भर्खरै :

मेलम्चीको पाइप सफा गर्ने क्रममा दुईको मृत्यु

काठमाडाँै, १७ साउन (रासस) : काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बालाजु बाइपास बस्ने सप्तरी कनपट्टी शम्भुनाथ नगरपालिका–२ का २५ वर्षीय सुरेश साह र सोही ठाउँ घर भएका २० वर्षीय शिवकान्त साह रहेका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
उनीहरु पाइपभित्र फसेका भन्ने सूचना प्राप्त भएलगत्तै महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बेहोस् अवस्थामा उद्धार गरेको थियो । दुवै जनालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *