सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
भैरव रिसाल
पहिले–पहिले समाजमा पढेलेखेका मानिस पाइँदैनथे, पाइए पनि सारै थोरै मान्छेमात्र पाइने । आजको बाजे पुस्तामा सयजनामा तीन जना लगभग मात्र पाइने साक्षर । धेरै मान्छे निरक्षर । तर, धेरै मान्छे इमानदार । विश्वास गर्न सकिने, विश्वस्त र अत्यन्त विश्वस्त । २००७ तिर त सयमा १ जनामात्र साक्षर नेपाली थिए होलान् ! त्यत्रो राणा शासन विरूद्धका पर्चा छापिए भित्ता–भित्तामा टाँसिए । सम्पूर्ण गोप्यताको पालना भयो । राजा शासनमा गुप्तचर प्रणाली सारै प्रवल थियो । शासक वर्गबीचमै पनि गम्भीर षड्यन्त्र हुने, शाह वंशभित्र पनि गुप्तचर संयन्त्र तगडा हुने । स–साना कुरा पनि पत्ता लाग्ने । मूल शासकले आफूमुनिको शासककोमा आफ्नो गुप्तचर राख्ने । ती मुनिका शासकले त्यस्तै आफू मुनिकोमा र आफ्नो माथिकोमा पनि गुप्तचर राख्ने । मुनि–मुनिका शासकहरूले पनि माथिल्लो वा मूल शासककहाँ आफ्नो गुप्ती मान्छे राख्ने प्रच्छन्न पद्धतिको जालो नै हुनेरहेछ । कहिले–कहिले कुरा चुहिने रहेछ गुप्तीहरूबाट । जङ्गबहादुरले सत्ता कब्जा नगरूञ्जेल थापा, पाण्डे, बस्नेतहरूबीच तगडा गुप्तचर सञ्जाल । जङ्गबहादुरले सत्ता कब्जा गरेपछि गुप्तचरको जालो अरू बाक्लियो । राणा शासनअघि त गुप्तचर पत्ता लागे सोझै काटिनेसम्म पनि । शाह शासन कालमा साक्षर नेपालीको सङ्ख्या एक प्रतिशत पनि थिएन होला । तर, राज्य सञ्चालन भइ नै रहेको थियो । १९९७ मा पनि सहिद शुक्रराज शास्त्रीका भाइ रामजीले सुराकी दिएर न सरकारले पक्राउ गरेको हो । निरक्षरले कहिल्यै सुराकीको काम गरेन ।
निरक्षर थियो तर थियो चेत
नेपालको राजनीतिक आन्दोलनको उषाकालतिर त साक्षर मान्छे भेटाउनै मुश्किल । पढे–लेखेका मान्छेमार्फत नै राजनीति गरौँला भनी कुरेर बसेको भए आजसम्म राणा शासन नै हुन्थ्यो होला नेपालमा । यसर्थ साक्षरता, औपचारिक शिक्षा जागीर खानका लागि अनिवार्य हुने तर देशको सेवा गर्न औपचारिक शिक्षा र प्रमाणपत्र आवश्यक नहुने । तर, चेत वा चेतना भने जरूरी हुनेरहेछ । २००७ को राजनीतिक सङ्घर्षमा कहाँ पाउने पढे–लेखेको मान्छे ? खै त २००७ को राजनीतिक क्रान्ति भएरै छोड्यो । त्यो युगका आम नेपाली पढेलेखेका हुँदैनथे । तर, राणा शासनविरूद्ध चेत थियो जुन चेतका कारण राणा शासनजस्तो एकतन्त्रीय जहानियाँ शासनको प्रवल साङ्लो छिनाएर मुक्त भयो नेपाल । २००७ को मुक्ति सेनामा भर्ती भएका धेरै योद्धा अक्षर चिन्दैनथे बरु बन्दुकको यावत कुरा बुझ्थे । यसर्थ प्रमाणपत्रको शिक्षा समाजको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक परिवर्तनका लागि अपरिहार्य हुनेरहेनछ । चेत वा चेतना र रूपान्तरणको तीव्र आकाङ्क्षा एवम् प्रवल इच्छा भने नभई नहुने रहेछ । त्यस्तो इच्छा वा आकाङ्क्षाको चेत–चेतना भने सबैखाले परिवर्तनका निम्ति अनिवार्य हुनेरहेछ । अहिलेको युवा पुस्ता धेरै पढेको पनि छ । तर, रूपान्तरणको चेत पटक्कै छैन । त्यो १९९६÷९७ को दशकको युवा न पढ्न जान्दथ्यो न लेख्न । तर, राणा शासनविरूद्ध नारा लगाउन जान्थ्यो, पक्राउ पर्न डराउँदैनथ्यो, यातनादेखि भाग्दैनथ्यो ।
टोपीले मुख, इँटाले दिसा
आजका पार्टी, संस्था र सङ्गठनहरू हुर्काउन निरक्षर वा बल्ल बल्ल साक्षर पुराना कार्यकर्ताहरूको योगदानको मूल्य नै छैन, अमूल्य छ । तर, त्यो अमूल्य सम्पत्तिको सुरक्षा आजको पुस्ताले गर्नुपर्छ । नयाँ पुस्ताका पढेलेखेका कार्यकर्ताहरूलाई पुराना पुस्ताका कम पढे–लेखेका वा निरक्षर कार्यकर्तामार्फत प्रशिक्षित गराउने पद्धतिको विकास गर्नुपर्छ । भोलिको पुस्ताको कार्यकर्ता आजको पढे–लेखेका वा निरक्षर कार्यकर्तामार्फत प्रशिक्षित गराउने पद्धतिको विकास गर्नुपर्छ । भोलिको पुस्ताको कार्यकर्ता आजका पढेलेखेका कार्यकर्ताभन्दा निश्चय नै बढी जान्ने सुन्ने र प्रविधि पनि प्रयोग गर्न सिपालु हुन्छन्, हुनैपर्छ । त्यो पुस्तासँग आजको युवा पुस्ता पुस्तान्तरण भइसकेको हुनेछ । यदि आजको कार्यकर्ताले हिजोको पुस्ताको निरक्षर कार्यकर्ताको कुरा सुनेन भने भोलिको पुस्ताले तपार्इँको कुरा सुन्छ नै भन्ने ग्यारेन्टी कसैले गर्नसक्दैन । यसर्थ नेतृत्व तहले कार्यकर्ताहरूको पुस्तान्तरण अन्तःसंवाद, अन्तःक्रिया, अन्तःपरिसंवाद एवम् अन्तर्वादविवादका माध्यमबाट पुस्ता अन्तर्घुलनको पद्धति स्थापित गरीहाल्नु जरूरी भइसकेको छ । आजको पुस्ताको कार्यकर्ता फ्लस शौचालय त्यो पनि आफ्नै घरमा प्रयोग गर्ने अभ्यासमा हुर्केको छ । आजको पुस्ताको कार्यकर्ता सावरमा तातोपानीमा नुहाउँछ, सुकिलो रूमालले जीउ पुच्छ । हिजोको, अझ अस्तिको पुस्ताको कार्यकर्ता हनुमन्तेमा मुख धुन्थ्यो । ओढ्नेले, अझ टोपीले मुख पुच्थ्यो । पराल बालेको आगो ताप्थ्यो । खुला ठाउँमा दिसा गथ्र्यो, इँटाको टुक्राले दिसा पुच्थ्यो । सुँगुरले दिसा खान लडाइँ गथ्र्यो । अनि !
छिः छिः दुर दुर नगर्ने पार्ने
अघिल्लो र अझ अघिल्लो पुस्ताका २००७ अघिको २०२५ सम्मका अझ भक्तपुर विकास परियोजना आउन अघि र त्यो परियोजनाले काम गरिसकेपछिका कार्यकर्ताहरूबीच सम्भव भए अन्तःक्रिया, नभए स–साना परिस्थिति थाहा दिने लघु लेख श्रृङ्खला सञ्चालन गरिनु पनि जरूरी देख्छु । यी शृङ्खलामा ‘अजी’ पुस्ताका महिला धोमाहरूका दिसा–पिसाबका दशाबारे स–साना लेख पनि सारै उपयोगी हुनेछन् । धोमाले नानी पाउँदाको अवस्था, सुत्केरी स्याहार, सुत्केरी खुराक, ओखती, शिशु स्याहार, स्तनपान, कालो पटासी बनाउने प्रक्रिया, मलेदा बनाउने सीप नयाँ पुस्तामा कसरी सथ्र्यो । माटाका भाँडा बनाउने कला, जुजु धौ बनाउने प्रविधिबारे सके कक्षा नै चलाउने, त्यो व्यावहारिक छैन भने लेखमाला अभियान चलाइयो भने पनि भक्तपुर अरू दुई पुस्तासम्म जीवन्त रहन्छ भन्ने लाग्छ । आजका पार्टी कार्यकर्ताले आफ्ना छोराछोरीहरूलाई जनताको सेवा गर्नुपर्छ भन्ने सोच र तरिका सिकाउन सके कति ठूलो काम हुने थियो । हाम्रा जनताको प्रत्यक्ष सेवा गरेर आएका र सेवा गरिरहेका कार्यकर्ताहरू आफ्ना नानीहरूले पनि जनताको प्रत्यक्ष सेवा गरिरहेको देख्दा कति प्रसन्न, कति खुसी र कति सुखी भएको अनुभूत गर्दो हो कल्पना गर्दामात्र पनि खुसी लाग्छ भने व्यवहारमै देख्ता कस्तो लाग्दो हो ? कम्तीमा पार्टी कार्यकर्ताहरूबीच सहयोगात्मक वातावरण कसरी कायम गर्ने ? सुकिलो लगाउनेहरूले मैलो लगाउन बाध्यहरूलाई छिः छिः दुर दुर नगर्ने पार्नुपर्छ ।
उज्याला पक्ष पनि छन्
समाज सेवा जीवनमा अत्यन्त ठूलो काम हो । तर, आजको हाम्रो शिक्षापद्धतिले समाजको सेवा गर्न सिकाउँदैन । कमाउन, कमाउन अनि जसरी पनि कमाउन सिकाउँछ । विद्यावारिधि अझ महाविद्यावारिधि प्रमाणपत्र भएको मान्छेसमेत सेवा, जनताको सेवा, समाजको सेवा गर्नेतिर नलागी प्रभूत ‘ढेवा’ कमाउनतिर प्रवृत्त पाइन्छ । त्यसरी कमाउन त सोझो र नैतिक बाटो हुँदैन अनि भ्रष्टाचार, अनाचार, दुराचार जे – जे गरेर हुन्छ पैसा कमाउने काममा नै आफूलाई र आफ्नो विलक्षण प्रतिभा खन्याउँछ । तसर्थ देशभक्तिको उच्च भावना कसरी प्रत्यारोपण गर्ने, विद्वत वर्गमा यो एउटा चुनौती छ । समाजमा लोभले पढेलेखेको मान्छेलाई बढी पछ्याउन लागेको देखापर्छ । भूमिगत कालमा एक जना अनपढ साधारण कार्यकर्ताले पाएका पुस्तक र अन्य सामान बीसौँ वर्षपछि पनि फिर्ता ल्याइदिएको तर पढेलेखेका स्नातक उत्तीर्ण व्यक्तिले अत्यन्त महत्वपूर्ण कागजातहरू फिर्ता दिने त कुरै भएन । जलाई दिएको जवाफ दिए रे नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँे (रोहित) लाई । यस्तो व्यवहारबाट उहाँलाई आश्चर्य लागेछ । एकजना अनपढ कार्यकर्ता र स्नातक अर्को कार्यकर्ताबीचको व्यवहारमा यस्तो अन्तर पाउँदा कस्तो लाग्यो होला ? कार्यकर्ता त्यो पनि नेपाल मजदुर किसान पार्टीको भएपछि जेल पर्नु सामान्य कुरा भयो । त्यस्ता साथीको प्रशंसा गर्ने मान्छेहरू आफन्त र इस्टमित्रहरू पनि प्रशस्त पाइन्छन् । यस्तो उज्यालो पनि छ है । निराश हुनुपर्दैन ।
क्रान्तिबाट आउँदा राम्रो
हाम्रो समाजमा यस्ता परिवार पनि छन् जसले असल कम्युनिस्ट कार्यकर्ता र देशभक्त नागरिक तयार गर्न सफल भएका छन् । आफ्नो परिवारको सदस्यलाई असल कम्युनिस्ट बनाउन कम परिश्रम गरेर पुग्दैन । परिवारका अरू सदस्यले आज त परिवारका सदस्यलाई देशभक्त नागरिक बनाउन सकेमात्र ठूलो काम हुने भएको छ । हरेक मान्छेको व्यक्तित्व एकै प्रकारको हुँदैन, फरक – फरक हुन्छ । पार्टी र सङ्गठनका कार्यकर्ताहरूले राजनीति, समाजसेवाका क्षेत्रमा दीक्षित गराउनु परिवारका सदस्यहरूको कर्तव्य हुन आउँछ देशभक्त परिवारको । अहिले त नक्कली प्रमाणपत्र एवम् डिग्रीवाला कर्मचारीहरू ठूलठूलो ओहदामा पुगिसके । उनीहरूमा विषयको गहिरो ज्ञान हुँदैन । उताको समकक्षी भारतीयहरू आफ्नो विषयमा धुरन्धर हुन्छन् । उनीहरूले उठाउने जटिल सवालमा जवाफ दिनसमेत सक्दैनन् । त्यसैले जस्तो ल्याए त्यस्तै सही धस्काएर फर्कन्छन् । यसो भएपछि देश झन् झन् समस्यामा फस्दै गएको छ । नेपालमा जति पनि मूल समस्या छन् तिनको प्रमुख कारण भारत नै हो भन्दा बढी नहोला । वास्तवमा कामगरी खाने वर्गले क्रान्ति नगरेसम्म क्रान्ति निर्णायक हुनसक्दैन । नेमकिपाको नेतृत्वको भक्तपुर नगरपालिकाले गरेको विकासलाई देशका विभिन्न ठाउँबाट आउनेहरूमध्ये अधिकांशले नमूना भएको भनेका छन् । क्रान्तिबाट कम्युनिस्ट व्यवस्था आएको भए धेरै राम्रो हुने थियो ।
के छ आठौँ संशोधनमा
यो केपी शर्मा ओलीको प्रत्यक्ष र पुष्पकमल दाहाल (प्रचण्ड)को परोक्ष नेतृत्वको वर्तमान सरकार कसको सरकार हो ? भन्ने प्रश्न उपस्थित भएको छ । सरकारको चालामाला अनौठो छ । सरकार कम्युनिस्ट पार्टीको रे ! काम हे¥यो भने कसको सरकार कसको ? ख्वप विश्वविद्यालय सञ्चालन गर्न अनुमति दिँदैन एकातिर भने अर्कोतिर ठेकेदारहरूको स्वार्थमा सार्वजनिक खरिद नियमावली संशोधन गर्छ । सो नियमावलीको आठौँपल्ट संशोधन गरी ठेकेदारहरूको सङ्गठनबाट धन्यवाद पाएको छ । निर्माण व्यवसायी सङ्घका अध्यक्षले “हाम्रो अनुरोधअनुसार ठेक्काको म्याद एक वर्ष थप गर्ने गरी संशोधन भएको छ, प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छौँ” भनेका छन् । यस्तो सरकारबाट हामी ‘समाजवाद उन्मुख’ संविधान कार्यान्वयन चाहने अवस्थामा छौँ । ठेकेदारहरू समयमा काम नगर्ने, गरेका काम पनि गुणस्तरीय नहुने, हस्तान्तरण गरेको भोलिपल्टै बिग्रने, भत्कने, टुट्ने, भाँचिने, उप्कने गरेका समाचार छ्यापछ्याप्ती आएका छन् । सो नियमावलीमा आठौँपल्ट संशोधन गरेर ठेकेदार वर्गबाट धन्यवाद बटुलेको सरकारले । त्यो धन्यवाद निःशुल्क होला कि सशुल्क जिज्ञासाको विषय भएको छ । सशुल्क भए कति शुल्क ! यो कुरा पनि बाहिर आए, सार्वजनिक भए क्या राम्रो हुने थियो । संशोधन गर्नु नै थियो भने आठौँ संशोधनमा राखिएका प्रावधान पहिलो, दोस्रो संशोधनमा नै राखिएको भए काम त बेलैमा हुन्थ्यो । सरकारको काम नै सार्वजनिक खरिद नियमावली संशोधन गर्नैमा केन्द्रित भयो । लाज लाग्यो हो !
नेकपाको होइन ठेकेदारहरूको
ठेकेदार वर्गबाट धन्यवाद पाउँदा गर्व गर्ने सरकार कसको सरकार हुन्छ ? कस्तो सरकार हुन्छ ? स्पष्ट छैन र ? के को व्याख्या ? किन व्याख्या ? यस्तो सरकारबाट यो मुलुकले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प गरेको पाएको छ ।? हामी धेरै नेपाली त्यो पत्याइरहेका छौँ । कति वर्षमा नेपाल मध्यम आयको हुने भन्ने कुरा पनि पत्याएका छौँ । किन पत्याएको छौँ हामीले ? त्यो पक्षको विवेचना हुनुपर्ने हो औपचारिकभन्दा पनि वास्तविक धरातलमा । ठेकेदारले राजनीति कब्जा गर्न लागे । विद्यमानमा पनि सङ्घीय संसद्मा निकै ठूला निर्माण व्यवसायी, ठेकेदार माननीय सदस्य हुनुहुन्छ । बैङ्कर हुनुहुन्छ कति जना त ।? यी ठेकेदारलाई पार्टीहरू किन उम्मेदवार बनाउँछन् ? आफै छर्लङ्ग छ । सरसरती हेर्दा यो नेपाल कम्युनिस्ट पार्टीको एकमना सरकार हो तर निर्णय भने निर्माण व्यवसायीहरूको पक्षमा गर्छ र धन्यवाद पाउँछ । कस्तो अन्तर्विरोधी प्रसङ्ग ! मुलुकको निर्माण र विकासका काम नभएर सरकारमा बस्नेहरूको योग्यता कुशलता र कर्मण्यतामै गम्भीर प्रश्न उठेका छन् राजनीतिक मूलधारमा । तर, सरकार यस्तो निर्णय गर्छ, सार्वजनिक खरिद नियमावली ठेकेदार वर्गको पूर्णतः पक्षमा हुन्छ । यो नै यो नेकपा सरकारको परिचय भएन र ? हलेदो भनेर परिपक्का भइसकेपछि पक्का भो पहेँलो छ । अब कस्तो छ भनी किन कोट्याइरहनुप¥यो र ? यस्तो सरकारले ख्वप विश्वविद्यालयको अनुमति सहजै देला र ? के आशा गर्नु !?
Leave a Reply