सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
उछान विद्रोह
चीनको हरेक आन्तरिक कलहबाट फाइदा उठाउन साम्रज्यवादीहरूले छिङ्ग सरकारलाई निजी रेलको बन्दोबस्तलाई राष्ट्रियकरण गराई पछि त्यसलाई ठेक्का लिने नियतले काम अगाडि सारे । सेचुवान (Szechuan), हुनान, हुपेह, क्याङ्गतुङ्ग त्यसको व्यापक विरोध भयो । सेचुवानको राजधानी छेङतु (Chengtu) का जनता सङ्गठित भई सरकारलाई बिन्तीपत्र दिए । विद्यार्थी, साहुमहाजन र मजदुरहरूले हड्ताल गरे । अञ्चलाधीशले रेलवेका शेयरधनीहरूलाई गिरफ्तार ग¥यो र बिन्तीपत्र दिनेहरूलाई हत्याकाण्ड मच्चाएर आतङ्ग फैलियो । त्यस हत्याकाण्डले रेल्वे बन्दोबस्तमा आ–आफ्नो हक स्थापना गर्न प्रान्तका विभिन्न नेताहरूले सशस्त्र विद्रोहको तयारी गरे । जिल्ला र ठाउँ–ठाउँमा सशस्त्र जनताले विद्रोह गरे तथा सरकारले उछाङ विद्रोहलाई निर्मतापूर्वक दबायो ।
सन यात–सेनको क्रान्तिकारी लीगले देशभर छिङ्ग शासनको विरोधको तयारी ग¥यो । त्यसबेला एक लोकगीत प्रचलित थियो –
कसैको आशीर्वाद र ज्योतिषको मुहुर्त चाहिँदैन
तीनवर्षे बाल सम्राटको बाबुको शासन टिक्दैन
यही वर्ष उसको चिहानमा ऊ गाडिने छ,
अर्को वर्ष हरेक जोताहाको बाली आफ्नो हुने छ ।
यसरी जनतामा सामन्ती शोषणको विरोधमा क्रान्तिको विजयको सुनिश्चितता देखिएको थियो । सेचुवानको रेल्वे संरक्षणको आन्दोलन बढ्दै गर्दा हुपेह प्रान्तको ‘साहित्यिक समाज’ र ‘सँगै अगाडि बढ्ने लीग’ सशस्त्र विद्रोहमा लागे । नयाँ क्रान्तिकारी सेनाको तयारी पनि हुँदै थियो र १० अक्टोबर १९११ को दिन सरकारी सेनाको हात–हतियार खजाना क्रान्तिकारीले कब्जा गर्दै अञ्चलाधीशको निवासमाथि धावा बोेले, सबै सरकारी अधिकारीहरू आत्तिदै भागे ।
दोस्रो दिन राजतन्त्रको उन्मूलन र चीनको गणतन्त्रको घोषणा गर्दै एक सैनिक सरकार घोषणा गरियो । क्रान्तिकारी सेनाले याङ्गसी नदी पार ग¥यो तथा हानयाङ्ग (Hanyang) र हानकाऊ (Hankow) कब्जा ग¥यो । उछाङ विद्रोहको सफलताले देशभरका मजदुर, किसान र भूतपूर्व सिपाहीँहरू क्रान्ति र क्रान्तिकारी सेनासँग सहकार्य गर्न पुगे तथा छिङ सरकारका सैनिक दलहरू भागाभाग भए ।
हरेक प्रान्तबाट उछाङ विद्रोहरू समर्थन गर्दै केही हप्तामै धेरै प्रान्तहरूले छिङ्ग सरकारबाट मुक्त भएको घोषणा गरे । क्रान्तिको तीव्रता देखेर केही नेताहरू क्रान्तिलाई टुङ्गोमा पु¥याउन नेतृत्व दिनुभन्दा छिटो टुङ्गो लगाउन संवैधानिक राजतन्त्रवादीहरू, माथिल्लो अधिकारीहरू र सम्भ्रान्त वर्गका मानिसहरू पहिलेदेखि नै क्रान्तिप्रति झुकाव राखेको बताउँदै अञ्चलाधीश र अन्य पदहरूमा जान गणतन्त्रको समर्थन गर्न लागे । क्याङ्गसु (Kiangsu) का अञ्चलाधीशले पनि छिङ्ग सरकारको चिह्न फालेर आफ्नो निवासमा ‘सैनिक सरकार’ को चिह्न झुण्ड्यायो । प्रतिक्रियावादी अधिकारीको क्रान्तिकारीको लाममा घुसेर विजयको फल चोर्न पुगे ।
गणतन्त्रको घोषणा र सन यात–सेन राष्ट्रपति
उछाङ विद्रोहको विजयपछि विभिन्न प्रान्तहरूका प्रतिनिधिहरूको सहभागितामा एक अन्तरिम सरकार बनाउन सन् १९११ को डिसेम्बर महिनामा नानकिङ्गमा एक बैठक बस्यो र डा. सन यात–सेन चीनको अन्तरिम सरकारको राष्ट्रपति चुनिए । १ जनवरी १९१२ मा विदेशबाट फर्केर नानकिङ्गमा चीनको गणतन्त्रको घोषणा गरियो र सन यात–सेन अन्तरिम राष्ट्रपति पदमा स्थापित भए ।
सबै प्रान्तहरूका प्रतिनिधिहरू भएको अन्तरिम माथिल्लो सदनले एक अन्तरिम संविधान खेस्रा ग¥यो । त्यसमा चीनको गणतन्त्रको हरेक नागरिकले जात–जाति, भाषा–भाषी, वर्ग र धर्मको भेद नगरी प्रेस स्वतन्त्रता, बसोबासको स्वतन्त्रताको, वाक् स्वतन्त्रता भेला हुने, धार्मिक विश्वासको स्वतन्त्रता र जनतामा अपिल गर्ने स्वतन्त्रता, उजुर गर्ने र सरकारी कर्मचारीहरूमाथि मुद्दा चलाउने अधिकारको बन्दोबस्त गरियो । त्यसबेलाको सामन्तवादी निरङ्कुश राजतन्त्रको तुलनामा यो पुँजीवादी जनवादी गणतन्त्र प्रगतिशील थियो ।
उछाङ विद्रोहको बेला उत्तरको एक युद्ध सरकार वा सैनिक जर्नल युआन शिह–काई (Yuan Shi–Kai) लाई छिङ्ग सरकारले प्रधानमन्त्री बनायो । उसले छिङ्ग सरकारको सेनालाई एक गरी उहान (Wuhan) को तीनवटै नगरमाथि हमला ग¥यो र हानयाङ्ग (Hanyang) कब्जा ग¥यो । क्रान्तिको परिस्थितिको कारण उसले छिङ्ग सरकारसँग थप शक्ति दिन बाध्य पा¥यो । सन् १९११ नोभेम्बर महिनामा क्रान्तिकारीहरू र युआन शि–काइबीच शान्ति वार्ता चल्दै थियो ।
संविधानविद्, ठूल्ठूला जमिनदार र अधिकारीहरू मिलेर अन्तरिम सरकारमा घुसेर राष्ट्रपति सन यात–सेनमाथि दबाब दिई युआन शि–काइलाई राष्ट्रपति बनाउन दबाब दिए । संरा अमेरिका, बेलायत, जर्मनी र फ्रान्सले पनि युआनलाई सर्मथन गरे । यस्तो विकट परिस्थितिमा युआनले छिङ्ग सरकारसँग सम्बन्ध तोडेमा गणतन्त्र एव्म अन्तरिम सरकारलाई भित्री हृदयदेखि समर्थन गरेका सन यात–सेनले युआनलाई राष्ट्रपति पद छोड्न तयार भएको बताइयो ।
फेब्रुअरी १९१२ मा केटो राजा सुआन तुङ्ग (Hsuan Tung) लाई गद्दीच्चुत गरी युआन शिह–काई अन्तरिम राष्ट्रपति भयो । यसरी क्रान्तिको विजयको फल दुरूपयोग भयो ।
चिनियाँ पुँजीपति वर्गको कमजोरी साम्राज्यवाद र सामन्तवादको विरोधमा जनताको जागरणमा विश्वास नगर्नु थियो । अर्ध–उपनिवेश र अर्धसामन्ती प्रतिक्रियावादी शासनलाई क्रान्तिले बदल्न सकेन र सामन्तवादी व्यवस्था र साम्रज्यवादी प्रभावमा जमिनदार वर्ग र साम्राज्यवादका पिछलग्गूहरूको शासन स्थापना भयो । यस अर्थमा क्रान्ति असफल भयो ।
तैपनि २ हजार वर्षदेखि ‘पवित्र र बदल्न नसकिने’ भनिएका निरङ्कुश राजतन्त्रलाई समाप्त पारियो र चिनियाँ जनताको मनमा चिनियाँ जनवादी गणतन्त्रको विचारलाई स्थापित ग¥यो । सन् १९११ को क्रान्ति एक अर्थमा चीनको इतिहासमा एक महत्वपूर्ण घटनाको रूपमा लिइयो ।
कोमिनताङ्गको स्थापना
उछाङ विद्रोहको असफलतापछि क्रान्तिकारी लीगका धेरै कार्यकर्ताहरूमा क्रान्तिकारी उत्साह शिथिल भएको देखियो । त्यसबेला एउटा भनाइ नै चल्यो, “क्रान्तिकारी सेना जाग्दा क्रान्तिकारी पार्टी सुक्यो ।” यस्तो विषम परिस्थितिमा २७ अप्रिल १९११ मा क्यान्टन विद्रोहको लगाम सम्हाल्ने ह्वाङ्ग सिङ्ग (Huang Hsing), सुङ्ग चाओ–चेन (Sung Chao Jen) र क्रान्तिकारी लीगका अन्य सदस्यहरू मिलेर सन् १९१२ को अगष्ट महिनामा एक राष्ट्रिय जनता पार्टी वा कोमिनताङ्ग पार्टीको स्थापना गरे ।
सन् १९१२ को अन्तिम र १९१३ को सुरूमा चीनमा पहिलोपटक संसदीय निर्वाचन भयो । कोमिनताङ्ग पार्टीले त्यस निर्वाचनमा ३९० स्थान अर्थात् ४५ प्रतिशत मत प्राप्त ग¥यो । सुङ्ग चाओ–चेनले संसदमा कोमिनताङ्गले नियन्त्रण गरेपछि युद्ध सर्दार युआन शि–काई (Yuan Shih Kai) लाई नियन्त्रण गर्न सकिने विचार गरे तर युआन सारा शक्ति आफ्नो मुठीमा पार्न चाहन्थ्यो । ऊ संसदको नियन्त्रणमा बस्न चाहन्नथ्यो । यसकारण ऊ कोमिनताङ्ग पार्टीको प्रभावलाई समाप्त पार्न चाहन्थ्यो ।
सन् १९१३ मा बेलायत, फ्रान्स, जर्मनी, जापान र रुससँग संयुक्त सुपरिवेक्षणमा चीनले सशर्त ऋण लिने युआन शि–काई सम्झौता ग¥यो । बाँदरको स्वर निको छैन भन्ने बुझेर सन यात सेनले युआन शि–काईको विरोधमा एक दृढ अभियान छेड्न चाहन्थे । तर, पार्टीका केही नेताहरूले तत्काल युआन शि–काईको विरोधमा अभियान चाल्न चाहेनन् ।
युआन शि–काईविरोधी अभियान
तर, ती सबै स्थिति बुझेर युआन शि–काईले १९१३ जून महिनामा कोमिनताङ्गका सदस्यहरू क्याङ्गसी, क्वाङ्गतुङ्ग र आन्ह्वी प्रान्तका गभर्नरहरूलाई बर्खास्तीको घोषणा ग¥यो । यसकारण क्याङ्गसीका गभर्नर लि लिह च्युन (Li Lieh Chun) युआन शि–काईको विश्वासघातको निन्दा गर्दै उसको सेनालाई दण्ड दिने आफ्नो सेनालाई क्याङ्गसीको हुकोऊ (Hukou) कब्जा गर्न आदेश दिए । क्याङ्गसु, आनह्वी, क्याङ्गतुङ्ग, फुकिन र हुनान प्रान्तले तुरुन्तै युआन शि–काईको विरोधमा सेना परिचालन गरे । युआन शि–काईले आफ्नो सेना हुकाउमा केन्द्रित ग¥यो र त्यसलाई कब्जा ग¥यो, लि लिह च्युनान शि–काईविरोधी सैनिक अभियानले ठूलो क्षति भोग्यो ।
संसदबाट आफू राष्ट्रपतिमा निवार्चित हुन युआन शि–काईले १९१३ अक्टोबर महिनामा ‘नागरिक समाज’ को नाम दिएर गुण्डाहरूद्वारा निर्वाचनको दिन संसद भवनलाई घेराउ गर्न दियो । ती गुण्डाहरूले संसद सदस्यहरूलाई चेतावनी दिन लगाइयो, “राष्ट्रपतिको निर्वाचन नटुङ्गेसम्म कसैलाई पनि संसद भवनबाट बाहिर पठाइने छैन ।” यसरी गुण्डाहरूको तर्फबाट युआन शि–काईले राष्ट्रपति पद हत्यायो ।
हुलदङ्गा र आतङ्कबीच गरिएको राष्ट्रपतिको निवार्चनलाई संरा अमेरिकाले तत्काल मान्यता दियो र अरु साम्राज्यवादी शक्तिहरूलाई पनि युआन शि–काईलाई राष्ट्रपति स्वीकारे । युआन शि–काईले संसद र कोमिनताङ्गको विघटनको आदेश दियो र नानकिङ्गको अन्तरिम सरकारले पारित गरेको आन्तरिम संविधानलाई खारेज ग¥यो र १९१४ मई महिनामा ‘चीनको गणतन्त्रको संवैधानिक मस्यौदा’ घोषणा ग¥यो । त्यस सक्रिय संवैधानिक मस्यौदाले एक सम्राटको सबै शक्ति राष्ट्रपतिमा निहित ग¥यो । युआन शि–काई नानकिङ्ग अन्तरिम सरकारको राष्ट्रपतीय निर्वाचन ऐनलाई नयाँ अन्तरिम संवैधानिक सभाले संशोधन गर्न निर्देशन ग¥यो । संशोधित निर्वाचन ऐनले राष्ट्रपतिको कार्यकाल अनिश्चितकालसम्म राखियो । उसले आफ्नो उत्तराधिकारी राख्ने अधिकार राख्न लगाइयो । यसरी उसको राष्ट्रपति पद आजीवन गराइयो र वंश परम्पराको बन्दोबस्त गराइयो । चीनमा पुनः ठूल्ठूला जमिनदारहरू र ठूल्ठूला कर्मचारीहरूको शासन स्थापना भयो तथा युआन शि–काईको सम्राट हुने महत्वाकाङ्क्षा पूर्णरूपले उदाङ्गियो ।
पहिलो विश्वयुद्धमा चीन
सन् १९१४ अगष्ट महिनामा युरोपमा साम्राज्यवादीहरूले पहिलो विश्वयुद्ध सुरु गरे । जर्मनीले कियाओचौ–सिनान रेल्वे (Kiaochou–Tsinan Railway) र छिन्ताओ (Tsintao) बन्दरगाह लियो भन्ने निहुँ थापेर जापानले चीनको उत्तरपूर्वको शानतङ्ग प्रान्तमा आफ्नो सेना उता¥यो । त्यस जापानले हमलाको विरोधमा युआन शि–काईले कुनै प्रतिकार गरेन् । जापानले उसको सम्राट बन्ने महत्वाकाङ्क्षा बुझेर उसलाई समर्थन गर्न १९१५ को जनवरी महिनामा २१ वटा मागहरू अघि सा¥यो । जर्मनीले पहिले लिएको शान्तुङ्ग सबै जापानलाई हस्तान्तरण गर्ने, लियाओनिङ्ग र किरिन तथा पूर्वी भित्री मंगोलियामा जापानलार्र्ई विशेष अधिकारलाई मान्यता दिने, तायेह (Tayeh) हुपेहको फलामखानी पिङ्गसियाङ्ग (Pinghsiang), क्याङ्गसीका कोइलाखानी जापानसँग संयुक्तरूपले चलाउने, जापानलाई भन्दा अरु कुनै शक्तिलाई चीनले कुनै बन्दरगाह, खाडी वा टापूलाई चीनको समुद्री किनारा ठेक्कामा दिन नपाउने चीनमा राजनैतिक, वित्तीय र सैनिक सल्लाकारहरू राख्ने, चीनका महत्वपूर्ण ठाउँहरूमा प्रहरी विभागहरूमा जापानी संयुक्त प्रशासन तैनाथ गर्ने, चीनको सैनिक खर–खजाना संयुक्त कारबाहीअन्तर्गत राख्ने र फुकिनको रेल्वे निर्माणमा र खानीहरू दोहन गर्ने लगानीमा जापानलाई प्राथमिकता दिने सम्झौता गर्नेजस्ता सर्त थिए । जापानका २१ वटा ती सर्तहरु स्वीकार्ने हो भने चीन पूर्ण रूपले जापानको उपनिवेशको स्तरमा पुग्ने थियो ।
आफू सम्राट हुन युआन शि–काईले जापानको झन्डै सबै माग स्वीकार्यो । त्यस बेलामा उसका अमेरिकी सल्लाहकार फ्राङ्क जे गूडनाउ (Frank J Goodnow) ले चीनको निम्ति राजतन्त्र सबभन्दा उपयुक्त भएको हास्यास्पद सिद्धान्त अगाडि सा¥यो । १९१५ अक्टोबर महिनामा युआन शि–काईले नागरिकहरूको सम्मेलनबाट जनमतसङ्ग्रह गर्ने निर्णय गर्ने निर्देशन दियो । त्यस सम्मेलनको एकमतले चीनको गणतन्त्रलाई चिनियाँ सम्राटमा परिवर्तन गरी संवैधानिक राजतन्त्र पारित ग¥यो । १ जनवरी १९१६ मा उसले आफू चीनको राजाको गद्दीमा बस्ने उद्देश्यले १९१५ को डिसेम्बरमा राज्याभिषेकको तयारी समिति पेकिङमा स्थापना ग¥यो ।
बाँकी भोलिको अङ्कमा
Leave a Reply