खासाङखुसुङ खोला सफाइ अभियान चासो, बुझाइ र वास्तविकता
- असार १४, २०८३
–प्रमिला दुवाल
हामीमा नागरिक भावना हुनुपर्छ । नागरिक भावना र सांस्कृतिक स्तर नहुँदा आफूले गरेको कामबाट अरुलाई प्रत्यक्ष या अप्रत्यक्ष नोक्सान भइरहेको हुन्छ । आजभोलि टोलटोलमा गएर ठूलठूलो स्वरमा लाउड स्पिकर प्रयोग गरी व्यापारीहरूले मालसामान बेचिरहेका छन् । यसले स्थानीयलाई मार्का पारेको छ । यो एक प्रकारको ध्वनि प्रदूषण हो । यसरी चर्को स्वरमा सामान बेच्न आएको कसैलाई मनपर्दैन, यसले कसैको निद्रा बिग्रन्छ भने आराम र शान्तिको वातावरण हराउँदै जान्छ । निरन्तर चर्को आवाजले मानिसहरूको सुन्ने क्षमता घटाउँछ र काममा असर पार्छ । विद्यार्थीको परीक्षाको तयारीमा समेत बाधा पु¥याउँछ ।
त्यस्तै टोलटोलमा तरकारीलगायत मालसामानहरू बेच्ने अस्थायी व्यापारीले नगरपालिकामा दर्ता गरेको हुँदैन, कर पनि तिरेको हुँदैन । ती अस्थायी व्यापारीहरूले स्वास्थ्यमा हानी पु¥याउने खाद्य सामग्री बेचेको थाहा हुँदैन । तसर्थ, यसले नियमपूर्वक बसेर व्यापार गर्नेलाई घाटा पु¥याउँछ ।
चर्को आवाजमा चलाइने मोटरसाइकल र अन्य गाडीहरूले ठूलो हानी पु¥याउँछ । मानिसहरू यति धेरै मनपरी किन गर्छन् ? लाउड स्पिकरको चर्को आवाजले स्वास्थ्य स्थितिमा समेत बाधा पु¥याउँछ ।
यस्ता समस्या समाधान गर्न स्थानीय निकायको ध्यान आकर्षण गर्न चाहन्छु । अनियमित, अव्यवस्थित र ध्वनि प्रदूषणले नागरिकहरूलाई बाधा पु¥याउँछ ।
आशा छ, नगरपालिकाले यसमा ध्यान दिने छ । घुम्ती व्यापारीहरूले अन्य नागरिकहरूलाई पर्ने मार्काबारे पनि ध्यान दिनेछन् ।
Leave a Reply