पेइचिङ भेटमा इरान–चीन संवाद
- बैशाख २३, २०८३
फाइल फोटो
भारतीय सेनाले काश्मिरमा गएको अप्रिल १ का दिन पाकिस्तानको एक सर्वसाधारणको गोली हानी हत्या गरेको छ । पाकिस्तान र भारतबीचको सीमावर्ती छिरिकोट क्षेत्रमा भारतीय सेनाको गोली लागी १८ वर्षका सर्वसाधारण नागरिक मुहम्मद कुरेशीको हत्या गरिएको पाकिस्तानी विदेशमन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ । ‘प्रष्टतः सर्वसाधारणलाई तोकेर गोली हान्नु भत्र्सनायोग्य छ । यो गोलीकाण्ड मानिसको स्वाभिमान, अन्तर्राष्ट्रिय मानवअधिकार र मानवीय कानुनविपरीत छ’, वक्तव्यमा भनिएको छ । पाकिस्तानी विदेशमन्त्रालयअन्तर्गत दक्षिण एसियाली डेक्सका महानिर्देशक मोहम्मद फायसलले सो हत्याकाण्डबारे भारतीय सहायक उच्चायुक्त जेपी सिंहलाई भेटेर अप्रिलको १ का दिन काश्मिरमा भारतीय सेनाले लाइन अफ कन्ट्रोल मिचेर युद्धविराम भंग गरेको घटनाप्रति विरोध जनाएको छ ।
महानिर्देशकले सन् २००३ मा दुई देशबीच भएको युद्धविराम सम्झौताको सम्मान गर्न र अप्रिल १ तथा अन्य त्यस्तै घटनाहरुको अनुसन्धान गर्न, भारतीय सेनालाई युद्धविरामको पालना गर्न अनि लाइन अफ कन्ट्रोमा शान्ति कायम राख्न आग्रह गरेका छन् ।
पछिल्लो समय गएको सेप्टेम्बर १८ मा भारतीय नियन्त्रित काश्मिरमा भारतीय सैनिक व्यारेकमा भएको सशस्त्र हमलामा दुई देशबीचको विवाद चर्केको थियो । भारतले सो हमलाको लागि पाकिस्तानतर्फ औंल्याएको थियो । सो घटनामा परी १९जना भारतीय सिपाहीं मारिएका थिए । पाकिस्तानले सो घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।
Leave a Reply