नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
अनुभव सेकेई
मार्चमा कक्रोझर जिल्लाको गोसाईगाउँ नगरमा नागरिकताबारे सार्वजनिक सुनुवाइ सुन्दा शङ्कर राईलाई केही‘खेलीमेली’ भएको महसुस भयो । आसाममा जालझेललाई स्थानीय भाषामा‘खेलीमेली’ भन्छन् ।
राई गुवाहाती सहरका कार मेकानिक हुन् । गएको जुलाईमा सार्वजनिक भएको आसामको राष्ट्रिय नागरिकता दर्तामा शङ्करको नाम पनि समावेश गरिएको थियो ।
नागरिकता दर्ता नामावलीमा आफ्नो नाम समावेश गर्न आसाममा बसोबास गर्दै आएका मानिसले सन् १९७१ को मार्च २४ को मध्यरातदेखि आफ्नो पुर्खा आसाममा बस्दै आएको प्रमाणित गर्ने कागजात पेश गर्नुपर्छ । शङ्कर राईले आफ्नी आमा सुकुरी वाली राईको नामको आधारमा सन् १९६६ मा पहिलो पटक मतदाता नामावलीमा आफ्नो नाम समावेश गरेका थिए । आफ्नी आमासँगको आफ्नो सम्बन्ध पुष्टि गर्न शङ्करले आफ्नो प्यान कार्ड पेश गरे । साथै सन् २०१२ मा अखिल आसाम पिछडा वर्ग सङ्गठनले जारी गरेको परिचय पत्र पनि पेश गरे ।
४३ वर्षका शङ्कर कोच–राजवंशी समुदायका हुन् । आसाममा बस्दै आएको निकै पुरानो समुदाय हो । ते¥हौँ शताब्दीमा झन्डै सात सय वर्ष कोच–राजवंशी समुदायले कमतपुर राज्यमा शासन गरेको थियो । कमतपुर राज्यअन्तर्गत आजको बङ्गलादेश, पश्चिम बङ्गाल, बिहार र उत्तर पूर्वी भारत पथ्र्यो । आजभोलि कोच–राजवंशी समुदाय भारतको आसाम, मेगालय, पश्चिम बङ्गालको उत्तरी भाग र बिहारमा छरिएर बसोबास गर्दै आएका छन् । कोच–राजवंशाली समुदायका मानिसहरू भारतबाहेक बङ्गलादेश, भुटान र नेपालसम्म छरिएर बस्दै आएका छन् ।
विमुखीकरणतिर
नागरिकतासम्बन्धी सार्वजनिक सुनुवाइमा शङ्करले आफ्नी आमाको विरासत अर्कै परिवारले दाबी गरेको सुनाए । नागरिकतासम्बन्धी सरकारी अधिकारीहरूले शङ्करको प्यान कार्डमा उनको पिताको नाम र पिछडा सङ्गठनको कार्डमा उल्लेख भएको पिताको नाम एउटै नभएको बताए ।
“हामीले पढ्न लेख्न जानेका छैनौँ । हाम्रो प्यान कार्डमा गल्ती भएको कुरा हामीलाई आजसम्म थाहा थिएन”, शङ्करले दुःख बिसाए । “मैले सरकारी अधिकारीहरूलाई गल्ती सच्याउन कम्तीमा दुई दिन समय दिन आग्रह गरेँ । तर, उनीहरू मलाई एक शब्द पनि बोल्न दिइरहेका छैनन् । उल्टै मलाई गाली गरे र मलाई जबरजस्ती एउटा कागजको टुक्रामा हस्ताक्षर गर्न लगाए ।”
जूनको २६ तारिखमा शङ्कर राईलाई अर्को कागज ठम्याइयो । त्यसमा नागरिकता दर्ताको नामावलीमा उनको नाम भूलवश समावेश भएको बताइयो ।
‘माता पिताको नामको आधारमा मिलेन’, सरकारी कार्यालयले दिएको सूचनामा उल्लेख छ ।
उनीहरूले सुकुरी वाली राई शङ्कर राईकी आमा नभएको निष्कर्ष निकाल्यो । यस्तो सूचनाले शङ्करसँगै उनका २४ र २२ वर्षका दुई सन्तान पनि तीनछक्क परे ।
चकित परिवार
अचानक नागरिकता दर्ताको नामावलीबाट निष्काशित गरिएपछि राईको परिवार चकित परेको छ । “अब हामीले उनीहरूलाई यो भूमिको बासिन्दा भएको प्रमाणित गर्न कागत देखाउनुपर्ने भयो”, अनुहारमा बाक्लो निराशा बोकेर शङ्करले दुःख पोखे ।
शङ्करकी श्रीमती सुभद्रा राईले यस्तो परिस्थितिमा जस्तो पराजित जीवनमा कहिल्यै महसुस नभएको बताइन् । “म यति निरीह छु, कुनै दिन म आफूले आफैंलाई मारिदिऊँ जस्तो लाग्छ”, भक्कानिंदै सुभद्राले भनिन् ।
“के म आजको दिन हेर्न जन्मेकी हुँ ? यति नागरिकता नपाए मेरा बालबच्चाको त जीवन बर्बाद हुन्छ ।”
भौतारिंदै
जुलाई ५ मा शङ्कर र उनका सन्तानले नागरिकता कार्यालयमा आफ्नो नाममा समावेश हुनुपर्ने दाबी गर्दै निवेदन दिए । उनीहरूले शङ्करको प्यान कार्डमा उल्लेखित पिताको नामको गल्ती सरकारी अधिकारीहरूकै गल्ती भएको निवेदनमा उल्लेख गरेका छन् ।
शङ्करले राजस्व विभागमा पनि आफ्नो कार्डमा गल्ती भएकोले सच्याउन आग्रह गर्दै निवेदन दिएका छन् । “त्यसको लागि केही समय लाग्ने बताइयो । अब के गर्ने हो मलाई थाहा छैन । कागजात मिलाउन यताउता भौंतारिनु कि आफ्नो परिवारको पेट पाल्न कमाउनतिर लागौँ !”
कोच–राजवंशी समुदायका अगुवा सञ्जय राईले शङ्करको मुद्दा एउटा उदाहरणमात्र भएको बताए । यस्ता धेरै पीडित भएको उनको भनाइ छ ।
“हामी यहाँ शताब्दियौंदेखि यही ठाउँमा बसोबास गर्दै आएका छौँ । के हामीसँग एकाध कागजात नभएकै कारण हाम्रो अस्तित्व नै नामेट गर्न मिल्छ ?” सञ्जयले भने ।
स्क्रोल डट कम
नेपाली अनुवादः आशिष
Leave a Reply