अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
– काशीराम शर्मा
बाँके, ७ साउन । दुई साताअघि एक नेपाली महिला भारतको रुपैडिहामा अफिमसहित समातिइन् । भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीको संयुक्त टोलीले नेपाली महिलालाई जाँचको क्रममा अफिमसहित पक्राउ ग¥यो । उनी रु. पाँच हजारको लोभमा अफिम पु¥याउनकै लागि नेपालगञ्जबाट रुपैडिहा पुगेकी थिइन् ।
भारतीय प्रहरीका अनुसार, लागूऔषध तस्करीको सूचनामा चेकपोष्टमा जाँच गर्दा जाजरकोटकी काली खत्री एक किलो ८०० ग्राम अफिमसहित फेला परिन् । उनलाई प्रहरीले नियन्त्रणमा लिई थप कारबाही अगाडि बढायो । नेपालगञ्जको धम्बोझीचोकदेखि रुपैडिहा पु¥याउन तस्करले महिलाको प्रयोग गर्दै आएका छन् ।
पक्राउ परेकी खत्रीले भनेजस्तै लागूऔषधका कारोवारीले व्यवस्थित सञ्जाल नै स्थापना गरेर निस्फिक्री कारोवार चलाइरहेका छन् । प्रहरीले पक्राउ गरेका कारोवारीको बयान तथा अनुसन्धानबाटै यो तथ्य खुल्छ । एकजना पक्राउ परे, त्यही काम अर्कोलाई लगाउने, ओसारपसार गरिदिएबापत निश्चित रकम दिने सुविधामा काम लगाउने गरेको पाइएको छ ।
प्रहरीले बाँकेका विभिन्न ठाउँबाट हरेक दिनजसो लागूऔषधसहित मानिस पक्रन्छ अनि ओसारपसारमा संलग्न रहेको अभियोगमा मुद्दा अघि बढाउँछ । तर, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार त्यसरी पक्राउ पर्नेमध्ये अधिकांश ‘भरिया’ मात्रै हुन्छन्, जसलाई आफूले बोकेर ल्याइदिएको सामान के हो भन्ने सुइँको पनि हुँदैन । यो क्रम लगातार बढ्ने क्रममा छ ।
लागूऔषध नियन्त्रणमा खटिएका प्रहरीका अनुसार कारोवारीहरूले गृहिणीलाई समेत लागूऔषध बोकाएको भेटिएको छ । “सागसब्जी र खाद्यान्न खरिद गर्न भारतीय बजार पुग्ने गृहिणीलाई पनि लागूऔषध बोकाएको पाइएको छ”, प्रदेश नं ५ लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्जका प्रमुख एवं प्रहरी निरीक्षक वीरबहादुर थापाले भन्नुभयो । यसरी उनीहरूले नयाँ–नयाँ उपाय लगाएर कारोवार चलाएका छन् । यसले जालो तोड्न गाह्रो भएको छ ।
प्रहरीले नेपालगञ्जको जमुनाहा नाकाबाट वर्षौँअघिदेखि लगातारजसो मान्छे समातिरहँदा पनि प्रतिबन्धित लागूऔषध नेपाल भित्र्याउने क्रम रोकिएको छैन । मान्छे पक्राउ परिरहने तर कारोवारचाहिँ पटक्कै नघट्ने समस्याले प्रहरी हैरान छ । पछिल्लो समयमा प्रहरीले नियन्त्रणमा लिएका कारोवारीलाई ठूला तस्करले समेत परिचालन गरेको पाइएको छ । तर, केही व्यक्तिमात्रै होइन, नेपालगञ्जमा ठूलै समूह कारोवारमा लागेकाले लागूऔषध कारोवारको जालो तोड्न प्रहरी सफल हुनसकेको छैन ।
जमुनाहा नाकाबाट भित्रिने लागूऔषध पश्चिम नेपालका धेरै सहर हुँदै काठमाडौँसम्मै पुग्ने गरेको छ । लागूऔषधविरुद्धकै क्षेत्रमा लामो समयदेखि काम गरिरहेका अभियानकर्मीहरू पनि बाँके हुँदै अन्यत्र ओसारपसार हुने लागूऔषध र कारोवारी सङ्ख्या धेरै भएको बताउँछन् । “बाँकेमा प्रयोगकर्ता पहिलेभन्दा धेरै घटेका छन्”, अभियानकर्मी अभिराज क्षेत्रीले भन्नुभयो । तर, बाँकेमै धेरै कारोवारी पनि छन् । यसको अर्थ बाँके ‘ट्रान्जिट’ को रूपमा बढी प्रयोग भइरहेको छ ।
उहाँका अनुसार ज्यादै ठूलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको यस्तो कारोवार प्रहरीले दुई–चार प्रयोगकर्ता समात्दैमा भत्काउन कठिन छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पनि कारोवारीभन्दा पनि बढी प्रयोगकर्ता नै समातिरहेको छ । प्रयोगकर्ता समात्ने तर कारोवारीसम्म पुग्न नसक्दा लागूऔषध तस्करीको सञ्जाल बलियो हुँदै गएको हो । लागूऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट बाँके हुने गरेको छ ।
बाँके प्रहरीले केही समयको फरकमा कारोवारीहरू समात्न थालेको लामो समय बितेको छ । तर, कारोवारीको सक्रियता पटक्कै घटेको छैन । यो सङ्गठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारीहरू नै बताउँछन् । नेपाली बजारमा सहजै उपलब्ध नहुने लागूऔषधका लागि प्रयोगकर्ता महँगो मूल्य तिर्न राजी हुने गरेका कारण कारोवारी राम्रो आम्दानीको लोभमा जोखिम मोलेर कारोवार चलाइरहेका छन् ।
नेपालबाट भारत अफिम तस्करी भएर जाने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र प्रदेश नं ५ ब्युरो नेपालगञ्जले दैनिकजसो लागूऔषध नियन्त्रणमा लिइरहेको छ । यसअघि असार पहिलो साता पनि ठूलो परिमाणको अफिम नियन्त्रणमा लिएको थियो ।
बाँके प्रहरीले साढे १८ किलो अफिमसहित चार जनालाई नियन्त्रणमा लिएको थियो । बाँकेको प्रहरी टोलीले जाजरकोट त्रिवेणी नलगाड नगरपालिकाका पृथ्वीबहादुर विक, वीरबहादुर विक, राजेन्द्र विक र पूर्वी रुकुम पुथाउत्तरगङ्गाकी शर्मिला मगरलाई नियन्त्रणमा लिएको थियो । नेपालगञ्जमा पक्राउ परेका उनीहरूले पनि केही रकमको लोभमा अफिम तस्करी गरेको बयान प्रहरीलाई दिए ।
“प्रतिदिन रु. १५ हजार पाउने सर्तमा अफिम नेपालगञ्ज पु¥याउने जिम्मा लिएका थियौँ”, प्रहरी नियन्त्रणमा परेकी शर्मिला मगरले पत्रकार सम्मेलनमै भनेकी थिइन् । प्रहरी निगरानी भए पनि नेपाल–भारत सीमामा लागूऔषधको कारोवार घट्न सकेको छैन । बाँकेमा लागूऔषधको कारोवार बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ । पहाडी जिल्लाबाट अफिम ल्याएर नेपालगञ्ज सीमामार्फत भारत लैजाने गरिएको छ ।
लागूऔषध तस्करीका लागि भरियाको प्रयोग हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । लागूऔषधका कारण पारिवारिक सम्बन्ध र समाज नै भताभुङ्गको अवस्थामा जान लागेको बताउँदै यसलाई नियन्त्रण गर्न सबै संयन्त्र परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो ।
लागूऔषधको कारोवार र ओसारपसार नियन्त्रण गर्न छुट्टै विभाग नै परिचालन गरे पनि प्रहरीले यसमा उल्लेख्य सफलता हात पार्न सकेको छैन । प्रहरी अधिकांश घटनामा प्रयोगकर्ता वा भरियासम्म पुगेको देखिन्छ जबकि, उनीहरूलाई ज्याला दिएर प्रतिबन्धित लागूऔषध नेपाल भित्र्याउन लगाउने गिरोहसम्म प्रहरी पुग्न सकेको छैन ।
प्रहरीले लागूऔषधको कारोवार बढेको भन्दा पनि प्रहरी चनाखो हुँदै जाँदा पक्राउ पर्ने र मुद्दाको सङ्ख्या बढ्दै गएको बताएको छ । नेपालबाट प्रहरीको आँखा छलेर भारत पुग्नेहरू भारतीय प्रहरीको फन्दामा समेत पर्ने गरेका छन् । भारतमा लागूऔषधसहित समातिएका धेरै नेपाली अहिले पनि बहराइच जेलमा सजाय भोगिरहेका छन् । पछिल्लो समय प्रहरीले सीमामा कुकुरको प्रयोग गरेर लागूऔषधको निगरानी गरिरहेको छ । यसले पनि जिल्लामा भएको लागूऔषधसम्बद्ध घटना बढेको देखाउँछ ।
Leave a Reply