भर्खरै :

नेकपाको कारण कम्युनिस्ट पार्टीको बदनाम

–गौरव प्रधान
कुनै पनि कम्युनिस्ट पार्टीले कम्युनिस्टको सिद्धान्त, विचार र मार्गनिर्देशको कुरा गर्न कुनै नेताको जन्मोत्सव, पार्टीको स्थापना कुरेर बस्नुपर्दैन । कम्युनिस्ट पार्टीले आफ्नो लक्ष्य पूरा गर्न सरकार बाहिर होस् या सरकारभित्र जहाँ रहे पनि सिद्धान्त र विचारअनुसार काम गर्नुपर्छ, सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउनुपर्छ । कम्युनिस्ट पार्टी भन्ने तर झाराटार्ने ढङ्गले कहिलेकाहीं कम्युनिस्टको सिद्धान्त र विचारको कुरा गरेर कम्युनिष्ट पार्टी बलियो हुँदैन, कम्युनिस्ट आन्दोलन अघि बढ्दैन । देशको नेतृत्व झन्डै दुईतिहाइ मत प्राप्त कम्युनिस्ट पार्टीले गरिरहेको छ । दुईतिहाइ मत भनेको ठूलो शक्ति हो । सरकारमा सामेल दलबाहेक अन्य कम्युनिस्ट पार्टीको पनि ठूलो शक्ति रहेको छ । सत्तारुढ दल र अन्य कम्युनिस्ट पार्टी सबै साँच्चै कम्युनिस्ट पार्टी भइदिएको भए कम्युनिस्ट आन्दोलन अघि बढाउन सकिन्छ । सबै दलका नेता तथा कार्यकर्ता कम्युनिस्ट सिद्धान्त र विचारप्रति समर्पित भई अघि बढेका भए, जनताको घर आँगनमा पुगेका भए साँच्चै कम्युनिस्ट पार्टी बलियो र शक्तिशाली हुन्छ र सिद्धान्त र विचारअनुसार अघि बढ्न सकिन्छ । तर, त्यसमध्ये कति दलहरू कम्युनिस्ट बनेनन्  ।
यतिबेला सत्तारुढ नेकपा नेताहरूले कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा कम्युनिस्टको विचार र सिद्धान्तको वकालत गरे, कम्युनिस्ट हुन पद, पैसा र शक्तिबाट मुक्त हुनुपर्ने कुरा उठाए राष्ट्रिय स्वाधिनताको रक्षा गरेर एकाधिकार दलाल पुँजीवाद अन्त्य गर्नुपर्ने बताए र विदेशी मुलुकबाट आयात भइरहेसम्म या परनिर्भर भइरहेसम्म देशमा समाजवाद स्थापना नहुने औँल्याए । यस्ता कुरा वर्षको एकचोटि उठाएर जनता सुसूचित हुने छैन, सङ्गठित हुने छैन । नेकपाको झन्डै दुईतिहाइ मत भए पनि कम्युनिस्ट सिद्धान्त र विचारप्रति समर्पित नभएकै कारण पुँजीवादी राजनीतिले ठाउँ पाइरहेको हो, पुँजीपति वर्गको पक्ष वा सेवामा सरकार लागिपरेको हो ।
सरकारले शोषित पीडित जनता या बहुमतको पक्षमा राजनीति गरिरहेको छ भने त्यस्तो सरकारलाई फाल्न या सरकारको विरोध गर्न देशी विदेशी शक्ति लागिरह्यो भनेर सत्तारुढ दलका नेताहरूले चिन्ता गर्नुपर्ने होइन । मल र पेट्रोलियम पदार्थको अभाव बनाउन प्रतिक्रियावादी शक्ति लागिपरेको दुखेसो पोख्नुपर्ने होइन । सत्तासीन दलका नेताहरूले भनेझँै कुनै पनि कम्युनिस्ट पार्टीले कुनै नेतालाई सिध्याएर देशमा क्रान्ति आउने सोचेका छैनन् । व्यक्तिलाई सिध्याएर परिवर्तन आउने गलत चिन्तन त पहिले मालेले गरेको थियो । कम्युनिस्ट पार्टीले कम्तीमा जनताको आधारभूत आवश्यकता पूरा गर्नुपथ्र्याे, जनताका आवश्यकता सर्वसुलभ हुनुपथ्र्याे । तर, त्यो भइरहेको छैन । त्यस्तो कुनै काम भइरहेको छैन भने नेपालीले नेपालमा कम्युनिस्ट पार्टीको सरकार छ भनेर कसरी गर्व गर्ने ? बरु कम्युनिस्ट नाउँको सरकारको कारण सच्चा कम्युनिस्ट पार्टी र कम्युनिस्टहरूको बदनाम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *