तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १० साउन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले शुक्रबारदेखि भक्तपुर नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई रातो र निलो रङ परिचय–पत्र वितरण सुरू गरेको छ ।
भक्तपुर नगरपालिकाले शुक्रबार आयोजना गरेको परिचयपत्र वितरण कार्यक्रममा बोल्दै भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई समान ढङ्गले हेर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले नगरपालिकाभित्रका सरकारी सङ्घ–संस्था, पोखरी र पार्कहरुलाई अपाङ्गमैत्री बनाउने उद्देश्यले काम गरिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले जन्म, वंश र दुर्घटनाका कारण भएका अपाङ्गहरुले आफूमा भएका क्षमतालाई फरक ढङ्गले प्रस्तुत गरी समाजको निम्ति उदाहरणको रुपमा काम गर्न हौसला प्रदान गर्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवम् अपाङ्गता परिचय पत्र वितरणसम्बन्धी अस्थायी समन्वय समितिका संयोजक रजनी जोशीले भक्तपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको वृत्ति विकासको लागि रू. १५ लाख बजेट विनियोजन गरेको जानकारी गराउनुभयो ।
“भक्तपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि निःशुल्क स्वास्थ्य जाँच, आर्थिक सहुलियत, अपाङ्गता भएका व्यक्तिहरुको लागि आवश्यक सहायक सामग्रीको लागि बजेट व्यवस्थापन तथा ब्रेल लिपि पाठ्यपुस्तक उपलब्धता, घुम्ती शिविर सञ्चालनलगायतका कार्यहरु गरिरहेको छ । शारीरिकरूपमा अशक्त व्यक्तिहरुको लागि नेपाल सरकारले छुट्याएको बजेट अपुग छ”, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले राज्यले अपाङ्गता भएका व्यक्तिहरुको समस्या पहिचान गरी उनीहरुलाई क्रियाशील बनाइराख्ने कार्यक्रमहरु ल्याउनु आवश्यक भएको बताउनुभयो ।
महानगरीय प्रहरी भक्तपुरका डीएसपी रेवतीरमण रेग्मीले अपाङ्गता भएका व्यक्तिहरुलाई सामान्य व्यक्तिलाई जस्तै व्यवहार गर्नुपर्ने र नागरिकले पाउनुपर्ने सुविधाहरु पाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र कार्यपालिका सदस्य रोशनमैया सुवालले पनि बोल्नुभएको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले पूर्ण अशक्त (रातो कार्ड) ६० जनालाई र अति अशक्त (निलो) कार्ड १४५ जना गरी २०५ जनालाई परिचय पत्र वितरण गर्नुभयो । पहेँलो (मध्यम अपाङ्ग) र (सेतो) सामान्य अपाङ्ग भएकाहरुलाई वडा कार्यालयबाट नै परिचत्रपत्र वितरण गरिने छ ।
Leave a Reply