भर्खरै :

वीर अस्पतालको १३० वर्ष

 
देशकै सबभन्दा जेठो वीर अस्पतालले आइतबार १३० औँ वार्षिकोत्सव मनायो । सो क्रममा आयोजित समारोहमा अस्पताल व्यवस्थापनले गत वर्षमा मात्रै अस्पतालले ४ लाख २३ हजार बिरामीलाई बहिरङ्गसेवा, ४४ हजार ५ सयलाई आकस्मिक, १३ हजारलाई अन्तरङ्ग र करिब सात हजार बिरामीको विभिन्न शल्यक्रिया गरेको जानकारी दियो । कार्यक्रममा वीर अस्पतालमा बेड अपुग भएको पनि बताइयो । काठमाडौँ उपत्यकाको जनसङ्ख्या १० लाख हुँदा बनाइएको पूर्वाधार अहिले चालीस लाख नाघ्दा अपुग हुनु स्वाभाविक हो ।
त्यसो त वीर अस्पताल परिसर जाने जोकोहीलाई त्यहाँको समस्या बेडको अभावमात्र भएजस्तो रको फोहोर वातावरणसम्म, चिकित्सक र स्वास्थ्यकर्मीको बेवास्तादेखि सेवा–सुविधाको लागि नातावाद–क्रिपावाद र राजनीतिक प्रभावजस्ता अनेकन समस्यामा वीर अस्पताल फसेको छ । हजारौँ समस्याबीच वीर अस्पतालले विपन्न र न्यून आयका नेपाली जनताको झण्डै साढे एक शताब्दी निरन्तर सेवा गर्दै आएको छ ।
सरकारले वीर अस्पतालाई समयानुकूल बनाउन नसक्दा लामो समयदेखि जनताको सेवा गरेर पनि त्यसको साख गुमेको छ । समयसँगै स्वास्थ्य प्रविधि र अस्पताल प्रशासन ढाँचामा पनि धेरै थरी विकास भइसकेको छ । तर, वीरलगायत नेपालका सरकारी अस्पतालले भने ती विकसित प्रविधि र प्रशासन ढाँचालाई अद्यापि अ·ाल्न सकेका छैनन् । अर्को शब्दमा भन्दा एकसय तीस वर्षको इतिहास बोकेको वीरको प्रगति यात्रा निकै धिमा रह्यो । बितेका एक सय तीस वर्षमा नेपाली समाजले पनि अनेकन कोल्टे फेरिसकेको छ । राणाकालीन समयमा बनेको वीर अस्पताल यसबीच नेपालमा भएका ठूलठूला राजनीति परिवर्तनको साक्षी बन्यो । तर, आफैमा भने धेरै ठूलो प्रगति गर्न सकेको छैन ।
वीर अस्पतालको सेवा विस्तार गर्ने सोचले भक्तपुरको दुवाकोटमा नयाँ भवन बनाउन अध्ययन गरिएको थियो । विडम्बना भौगर्भिक ढाँचाले सो स्थानमा अस्पताल भवन बनाउन नसकिने अस्पताल बनाउन सहयोगको हात बढाएको छिमेकी देश चीनले जनाएको छ । तर, वीरको सेवा विस्तार गर्ने योजना भने रोकिनु हुन्न । उपयुक्त अर्को स्थानको खोजी गरी वीरको सेवा विस्तार गरिनुपर्छ । हाल वीर अस्पताल सञ्चालनमा रहेको परिसरलाई पनि समयानुकूल परिमार्जन गरी अघि बढाइनुपर्छ । वीरअन्तर्गत विभिन्न सेवा विकेन्द्रीकृतरूपमा सञ्चालन गरिनुपर्छ ।

सरकारले वीर अस्पतालाई समयानुकूल बनाउन नसक्दा लामो समयदेखि जनताको सेवा गरेर पनि त्यसको साख गुमेको छ । समयसँगै स्वास्थ्य प्रविधि र अस्पताल प्रशासन ढाँचामा पनि धेरै थरी विकास भइसकेको छ । तर, वीरलगायत नेपालका सरकारी अस्पतालले भने ती विकसित प्रविधि र प्रशासन ढाँचालाई अद्यापि अ·ाल्न सकेका छैनन् । अर्को शब्दमा भन्दा एकसय तीस वर्षको इतिहास बोकेको वीरको प्रगति यात्रा निकै धिमा रह्यो । बितेका एक सय तीस वर्षमा नेपाली समाजले पनि अनेकन कोल्टे फेरिसकेको छ । राणाकालीन समयमा बनेको वीर अस्पताल यसबीच नेपालमा भएका ठूलठूला राजनीति परिवर्तनको साक्षी बन्यो ।

सरकारले वीरलगायत सरकारी अस्पतालको स्तरवृद्धि गरी जनताको विश्वास जित्न सक्नुपर्छ । सरकारी अस्पतालको सेवा सुविधा राम्रो हुन्न भन्ने जनताको बुझाइ बदल्न सरकारी अस्पतालको सेवा स्तरवृद्धिमा जोड दिन आवश्यक छ । उही चिकित्सकले निजी अस्पतालमा दिने सेवा स्तरीय हुने अनि सरकारी अस्पतालमा दिने सुविधा अपत्यारिलो हुने पुँजीवादी व्यवस्थाको दोषबाट मुक्त बनाउने जिम्मेवारी अहिलेको समाजवादी दाबी गर्ने सरकारको हो ।
वीर अस्पतालका विकृतिको जग राजनीतिक समस्या हुन् । शासक दलले वीर अस्पताललाई भर्तीकेन्द्र बनाउँदा अनेकन समस्या झाङ्गिएका हुन् । ती समस्या समाधानको सही बाटो शासक दलहरूलाई अस्पताललाई भागवण्डाको थलो बनाउन नदिनु नै हो । शासक दलीय भागवण्डाकै कारण देशको शिक्षा क्षेत्र कमजोर बन्यो । सरकारी अस्पतालको लथालिङ्गअवस्थाको मूल जरा पनि शासक दलबीच वृहत्तर सोचको अभाव हो । वीर अस्पताललाई १३० वर्षको परिपक्व, अनुभवी र समयानुकूल बनाउन शासक दलहरूले साँघुरो सोचाईबाट मुक्त हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *