अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
हरिसुन्दर छुकां
भक्तपुर, १८ साउन । भक्तपुर ब्यासीका सुजित बासुकलाले देकोचास्थित जेन्यूइन सेकेण्डरी स्कुलबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षा दिए । परीक्षामा उनले २. ५५ जीपीए पाए । अधिवक्ता बन्ने लक्ष्य बोकेका उनी एसईईपछि फुर्सदको समयमा भक्तपुरको इनाचोस्थित निओ फ्युजन अफ कम्प्युटर इन्ष्टिच्युटमा कम्प्युटर तालिमका लागि गए ।
स्कूलमै कम्प्युटरको आधारभूत ज्ञान पाइसकेका उनले एसईईपछिको फुर्सदको तीन महिनामा कम्प्युटर अफिस प्याकेज सफलतापूर्वक सिके । “अहिले म देकोचाको ख्वप माविमा कानुन (ल) पढिरहेको छु, फुर्सदको समयमा सिकेको अफिस प्याकेजले मलाई अध्ययनमा सहयोग भएको छ, कक्षामा गर्नुपर्ने प्रिजेन्टेसन (प्रस्तुतीकरण) का लागि निकै मद्दत पुगेको छ ।” उनले भने ।
उनीमात्र नभएर दैलेखका जीवन शाही पनि एसईईपछि फुर्सदिला नै थिए । उनी पनि सोही इन्ष्टिच्युटमा कम्प्युटर तालिमका लागि गए । उनले सोही इन्ष्टिच्युटबाट सफलतापूर्वक तालिम सम्पन्न गरे । तालिमकै अवधिमा उनले सोही इन्ष्टिच्युटबाट निः शुल्क रूपमा दिइएको फोटोग्राफी तालिम, चित्रकला, मोबाइल मर्मत तालिम पनि लिए । त्यो तालिमले उनमा आत्मबल बढेको छ । त्यही आत्मबलले उनलाई थप अध्ययन गर्न सघाएको छ ।
त्यसरी तालिम पाएका बासुकला र शाहीको आत्मबलमात्र बढेको छैन, उनीहरूसँगै सोही इन्ष्टिच्युटबाट तालिम लिएका ३ सय ५० बढी विद्यार्थीको व्यक्तित्व विकासको लागि तालिमले सहयोग गरेको छ । सफलतापूर्वक तालिम लिएका प्रशिक्षार्थीहरूलाई शनिबार नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईं, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र फोटोग्राफीका वरिष्ठ प्रशिक्षक दीपेन्द्र बज्राचार्यले प्रमाणपत्र प्रदान गरेका छन् ।
देशभरका विभिन्न २८ जिल्लाबाट तालिममा आएका विद्यार्थीहरूमध्ये उत्कृष्ट विद्यार्थी बन्न सफल रञ्जु जोशी, रोहनकाजी खाइजू र प्रशंसा शर्मालाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा नेपाली र अङ्ग्रेजी टाइपिङ प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगिताअन्तर्गत नेपाली टाइपिङमा नदिन्ता बाटी, सविना फैजू, त सुजखु र निर्जला कोजू क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका थिए भने अङ्ग्रेजीतर्फ रजित किसी, बितिसा लामिछाने, विपुल प्रजापति र कृतिषा शिल्पकार क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका थिए ।
कार्यक्रममा सांसद गोसाईंले विद्यार्थीले पाएको शिक्षालाई आफ्नो देशको हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिँदै स्वदेशमै बसेर काम गर्न जरुरी रहेको बताए । सीटीत्ीटीबाट सम्बन्धन प्राप्त इन्ष्टिच्युटका निर्देशक वालकृष्ण बनमालाले विद्यार्थीहरूलाई सीपयुक्त बनाउन आफू प्रतिबद्ध भएको बताए ।
Leave a Reply