महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
भक्तपुर, १७ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भएको तीनदिने कौसीखेती तालिमको उद्घाटन गर्नुभयो ।
भक्तपुर नगरपालिकाको विकास निर्माण कार्यबारे जानकारी गराउँदै प्रमुख प्रजापतिले हातमा सीप भएको व्यक्तिले कसैको अगाडि झुक्न नपर्ने र कहिल्यै भोको बस्न नपर्ने हुँदा युवाहरूलाई हातमा सीप दिन नगरपालिकाले विभिन्न तालिमहरूको आयोजना सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधानको लागि विशेषज्ञहरूको टोलीले अध्ययन अनुसन्धानबाट सरसफाइ कार्य व्यवस्थित भइरहेको र घर–घरबाट सङ्कलित फोहरलाई घरमै कम्पोष्ट बनाउने प्रविधिको प्रयोगमार्फत फोहरमैला व्यवस्थापन गर्ने योजनामा नगरपालिका रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नकुहिने फोहरलाई पनि व्यवस्थितरूपमा सङ्कलन गरिए पुनःप्रयोग गर्न सकिने र भक्तपुर नगरको सरसफाइ कार्यमा नगरवासीहरूको साथ र सहयोगको आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नगरपालिका कार्यपालिका सदस्य छोरीमैयाँ सुजखूले कौसीखेती तालिमको उद्देश्यबारे प्रस्ट पार्दै घर–घरबाटै कुहिने र नकुहिने फोहर छुट्याएर दिएमा फोहर व्यवस्थापन सजिलो हुने बताउनुभयो ।
कार्यक्रममा कौसी खेती तालिमका प्रशिक्षक शेषनारायण महर्जन, स्वयम्सेविका परिचालन समितिका अध्यक्ष सन्तेमाया गाईजू र समितिका सदस्य दयालक्ष्मी प्रजापतिले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । कौसी खेती तालिम साउन १७, १८ र १९ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।
Leave a Reply