ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
काठमाण्डौ, १४ साउन । नेपाल मजदुर किसान पार्टी बर्दिया जिल्ला समिति अध्यक्ष हरिलाल न्यौपानेलाई पत्नीशोक भएको छ । साउन ९ गते बर्दियाको बाँसगढी नगरपालिका बाँसगढी बजारमा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका न्यौपानेकी श्रीमती गौरी न्यौपानेको मङ्गलबार बिहान काठमाण्डौस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो । बाँसगढी बजारबाट साउन ९ गते दिउँसो २ः०० बजे साइकलमा घर तिर आउँदै गर्दा ना ५ ख २५६० नम्बरको हायस गाडीले ठक्कर दिंदा न्यौपाने घाइते हुनुभएको थियो ।
उहाँलाई तत्कालै कोहलपुर मेडिकल कलेज(अस्पताल) मा पु¥याई उपचार गरिएको थियो । उपचारकै शिलशिलामा साउन १३ गते उहाँलाई काठमाण्डौ ल्याइएको थियो ।
मृतक गौरी न्यौपानेको मङ्गलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न नेमकिपा केन्द्रीय सचिव प्रेम सुवाल, केन्द्रीय सदस्य सरोजराज गोसाई, राजवीर डंगोललगायत नेता कार्यकर्ता पशुपति आर्यघाट पुग्नुभएको थियो । २०१४ साल असार २९ गते जुम्लाको देवलगाउँमा जन्मिनुभएका गौरी न्यौपाने नेमकिपाका कार्यकर्ताहरूलाई पार्टी गतिविधिमा सहयोगी हुनुहुन्थ्यो । श्रीमान हरिलाल न्यौपाने पार्टी गतिविधिमा सक्रिय हुँदा उहाँले घर व्यवहार सम्हाल्ने र घरमा आएका कार्यकर्तालाई सहयोग गर्नुहुन्थ्यो ।
उहाँका दुई छोरा र चार छोरीहरू हुनुहुन्छ ।
Leave a Reply