले देशभित्र केही प्रान्त र विदेशमा पनि सङ्गठन बनाउँदै ती प्रतिगामी विचारहरू प्रचार गर्दै गए ।
सन यात–सेनको क्रान्तिकारी लीगले संवैधानिक राजतन्त्रलाई सामन्ती निरङ्कुशतन्त्रको निरन्तरता हो भन्दै संवैधानिक राजतन्त्रलाई दृढतापूर्वक क्रान्तिकारी ढङ्गले विरोध गर्दै गए ।
हुनान प्रान्तमा १९०९ मा बाढी र सुख्खाले गरिब किसानहरूको घाँस र भ्याकुरजस्ता कन्दमुल खाएर बाँच्दै थिए भने जमिनदारहरू, लोभी साहु–महाजन र विदेशी व्यवसायीहरू महँगोमा अन्न बेच्न खोज्न सामान लुकाउँदै थिए । दुई हजार जाने अन्नलाई ९ हजार मूल्यमा बेच्न खोज्दा हुनानको प्रान्तीय राजधानी चाङ्गशाका अञ्चलाधीशलाई जनताले मूल्य घटाउन निवेदन दिए । तर, अञ्चलाधीशले गोली चलाउने आदेश दियो र दर्जनौँ मानिसहरू मारिए र सयौँ घाइते भए । रिसाएका भोका जनताले गोदामहरूमा धावा बोले र सयौँ पसलहरू फोरे तथा अञ्चलाधीशको निवासमा आगो लगाए, राष्ट्र बैङ्क र जापानी महावाणिज्य दूतावासमा पनि आगो लगाइदिए । देशी र विदेशी संयुक्त सेनाले भोका–नाङ्गा जनतालाई दबाउन थाल्यो । त्यसको परिणाम जनताको विद्रोह चक्र्यो ।
शान्तुङ्ग प्रान्तको लाइयाङ्ग क्षेत्रमा ठूलो शीतलहरहरू चल्यो र बाली सखाप भयो । गरिब जनताको दुःखमा सहयोग गर्नुभन्दा १९१० मा स्थानीय अधिकारीहरू र कर अधिकृतहरूले किसानहरूसँग कर उठाउन थाले । कर माफ गर्ने निवेदनलाई बेवास्ता गरेको हुनाले किसान, कालीगढ र स–साना व्यापारीहरू एकसाथ विरोधमा उठे तथा ६० हजार जनताको सङ्घर्षलाई सरकारले दबायो ।
त्यसैबेला सन यात–सेन, हुआङ्ग सिङ्ग (Huang Hsing) अन्य साथीहरू मलायाको पेनाङ्गमा ठूल्ठूला सशस्त्र विद्रोहको योजना बनाउँदै थिए । त्यसको निम्ति क्यान्टनमा ३० वटा गुुप्त सङ्गठनहरू निमार्ण गरे । सन् १९११ को वसन्तमा विद्रोह गर्न तयारी पू्रा गरे ।
१७ अप्रिल १९११ मा क्यान्टनको अञ्चलाधीशको निवासमा धावा बोल्यो । त्यसको नेतृत्व हुआङ्ग सिङ्गले गरेका थिए । तर, केही असमझदारी र अनुभवको कमीले १० मध्ये ४ वटा सशस्त्र दलमात्र त्यसमा सहभागी हुनसक्यो । धेरै समय लगाएर बनाइएको त्यो विद्रोह असफल भयो र धेरै क्रान्तिकारीहरू मारिए । पछि क्यान्टनको हुआङ्गहुआकाङ्ग (Huanghuakang) भन्ने ठाउँमा ७२ जना सहिदहरूको समाधिस्थल निर्माण गरियो ।
बाँकी भोलिको अङ्कमा
Leave a Reply