‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
– सुशीला रेग्मी
बेझाड, ७ साउन । पाल्पाको रामपुर नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधिमा आधारित उद्योग सञ्चालन गरिएको छ ।
साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ ।
प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको रु. २५ लाख र कामधेनु गाई फार्मको रु. २५ लाखको सहकार्यमा साइलेज उत्पादन सुरु गरिएको हो ।
दुई सय रोपनी जग्गा भाडामा लिएर लगाइएको मकैको घाँसबाट साइलेज बनाउन थालिएको छ । साइलेज पशुलाई खुवाएमा दूध उत्पादनमा वृद्धि हुने र पशुको नस्लसुधार हुने हँुदा यसको उत्पादन सुरु गरिएको सञ्चालक रामप्रसाद पोखरेलले बताउनुभयो ।
“सुख्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने गरेकोले उद्योग खडा गरेरै उत्पादन सुरु गरेका हौँ”, उहाँले भन्नुभयो ।
उत्पादित साइलेज पाल्पालगायत विभिन्न स्थानमा बिक्री गर्ने योजना रहेको कामधेनु गाई फार्मका सञ्चालक बेदप्रसाद बञ्जाडेले बताउनुभयो । “प्रशस्त जग्गा आवश्यक पर्ने भएकोले रामपुरमा नै आएर उद्योग सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो ।
आव २०७५÷७६ मा प्रदेश सरकारले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित उत्तम साइलेज उद्योग, देवदह नगरपालिकामा सञ्चालित शुभारम्भ एकीकृत कृषि फार्म र पाल्पाको कामधेनु गाई फार्मलाई रु. २५÷२५ लाख गरी रु. ७५ लाख अनुदान उपलब्ध गराएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं ५ रुपन्देहीका सूचना अधिकारी डा. भक्त निउरेले बताउनुभयो ।
“पशु आहारका लागि साइलेजको माग बढ्दो छ, उत्पादन कम भएकोले उद्योगको रूपमा उत्पादनलाई विस्तार गर्न अनुदान सहयोग गरेका हौँ”, सूचना अधिकारी निउरेले भन्नुभयो ।
प्रदेश नं ५ का १२ जिल्लामै साना साना मेसिनबाट साइलेज उत्पादन गरिँदै आए पनि ठूलो उद्योगको रूपमा भने रुपन्देही र पाल्पामा मात्र सुरु भएको उहाँको भनाइ छ ।
दैनिक दुई किलो साइलेज पराल र दानापानीमा मिलाएर पशुलाई खुवाउन सकिन्छ । सुख्खा मौसममा हरियो घाँसको अभाव हुने हँुदा साइलेज बनाएर राखियो भने पशु आहाराका लागि उत्तम मानिन्छ । यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
दुई महिनासम्म प्लास्टिकमा भण्डारण गरेर हावा नपस्ने गरी राखिएको साइलेज दुई महिनापछि मात्र पशुलाई खुवाउने गरिन्छ । साइलेजको बजार मूल्य अहिले प्रतिकिलो रु. १२ मा बिक्री भइरहेको छ । घोगा लागेको मकैको बोट साइलेजका लागि उत्तम मानिन्छ भने टियो सेन्टी नामक घाँसबाट पनि साइलेज बनाउन सकिन्छ ।
साइलेज खुवाएको पशुबाट प्रशस्त दूध उत्पादन, पशु वृद्धि, पोषणयुक्त हुने हँुदा पछिल्लो समय साइलेजप्रति कृषकहरूको आकर्षण बढ्दो छ । तर मागअनुसार उत्पादन नहुँदा यसलाई पु¥याउन समस्या परेको छ । आमाको दूध खाँदै गरेका बाच्छाबाच्छी तथा पाठापाठीबाहेक यो भेडा, बाख्रा र गाईभैँसीलाई पनि खुवाउने गरिन्छ ।
रामपुरमा नयाँ प्रविधिको रूपमा साइलेज उत्पादन सुरु भएपछि पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्ने स्थानीयवासी राजेन्द्रप्रसाद लम्सालले बताउनुभयो । कृषिमा भित्रिएको नयाँ प्रविधिले रोजगारी पनि सिर्जना गरेको छ । यस उद्योगमा हाल ४० जनाले रोजगारी पाएको छ भने रु. ८० लाख लगानी भएको बताइएको छ । “यस वर्ष चार हजार मेट्रिक टन साइलेज उत्पादन गर्ने लक्ष्य छ”, सञ्चालक बेदप्रसाद बञ्जाडेले भन्नुभयो । पाल्पालाई मात्रै होइन, हामी नेपालका विभिन्न जिल्लासम्म साइलेज गरिएको घाँस बिक्री गर्ने लक्ष्य छ ।” हाल व्यावसायिक फर्मले गर्ने गरेको घाँस खेती, पराल, दाना चापटमा लाग्ने लागतलाई हटाएर न्यून लागतमा दूध उत्पादन गर्न साइलेजले सघाउने दाबी उहाँको छ । एउटा गाईलाई दैनिक करिब २५ केजी साइलेज आवश्यक पर्छ । उहाँले भन्नुभयो, “किसानलाई दैनिक ५ सय रूपैयाँ खर्च कम हुन्छ, न त घाँस खेती गर्नुप¥यो, न जग्गा भाडामा लिनुप¥यो, न घाँस खेती गर्न कर्मचारी नै चाहियो ।”
साइलेज उत्पादन सुरु गर्न थालेपछि अब यस क्षेत्रमा बाँझिएका जग्गा सदुपयोगमा आउने स्थानीयवासी बुद्धिराज गौतमले बताउनुभयो । यस क्षेत्रमा पहिलोपटक उत्पादन सुरु भएको साइलेज बनाउने प्रविधि अवलोकन गर्न आउनेका कारण यहाँ चहलहपलसमेत बढाएको छ ।
साइलेज भनेको के हो ?
हरियो घाँसलाई खाडलमा खाँदेर अमिल्याई राखिएको (फर्मेन्टेसन) घाँसलाई साइलेज भनिन्छ । यो गुन्द्रुक अथवा सिन्कीजस्तै गरेर बनाइने हुँदा साइलेजलाई गुन्द्रुक घाँस वा सिन्की घास पनि भन्ने गरिन्छ । वर्षायाममा बढी भएको हरियो घाँसलाई हिउँदमा घाँसको कमी भएको बेलामा पशुहरूलाई खुवाई बढी उत्पादन लिन साइलेज बनाइन्छ । हरियो घाँसमा भएको पशुहरूलाई चाहिने पौष्टिक तत्वहरू साइलेजमा पनि लगभग कायमै रहने भएको हुँदा यो हरियो घाँस जत्तिकै रसिलो र पोषिलो हुन्छ ।
साइलेज बनाउने उपयुक्त घाँसहरू
साइलेज वर्षायाममा प्रशस्त हुने मकै, ज्वार, टियोसेन्टी, बोडी, नेपियर आदि तथा स्थानीय कुनै पनि घाँसबाट बनाउन सकिने भए तापनि प्रोटीनभन्दा कार्बोहाइड्रेट बढी पाइने घाँसहरूबाट साइलेज बनाउन उपयुक्त हुन्छ ।
असल साइलेजमा हुनुपर्ने गुण
राम्रो खालको साइलेज ढुसी नपरेको मीठो अमिलो वासना आउने हुनुपर्छ । राम्रो खालको साइलेजको रङ्ग हरियो पहेँलो मिसिएको हुन्छ । यसमा अम्लियपन ३ दशमलव ८ देखि ५ प्रतिशतसम्म भएको साइलेजलाई राम्रो मानिन्छ ।
साइलेज बनाउँदा उत्पादन हुने विभिन्न अम्लहरूमा ल्याक्टीक अम्लको तुलनामा अन्य अम्लको उत्पादन ज्यादै कम हुनुपर्दछ । अन्य अम्लहरू एसिटिक, प्रोपियोनिक र ब्युटाइरिक एसिड हुन्छन् । व्युटाइरिक एसिड बढी हुनुहुँदैन, यसले नराम्रो बासना उत्पादन गर्दछ । साइलेज भिजेमा यस्तो अम्ल उत्पादन हुन्छ ।
साइलेजका लागि घाँस काट्ने उपयुक्त समय
साइलेज बनाउनका लागि घाँस उपयुक्त समयमा काट्नुपर्दछ । यदि घाँसलाई उपयुक्त समयमा काटिएन भने साइलेजको उत्पादन तथा गुणस्तरमा फरक पर्न जान्छ । वर्षायाम तथा हिउँदमा प्रशस्त मात्रामा उत्पादन हुने घाँसहरूको साइलेज बनाउनका लागि काट्ने उपयुक्त समय मकै, जै, ज्वारमा गेडामा दूध पसेको बेला र टियोसेन्टीमा ५० प्रतिशत बोटमा फूल फुलिसकेपछि र स्थानीय घाँसहरूलाई फूल फल्ने बेलामा काट्न उपयुक्त हुन्छ ।
Leave a Reply