सुर्खेत, १८ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घको ५१ आँै स्थापना दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका नेपाल मजदुर किसान पार्टी सुर्खेतका पूर्वअध्यक्ष एवम् नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापाले राजनीतिक कार्यकर्ताले व्यक्तिगत कामलाई भन्दा पार्टीको कामलाई प्राथमिकतामा राख्नुपर्न बताउँदै किसानहरु सचेत र सङ्गठित हुँदै भारतीय शासक वर्गको सेवा गर्ने सरकारका साथै पुँजीवादी व्यवस्थालाई जरैदेखि उलेखेरफ्याक्नुपर्नेबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका संयोजक हरिबहादुर बोहराले जमिन जोत्नेको गराउन तथा क्रान्तिकारी भुमिसुधार लागू गर्न पँुजीवादी व्यवस्थाविरुद्ध सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य ऐनबहादुर शाही, नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अकलबहादुर राना, नेमकिपा विरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही उपाध्यक्ष गणेश खड्का, पार्टी जिल्ला सदस्य पर्व कार्की, किसान कार्यकर्ता बलबहादुर न्यौपाने, नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतका अध्यक्ष लालबहादुर थापा, नेपाल क्रान्तिकारी किसान सङ्घ सुर्खेतका अध्यक्ष जगत लामिछाने, चित्र बिसी र पुष्प रानालगायतले कार्यक्रमबारे बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका सदस्य बिजुकला रानाले समसामयिक विषयमा प्रगतिशील गीत गाउनुभएको थियोे ।