भर्खरै :

सरकार परिवर्तन सम्भव छैन : उत्तर कोरिया

प्योङयाङ (उत्तर कोरिया), २१ चैत । उत्तर कोरियाको सरकारी केन्द्रीय समाचार संस्था (कोरियन सेन्ट्रल न्युज एजेन्सी) ले अमेरिकी दैनिक ‘द वाल स्ट्रिट जर्नल’ द्वारा प्योङयाङको आणविक कार्यक्रम विकास नियन्त्रणका लागि नेतृत्वको परिवर्तन गर्न भनी आएको भनाइलाई खण्डन गरेको छ ।
उत्तर कोरियाली न्युज एजेन्सीले मार्च २७ मा प्रकाशित अमेरिकी उक्त पत्रिकाको भनाइलाई उत्तर कोरियामा नेतृत्व परिवर्तन गर्न र आणविक कार्यक्रम नियन्त्रण गर्न अमेरिकी पत्रिकाद्वारा दिएको नीतिगत सुझाव ‘नालायक’ भएको जनाएको छ ।
उत्तर कोरियाले यस भनाईलाई अर्थहीन कुराका रुपमा लिएको बताउँदै प्योङयाङको आणविक बलसहितको सैनिक शक्ति लेवर पार्टीको केन्द्रविन्दु भएको भन्दै सबै उत्तर कोरियाली जनता यसमा एकताबद्ध रहेको उक्त समाचार संस्थाले जनाएको छ ।
यो वास्तविकतालाई अमेरिकाले बुझ्न नसकेको बताउँदै यसैकारण अमेरिकाले विगत केही दशकमा सैनिक असफलता बेहोर्नु परेको प्योङयाङको उक्त समाचार संस्थाले बताएको छ । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *