मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
काठमाडौँ, १४ साउन । “सरकारमा गएका पार्टी र तिनका नेताहरूले नेपाल प्रहरी र प्रदेश प्रहरी दुरुपयोग गरी आफ्नो अनुकूल कसैलाई थुन्न लगाउने र छोडाउने गर्न नपाउने प्रावधान राख्नु आवश्यक छ ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सञ्चालन विधेयक २०७५ को दफावार छलफलमा मङ्गलबार उक्त भनाइ राख्नुभएको हो ।
सरकारमा गएका पार्टीहरूले प्रहरीमार्फत कसैलाई समात्न लगाउने र कसैलाई छोडाउने काम गर्न नपाउने प्रावधान स्पष्टसँग विधेयकमा उल्लेख गर्नुपर्ने चर्चा गर्दै सांसद सुवालले बालुवाटारलगायत सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र गरिदिने, वाडइबडी फोरजी र एनसेलमा अर्बाैँ रुपैयाँ भ्रष्टाचार गर्ने, ३८ क्विन्टल सुन तस्करमा संलग्नहरूलाई संविधान संशोधन गरी मृत्युदण्डको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले थप्नुभयो, “ एमाले, माओवादीको वर्तमान नेकपा सरकारमा अपराधका घटनाहरू बढ्दो छ । परिचालन पेश्की लिएर काम नगर्ने ठेकेदारहरू पनि सरकारकै संरक्षणमा छन् ।
“निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई सरकारले एक वर्षसम्म पनि सार्वजनिक गरेको छैन ।
गृहमन्त्रीले एक वर्षअगाडि संसद्मै अपराधीलाई पक्राउ गरी मुद्दा चलाउने बताएका थिए तर कार्यान्वयन भएन ।” सांसद सुवालले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाको उपस्थिति भए पनि उल्लेखित विषयमा कुनै स्पष्टीकरण दिनुभएन । अर्काे बैठकमा जवाफ दिन लगाउने बताइयो ।
Leave a Reply