अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
पेइचिङ, २१ जुलाई । चीनले उत्तरपश्चिम चीनमा अवस्थित सिन्च्याङ उइगुर स्वशासित क्षेत्रबारे श्वेतपत्र सार्वजनिक गरेको छ ।
चीनको राज्य परिषद् सूचना कार्यालयमा आइतबार आयोजित कार्यक्रममा उक्त श्वेतपत्र सार्वजनिक गरेको हो ।
“चीन एकीकृत बहुजातीय देश हो । सिन्च्याङमा बसोबास गर्दै आएका विभिन्न आदिवासी जनसमुदाय चिनियाँ राष्ट्रको लामो समयदेखि हिस्सा बन्दै आएको छ । लामो इतिहासमा सिन्च्याङको विकास चीनको विकाससँग जोडिंदै आएको छ”, श्वेतपत्रमा भनिएको छ ।
“तथापि पछिल्लो समयमा चीनभित्र र बाहिरका केही आक्रामक शक्ति, विशेषतः पृथकतावादी, धार्मिक अतिवादी र आतङ्कवादीहरूबाट चीनलाई विभाजन गर्ने प्रयास भयो र इतिहास तथा तथ्यलाई बङ्ग्याएर उनीहरूले त्यस्तो प्रयास गरे”, ‘सिन्च्याङको सन्दर्भमा ऐतिहासिक सामग्री’ शीर्षकको सो श्वेतपत्रमा भनिएको छ ।
सिन्च्याङ लामो समयदेखि नै चिनियाँ भूमिको अखण्ड भूभाग हो । सिन्च्याङलाई कहिल्यै पनि ‘पूर्वी तुर्कस्थान’ भनिएन । लामो समयको बसाइसराइ र सम्मिलनले उइगुर समुदाय बनेको हो र यो समुदाय चिनियाँ राष्ट्रको हिस्सा हो ।
सिन्च्याङमा विभिन्न संस्कृति र धर्मको सहअस्तित्वमा बाँचेका छन् । चिनियाँ सभ्यताको आलिङ्गनमा आदिवासी संस्कृति फैलिएको र विकास भएको छ । इस्लाम धर्म न त उइगुर जनताको आदिम धर्म हो न त सबै उइगुर जनताकै एकल विश्वास हो । यसको जग चीनको संस्कृतिमा आधारित छ र चीनमा यो राम्ररी फस्टाएको छ, दस्तावेजमा भनिएको छ ।
संसारभरि धार्मिक अतिवाद फैलिएसँगै सिन्च्याङमा धार्मिक अतिवादको उदय भएको हो । यसैकारण विभिन्न आतङ्ककारी र हिंसात्मक गतिविधि भएका हुन् ।
आतङ्कवाद र अतिवादविरुद्ध सिन्च्याङको सङ्घर्ष खराबी र बर्बर शक्तिविरुद्ध सभ्यता र न्यायको लडाइँ हो । त्यसकारण यसलाई समर्थन, सम्मान र बुझाइको आवश्यकता छ ।, श्वेतपत्रमा भनिएको छ ।
आतङ्कवाद र मानव अधिकारबारे दोहोरो मापदण्ड बोक्ने विभिन्न देश, सङ्गठन र व्यक्तिले सिन्च्याङको प्रयासलाई लिएर अन्यायपूर्ण आलोचना गरेका छन् । यसप्रकारका आलोचनाले मानवताका आधारभूत विवेक र न्यायको अपमान गरेको छ । यसले सबै न्याय र प्रगतिका पवित्र मनसायको खिल्ली उडाएको छ, श्वेतपत्रमा अघि भनिएको छ ।
Leave a Reply