भर्खरै :

विश्वविद्यालय बनाउन सत्तासीनको बलमिचाइ

 
काठमाडाँै, १२ साउन ।
विश्वविद्यालय कुनै राजनीतिक दलको हुने गर्दैन । वास्तवमा विश्वविद्यालयले कुनै एउटा राजनीतिक दलको कुरा त पर छोडौँ, देशको सिमानासमेत नाघेर समग्र मानव जातिको हितको लागि नवीनतम ज्ञान र चिन्तनको विकास गर्दछ । संसारको कुनै पनि विश्वविद्यालयले उत्पादन गरेको ज्ञान त्यो विश्वविद्यालयको चौघेरा र देशकै सिमानाभन्दा माथि उठेर संसारकै सेवा गर्ने गर्छ ।
नेपालका शासक वर्गले भने विश्वविद्यालयजस्तो ज्ञान आविष्कारको केन्द्रलाई समेत सङ्कीर्ण तरिकाले लिने गरेका छन् । उनीहरूले कुनै पनि विश्वविद्यालयलाई आफ्नो दलीय र अझ गुटगत फाइदाको मापनमा मात्र नापतौल गरेको देखियो । शिक्षा क्षेत्रमा देशकै उदाहरण बनेको भक्तपुरका जनताले आफ्ना शैक्षिक उपलब्धिलाई अझ उचाइमा पुगेर विश्वविद्यालय स्थापना गरी संस्थागत गर्ने प्रस्ताव राख्दै आएका छन् । विश्वविद्यालयको लागि आवश्यक पूर्वाधारसमेतको विकास गर्दै गएको ख्वप विश्वविद्यालय स्थापनाको लागि विधेयक प्रक्रियामा राखेको धेरै समय बितिसकेको छ । सरकारमा गएको राजनीतिक दलका नेताहरूको पूर्वाग्रहवस ख्वप विश्वविद्यालयको विधेयक मन्त्रालयको टेबुलमा आजसम्म थन्काइएको छ ।

नेपालका शासक वर्गले भने विश्वविद्यालयजस्तो ज्ञान आविष्कारको केन्द्रलाई समेत सङ्कीर्ण तरिकाले लिने गरेका छन् । उनीहरूले कुनै पनि विश्वविद्यालयलाई आफ्नो दलीय र अझ गुटगत फाइदाको मापनमा मात्र नापतौल गरेको देखियो । शिक्षा क्षेत्रमा देशकै उदाहरण बनेको भक्तपुरका जनताले आफ्ना शैक्षिक उपलब्धिलाई अझ उचाइमा पुगेर विश्वविद्यालय स्थापना गरी संस्थागत गर्ने प्रस्ताव राख्दै आएका छन् ।

पूर्वाधारको हिसाबमा हालसम्म कुनै पनि पूर्वाधार बनिनसकेको मदन भण्डारी प्राविधिक विश्वविद्यालयको विधेयक सरकारले सङ्घीय संसदको सचिवालयमा आइतबार दर्ता ग¥यो । एमाले नेता मदन भण्डारीको नाममा राखिएको सो विश्वविद्यालयको लागि प्रस्तावित विधेयकमा राखिएको संरक्षण समितिमा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष वा निजले तोकेको दुई जना सदस्य रहने प्रावधान राखिएको छ । प्रस्टतः मदन भण्डारी फाउन्डेसन पूर्वएमालेको वर्गीय स·ठनजस्तै हो । अर्को शब्दमा भन्दा सो विश्वविद्यालय कुनै एउटा दल विशेषको प्रभुत्व हुने तरिकाले विधेयक प्रस्तुत गरिएको छ । विश्वविद्यालयको नाम प्राविधिक विश्वविद्यालय राखे पनि सो विश्वविद्यालयमा मानविकी, समाजशास्त्र, व्यवस्थापन, कानुनलगायतका विषय पढाइने विधेयकमा उल्लेख छ । यसप्रकार सत्तासीन दलले विनापूर्वाधार र पूर्वतयारीको सो विश्वविद्यालयलाई सदनबाट पारित गर्न खोजिरहेको छ । यसअघि पूर्वको कुनै जिल्लामा राख्ने तयारीमा रहेको सो विश्वविद्यालय हाल मकवानपुर जिल्लामा राख्ने प्रस्ताव गरिएको छ । कुन स्थानमा राख्नेसमेत यकिन नभएको विश्वविद्यालयलाई सत्ताको आडमा स्थापना गर्नु सत्ताको दुरूपयोग हो ।
निःसन्देह विश्वविद्यालयको स्थापना सकारात्मक कुरा हो । तर, आफ्नो वशमा हुने विश्वविद्यालयलाई बल मिचेर बनाउने अनि कुनै विश्वविद्यालयको प्रस्तावलाई पूर्वाग्रहवस बन्न नदिने अवस्थाले गलत नजिर बन्दै जानेछ ।
मदन भण्डारी विश्वविद्यालयलगायत पूर्वाधार पुगेका र स्पष्ट योजना बोकेका विश्वविद्यालयका विधेयक सदनमा लगिनुपर्छ । विनापूर्वाग्रह र सङ्कीर्णता सरकारले देशको शैक्षिक विकासमा योगदान गर्नसक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *