जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
जेसिका डोस सान्तोस (Jessica Dos Santos)
यस वर्ष जुलाई २८ का दिन कमान्डर ह्युगो चाभेजको ६५ औँ जन्म दिवस हो । ह्युगो चाभेजको जन्म जुलाई २८, १९५४ मा भएको थियो । तर, विश्व विख्यात साहित्यकार एवम् दार्शनिक गाब्रियल गार्सिया मार्खेज भन्नुहुन्थ्यो, “मानिसहरू आफ्ना आमाले जन्माएको राम्रो दिनका दिनमात्र जन्मने होइनन् बरु मानिसलाई जीवन र परिस्थितिले पटक – पटक पुनर्जन्म लिन बाध्य पार्छन् ।”
त्यसरी नै कमान्डर ह्युगो चाभेजले प्राकृतिक जन्मपछि पटक–पटक पुनर्जन्म लिनुभयो । समयको आवश्यकता र राष्ट्रिय परिस्थितिले उहाँको पुनर्जन्म वा पुनः आविष्कारको माग गरेका थिए । त्यसैकारण हामी चाभेजलाई एक राजनीतिज्ञ, एक दार्शनिक, एक इतिहासकार, एक अर्थशास्त्री, एक सैनिक र एक धार्मिक व्यक्तिका रूपमा तथा अरू कयाँ भूमिकामा पाउछाँ । यी सबै जीवनमा उहाँको सभ्य र सुसंस्कृत व्यक्तित्व हामी पाउँछाँ ।
कमान्डर चाभेजले जून १९९८ को निर्वाचन अभियानका क्रममा पहिलोपटक संस्कृतिका बारेमा चर्चा गर्नुहुँदै भन्नुभएको थियो, “बालबालिकाहरू जब विद्यालय पुग्छन्, तिनीहरूले यस्तो विश्वसनीय सन्देश पाउनुपर्छ कि विद्यालयमा तिनीहरूको व्यक्तित्व र चाहनाको दमन हुँदैन बरु तिनीहरूलाई बढावा दिइनेछ । हामीले बालबालिकालाई स्वतन्त्रता दिएर, स्वाभिमान सिकाएर र संस्कृति तथा शिक्षाको माध्यमले तयार गर्नुपर्छ । हाम्रो शिक्षा क्षेत्र हाम्रो संस्कृति क्षेत्र त्यस्तो क्षेत्र हो जहाँ शीघ्रभन्दा शीघ्र परिवर्तन ल्याउन जरुरी छ । हामीले सडक बालबालिका उत्पन्न हुने क्रमलाई रोक्नुपर्छ । हामी बालबालिकाहरूलाई सडकमा छाड्न सक्दैनाँ । बालबालिकाहरू विद्यालयमा हुनुपर्छ, तिनीहरूले चङ्गा उडाउन पाउनुपर्छ, फूटबल खेल्न पाउनुपर्छ र अरू पनि धेरै सिर्जनात्मक क्रियाकलाप गर्न र खुशी रहन पाउनुपर्दछ ।”
जब मैले उहाँको यो भाषण हाम्रो पुरानो बैठक कोठाको पुरानो टिभी सेटमा सुनेकी थिएँ, ममात्र ९ वर्षकी विद्यार्थी थिएँ । त्यतिबेला हाम्रै घरको वरपर र काराकासभरिका सडक पेटीमा हजाराँ हजार केटाकेटीहरू सुत्ने गर्थे । आज सडकमा सुत्ने केटाकेटी हामी दुर्घटनावशमात्र देख्ने गर्छौं होला । पत्याउन मुस्किल छ, ती मानिस (चाभेज) र उहाँका मानिसहरूले आफूले वाचा गरेका कुरा पूरा गरेर देखाउनुभएको छ ।
आफू निर्वाचित भएको एक महिनाभित्रै चाभेज सरकारले सडकलाई सडक बालबालिकामुक्त बनाउन सफल भएको थियो । त्यसका लागि ती बालबालिकालाई कुनै खालको ‘बाल सुधार गृह’ वा कुनै बालश्रम शोषण गर्ने सञ्जाललाई सुम्पेको भने थिएन । तीमध्ये धेरै बालबालिकालाई तिनका आमा वा बुबा वा परिवारसित पुनर्मिलन गराइएको थियो भने बाँकी बालबालिकालाई समग्र सामाजिक हेरचाहको अवधारणाअनुसार समुदायले रेखदेख गर्ने बाल गृहहरूमा हुर्काइएको थियो ।
त्यस्तै अरू पनि कोशेढुङ्गा राख्ने कामहरू भए । चाभेज सरकारभन्दा अगाडि प्रतिवर्ष ५ हजार नयाँ मानिसहरूले मात्र लेखपढ गर्न सिकिरहेका थिए भने पछि त्यो सङ्ख्या प्रतिवर्ष १ लाख ३७ हजार पुग्यो । चाभेज सरकार आएको ७–८ वर्षपछि नै संयुक्त राष्ट्र सङ्घीय शिक्षा, विज्ञान तथा संस्कृति सङ्गठन–युनेस्कोले भेनेजुयलालाई असाक्षरमुक्त देश घोषणा ग¥यो । त्यसबीचमा १७ लाख प्रौढहरूलाई समेत साक्षर बनाइसकिएको थियो ।
आफू निर्वाचित भएको एक महिनाभित्रै चाभेज सरकारले सडकलाई सडक बालबालिकामुक्त बनाउन सफल भएको थियो । त्यसका लागि ती बालबालिकालाई कुनै खालको ‘बाल सुधार गृह’ वा कुनै बालश्रम शोषण गर्ने सञ्जाललाई सुम्पेको भने थिएन । तीमध्ये धेरै बालबालिकालाई तिनका आमा वा बुबा वा परिवारसित पुनर्मिलन गराइएको थियो भने बाँकी बालबालिकालाई समग्र सामाजिक हेरचाहको अवधारणाअनुसार समुदायले रेखदेख गर्ने बाल गृहहरूमा हुर्काइएको थियो ।
“हामीलाई छलिएको, ढाँटिएको इतिहासको सत्य खुलासा गर्न हामी कहिल्यै पनि थाक्नेछैनाँ । हामी हाम्रा आउँदा पुस्तालाई पनि हामीलाई जस्तै मूर्ख बनाउन दिन सक्दैनाँ । र, त्यसैका लागि पढ्नु र लेख्नु अति आवश्यक छ । शिक्षाले सूचनाको पहुँचमा गुणात्मक वुद्धि हुने गर्छ ।” मिशन रविनशान साक्षरता कार्यक्रमको राष्ट्रपतीय आयोगको संरक्षकको शपथ ग्रहण समारोहमा चाभेजले भन्नुभएको थियो । चाभेज सही हुनुहुन्थ्यो । त्यसपछिदेखि बैङ्कमा जाँदा पहिलेजस्तो कसैले पनि तिनीहरूको फाराम वा भौचर भरिदिन भनेको मलाई थाहा छैन । पहिले तिनीहरू प्रायः ले हातमा चस्मा राखेर भन्ने गर्थे कि मैले चस्मा घेरैमा छाडेर आएँ, यो फाराम भरिदेऊ । (लेखपढ गर्न नजानेका मानिसहरूको लागि त्यो नै सबभन्दा सजिलो बहाना हुने गथ्र्यो ।)
चाभेज सरकारबाटै किन्डरगार्टेन तहदेखि विश्वविद्यालयसम्मको शिक्षा निःशुल्क भयो । त्यसैबेला १० लाखभन्दा बढी भेनेजुयालीहरूले (वयस्क र प्रौढहरूले) मिशन रिवासअन्तर्गत माध्यमिक तहको परीक्षा उत्तीर्ण गरे र विश्व विद्यालयमा अध्ययनका लागि योग्य भए । प्रत्येक दसमध्ये ७ जना विश्वविद्यालयका विद्यार्थीले निःशुल्करूपमा ल्यापटप पाए, देशमा शिक्षकको आँकडा ४६८ प्रतिशतले वृद्धि भयो । (७० हजारबाट ३ लाख १७ हजार पुग्यो ।) ४४ वटा नयाँ सार्वजनिक विश्वविद्यालयहरू स्थापना र सञ्चालन गरियो । त्यसबाट भेनेजुयला प्रतिव्यक्ति सबैभन्दा बढी विश्वविद्यालय हुने देशमध्ये पाँचाँ स्थानमा उक्ल्यो भने दक्षिण अमेरिका र क्यारिबियाली क्षेत्रमा सबैभन्दा बढी शिक्षित जनता भएका देशमध्ये तेस्रो बन्न पुग्यो ।
सक्सेस समुद्री आँधीको क्रममा राष्ट्रपति चाभेज कति धेरै जनतालाई माया गर्ने मानिस हो भनी छर्ल· भयो र हामी भेनेजुयाली जनता पनि उहाँको प्रेममा प¥याँ र उहाँको राजनीतिक परियोजनाको पछाडि लाग्याँ । किनभने, चाभेज भनेका दृढ इच्छाशक्ति र एजेन्डा (कार्यक्रम) भएका मानिस हुनुहुन्थ्यो भने शत्रुका अगाडि दृढतापूर्वक उभिन सक्नुहुन्थ्यो । त्यतिबेला तेलको मूल्य प्रतिक्यारेल १०० डलर पुगेको थियो, त्यसैले मात्र उहाँले ती सबै गर्न सक्नुभएको हो भन्ने तर्कमा हामीलाई विश्वास छैन । यदि त्यसो हो भने स्रोत साधन भएका अरू कुनै पनि देशले जनहितका कार्यक्रमहरू लागू गरिरहेका हुन्थे तर त्यस्तो होइन र हुँदैन भन्ने कुरा हामीलाई थाहा छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बरोबर भन्ने गर्छन् चाभेजवादीहरू रहनुको कारण तिनीहरूलाई सरकारले पैसा, कार, घर इत्यादि दिएकाले हो भनी प्रचार गर्छन् । वास्तवमा हामीमध्ये अधिकांश बोलिभारियाली क्रान्तिसित यसकारण जोडिएका छाँ कि क्रान्तिका उपलब्धिहरूले हामीलाई हामीबाट खोसिएको स्वाभिमान फर्काइदिएको छ । हाम्रो सच्चा परिचय पत्ता लगाइदिएको छ र सच्चा सम्भाव्यताको सपना देख्न सिकाएको छ ।
आज चाभेज ६५ वर्षमा लाग्नुभएको समयमा सड्ढट र आर्थिक प्रतिबन्धको यस घडीमा हामीले हाम्रो गौरव स्मरण गर्नुपर्छ र हाम्रा उपल्ब्धिहरूको रक्षा गर्नुपर्छ चाहे जत्तिसुकै कष्टकर र दिक्कलाग्दो परिस्थिति किन नहोस् । यो यसकारण पनि गर्न जरुरी छ कि हामीले आजको परिस्थितिमा कमान्डर चाभेजका नीतिहरू सही छन् भनी देखाउनु छ ।
यस मामिलामा हामीले उहाँका गल्तीहरूबाट पनि सिक्नुपर्छ (उहाँले आफ्नो प्रख्यात कृति आत्म आलोचना (Self Criticism) मा उल्लेख गर्नु भएअनुसार) तर उहाँले गर्नुभएका गल्ती हामीले दोहो¥याउनुहुँदैन बरु उहाँका राजनीतिक दृष्टिकोणहरू मनन गर्नुपर्छ । उहाँको दर्शनले ल्याएका उपलब्धिहरू रक्षा गर्नुका साथै आजको कठिन परिस्थितिमा उहाँको व्यक्तित्वमाथिको आक्रमणलाई असफल पार्नुपर्दछ । यो जिम्मेवारी यसकारण पनि झन् महत्वपूर्ण छ कि आफ्नो प्रतिरक्षा गर्नका लागि आज उहाँ आफै उपस्थित हुनुहुन्न ।
भेनेजुयलामा प्रायः सबैजसोले भनिरहेका हुन्छन् “भेनेजुयला आजको अवस्थामा पुगेको चाभेज वा समाजवादको कारण हो ।” हामीले आफ्नो आवाज उँचो बनाउन जरुरी छ र राम्रो भविष्यका लागि हामीबीचका विभाजनका हजाराँ सम्भावना र हारहरूको जोखिमलाई पराजित गर्नुपर्छ ।
फ्रान्सेली ओपेरा निर्देशक तथा लेखक मिचेल रोस्टेनले भन्ने गर्थे, “मृत्यु भनेको त्यो अवस्था हो जतिबेला कसैले तिमीलाई सम्झदैन, सबै चीज सबैजना जसलाई स्मरण गरिन्छ, सधँ बाँचिरहेको हुन्छ ।”
तर, कसैलाई गलत तथ्यका आधारमा पक्षपातपूर्ण तवरले सम्झनु बिर्सिदिनुभन्दा खराब हुन्छ । हाम्रो सन्दर्भमा हामीले यस्तो रोक्नैपर्छ ।
(जेसिका डोस सान्तोस एक भेनेजुयाली पत्रकार, लेखक र प्राध्यापक हुन् । सान्तोस Porta; 15y Ultimo Epale CCs magazine का स्तम्भकार पनि हुन् _
(Births and Rebirths of Comandante Charez)
– Venezuelanalysis.com
अनुवादः प्रकाश
Leave a Reply