भर्खरै :

कैलालीमा भेला तथा प्रशिक्षण

कैलाली, १८ साउन । नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा लम्कीचुहा नगरपालिका वडा नं. ५ तिलकपुरमा भेला तथा प्रशिक्षण सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेश रावलले देश राम्रो बनाउन सम्पूर्ण जनता आफ्नो राजनैतिकरूपमा शत्रु र मित्र चिन्नु आवश्यक छ भन्नुभयो ।
बहुमत कामदार जनताको हितमा कानुन बनाउन कामदार वर्गको सत्ता हुनुपर्छ भन्दै उहाँले कामदार वर्गको समाजवादी व्यवस्थाले शिक्षा, स्वास्थ्य उपचार निःशुल्क गर्ने, रोजगारीको ग्यारेन्टी गर्ने र व्यक्तित्व विकासमा समान अवसर प्रदान गर्छ भन्नुभयो ।
“नेमकिपा समाजवादको लागि राजनीति गर्दछ ।” उहाँले भन्नुभयो । उहाँले भारतको आशीर्वादले चल्ने वर्तमान सरकार कम्युनिस्ट त हुँदै होइन बरु भारतीय दलाल सरकार हो भन्नुभयो ।
प्रशिक्षण कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ कैलाली अध्यक्ष गुप्त शाहीले बालबालिका राम्रा भए देश पनि ठीक हुने तर लागूऔषध दुव्र्यसनीले अहिलेको युवा पिंढी खराब काम गर्न लागेको बताउनुभयो । निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन र दोषीलाई कारबाही हुन नसकेको उल्लेख गर्दै उहाँले युवाहरू बिग्रनुमा सरकार जिम्मेवार छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ कैलाली सदस्य रानादेवी रावलले लागूऔषधले सामाजिक, राजनैतिक, आर्थिक आपराधिक घटना घट्ने भएकोले यसबाट हामी सजग रहनुपर्दछ भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ लम्कीचुहा नगर समिति अध्यक्ष राजकुमारी शाहीले छोराछोरी इमानदार, लगनशील भए घर परिवारको इज्जत राख्ने बताउनुभयो । लक्ष्मी पुनको अध्यक्षतामा भएको कार्यक्रममा जानकी शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *