सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
यो वर्ष सन् २०१९ मा तिब्बतमा प्रजातान्त्रिक सुधारको ६० औं वर्षगाँठ पर्दछ । चिनियाँ संस्कृतिमा ६० औं वर्षको विशेष महत्व हुने गर्छ किनभने चिनियाँ संस्कृतिअनुसार ६० वर्षमा चिनियाँ भित्तेपात्रोको मौलिक अवधारणा ‘जाएजी’ (Jiazi) को चक्र पूरा हुन्छ ।
६ दसकअघि सुरु भएको तिब्बतको प्रजातान्त्रिक सुधार कार्यक्रमले तिब्बत र त्यहाँका जनजातिहरूलाई नयाँ जीवन प्रदान गरेको छ ।
बितेका ६० वर्षमा तिब्बतमा पूर्णरूपमा परिवर्तन भएको छ । त्यहाँको प्रजातान्त्रिक सुधार तिब्बती इतिहासकै सबभन्दा बृहत् र सफल सामाजिक रुपान्तरण मानिन्छ । दासप्रथा उन्मूलन गरेर तिब्बत नयाँ सामाजिक प्रणाली स्थापना गर्न सफल भयो । नयाँ सामाजिक प्रणालीले तिब्बतका जनतालाई मुक्ति दियो, उनीहरूलाई राष्ट्र र समाजको मालिक बनायो र सबै क्षेत्रमा उनीहरूको अधिकार सुनिश्चित ग¥यो । वास्तवमा दासप्रथा भनेको एउटा कठोर पछौटे सामन्ती बन्दोबस्त नै थियो ।
मुक्तिपछि तिब्बतलाई त्यहाँका जनताको सुन्दर घरमा परिणत गरिएको छ । त्यस सुधार कार्यक्रमले उज्यालो भविष्यको ढोका खोलिदिएको छ । चीनको केन्द्रीय सरकार र देशको दृढ सहयोगमा तिब्बतका जनजातिहरूले आफ्नो गरिब र पछौटे पुरानो भूमिलाई नयाँ सुन्दर सहर र बस्तीमा रुपान्तरण गर्न कुनै कसर बाँकी राखेनन् । आज उनीहरू आर्थिकरूपमा समृद्ध र सामाजिकरूपमा सभ्य भएका छन् । सुन्दर पर्यावरणीय वातावरणमा मानिसहरू खुसियाली र सन्तुष्टिका साथ जीवन बाँचेका छन् ।
तिब्बतका जनतामा मिलेर बस्ने र उद्योगी भावना उँचो हुँदै गएको छ । प्रजातान्त्रिक सुधारकै कारण तिब्बतका जनजाति र देशका अन्य समुदायहरू समानता, एकता, आपसी समर्थन र सद्भावमा आधारित जनजाति सम्बन्ध विकास गर्न एक मनका साथ काम गरेका छन् । राष्ट्रिय एकताको रक्षा र पृथकतावादको विरोध गर्न तिब्बतका जनताले चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) केन्द्रीय समितिको नेतृत्व पछ्याउँदै सबै प्रकारका कठिनाइ, चुनौती र परीक्षाको सामना गर्दै चिनियाँ राष्ट्रको सामुदायिक शक्तिलाई टेवा पु¥याउँदै आएका छन् ।
तिब्बतले सामाजिक प्रगतिको क्षेत्रमा ठूलो फड्को मा¥यो । चिकपाको सवल नेतृत्वमा तिब्बतले सामन्ती दास व्यवस्थाअन्तर्गत रहेको समाजलाई समाजवादतिर, गरिबी र पछौटेपनाबाट सभ्यता र प्रगतितिर रुपान्तरण गर्न सफल भएको छ । चिनियाँ समाजवाद नयाँ युगमा प्रवेश गरेसँगै सी जिनफिङ र चिकपा केन्द्रीय समितिको नेतृत्वमा तिब्बतका जनजातिहरू चीनका अन्य जनतासँग मिलेर राष्ट्रिय पुनर्जागरणको चिनियाँ सपना साकार बनाउन काम गरिरहेका छन् ।
क. सामन्ती भूदास व्यवस्थाः कालो इतिहास
शताब्दीऔंसम्म तिब्बतमा धर्मशास्त्रको आधारमा सामन्ती भूदास व्यवस्था चल्यो । सन् १९५९ मा प्रजातान्त्रिक सुधार हुनुअघि दसौं लाख भूदासहरूलाई शोषण र उत्पीडनको शिकार बनाइएको थियो ।
– तीन प्रमुख राज्याधिकारीहरूले दासहरूलाई सबै अधिकारबाट वञ्चित गरेका थिए
पुरानो तिब्बतको कानुनले तिब्बतका जनतालाई तीनवटा वर्ग र नौवटा तहमा विभाजन गरेको थियो । यो वर्गीकरणले विभिन्न समूहबीचको असमान अवस्थालाई वैधता दिनुको साथै भूदासहरूलाई सबै मानव अधिकारबाट वञ्चित गर्न राज्याधिकारीहरूलाई छुट दिइएको थियो । तीनवटा प्रमुख राज्याधिकारीहरू (सरकारी अधिकारी, भारदार, गुम्बाका उच्चपदस्थ लामाहरू) ले सरकारमाथि नियन्त्रण जमाएका थिए । ती सबै उच्च अधिकारीहरू उच्चपदस्थ लामा र भारदारका परिवारबाट नियुक्त भएका हुन्थे । प्रमुख भारदार परिवारका केटोकेटीले जन्मने बित्तिकै स्वतः चौथो तहको उच्च पद पाउँथे । १७÷१८ वर्षको उमेर पुगेपछि उनीहरूलाई सरकारको प्रमुख पदको जिम्मेवारी दिइने चलन थियो । मध्यम र तल्लो वर्गका भारदार परिवारका सन्तानले केही समय औपचारिक विद्यालयमा अध्ययन, तालिम गरेपछि मात्र केही सरकारी पदको जिम्मेवारी पाउनसक्थे । धर्माधिकारीहरू अधिकांशतः भारदार परिवारका लामाहरू थिए । तिब्बती समाजका बहुमत मानिस भूदास थिए । उनीहरूले समाजको सबभन्दा तल्लो तहमा बसेर बिना कुनै प्रतिफल दुःख गर्नुपथ्र्यो ।
– भूदासको जीवन र मृत्यु तीन प्रमुख राज्याधिकारीको हातमा हुन्थ्यो
तीन प्रमुख राज्याधिकारीहरूले सामन्ती भूदास व्यवस्था कायम राख्न अनेक तरिका अपनाएका हुन्थे । न्यायिक निकाय र अदालतले थोपर्ने क्रूर र बर्बर कानुन तथा सजायलाई उनीहरूले आफ्नो प्रभाव क्षेत्रभित्र पारेका हुन्थे । सरकारले सञ्चालन गरेका कारागारबाहेक ठूला गुम्बा र कुलीन सामन्तले आफ्नै निजी कारागार र सजाय दिने ठाउँ बनाएका हुन्थे । त्यस्ता ठाउँमा यातना दिने वस्तु राखिएका हुन्थे । ती स्थानमा निजी इजलास पनि हुन्थे । उनीहरूले त्यस्ता ठाउँबाट आदेश जारी गर्थे, भूदासहरूलाई कोर्रा लगाउने र अन्य यातना दिने गर्थेे । भूदासहरूलाई सिक्रीले बाँध्ने र नेल लगाउने आदि यातना दिइन्थ्यो । तिब्बती भाषामा लेखिएका खातका खात दस्तावेजले पनि तत्कालीन समयमा भूदासहरूलाई दिइने यातनाको पाशविकताको पुष्टि गर्छ । भूदासहरूको जिब्रो, नाक, हात र खुट्टा काट्ने, ढुङ्गाको टोपी लगाइदिने, आँखा निकालिदिने, मासु र हड्डीबीचको भाग तान्ने, छाला काढ्ने, पानीमा डुबाउने र गंगटासमेत खुवाउने सजाय दिइन्थ्यो । ल्हासा सहरको जोखाङ मन्दिरको उत्तरमा अवस्थित स्नान्ग त्से शाग पुरानो तिब्बतको न्यायपालिका थियो । त्यो ठाउँलाई भूदासहरू ‘जीउँदो नर्क’ भन्थे । त्यहाँ भूदासहरूलाई यातना र मृत्युदण्डको सजाय दिइन्थ्यो । कसाग (मन्त्रिमण्डल) का उच्च अधिकारी र उच्चपदस्थ भिक्षुहरूले मानिसको टाउको, छाला, मासु, मुटु र आन्द्राभुँडी चढाउन गरेका भाकाल पूरा गर्न नरबली दिइन्थ्यो । कुनै निश्चित मन्त्र सिक्न त्यस्तोखाले नरबली ‘आवश्यक’ मानिन्थ्यो ।
– भूमि, चरन क्षेत्र र उत्पादनका अन्य सबै साधनमाथि तीन प्रमुख राज्याधिकारीहरूले एकाधिकार कायम गरेका थिए
प्रजातान्त्रिक सुधार लागू हुनुभन्दा अघिका तथ्याङ्कअनुसार तिब्बतमा २ लाख २० हजार हा कृषियोग्य भूमिमध्ये ९९.७ प्रतिशत अर्थात् सरकारको नियन्त्रणमा ८५ हजार ५८० हा गुम्बा र उच्चपदस्थ भिक्षुहरूको स्वामित्वमा ८० हजार ९६० हा र कुलीनहरूको स्वामित्वमा ५२ हजार ८०० हा भूमि थियो । मुठीभर जोताहा किसानको स्वामित्वमा ग्रामीण क्षेत्रको ०.३ प्रतिशत जग्गा थियो । अधिकांश चरन क्षेत्र पनि सामन्तहरूकै नियन्त्रणमा थिए । एउटा लोकगीत थियो ः
हिमालको हिउँ नौनी भएर पग्ले पनि
त्यो पनि त मालिककै हुन्छ
नदीमा पानी दूध बने पनि
हाम्रो भागमा पर्ने छैन कुनै थोपा ।
– तीन प्रमुख राज्याधिकारीको स्वामित्व र दासतामा भूदासहरू
भूमिपतिसँगको दासतालाई शक्तिशाली धर्मराज्यले जोगाएको हुन्छ । कशाग शासनले सबै भूदासलाई आफ्नै मालिकको मौजामा बस्नुपर्ने बनाएको थियो । भूमिपतिको अनुमतिबिना उनीहरूलाई त्यो मौजाबाट बाहिर जाने अनुमति थिएन । मौजाबाट भाग्न बर्जित गरिएको थियो । कसैले मौजाबाट भाग्ने प्रयास गरे उसलाई चरम यातना दिइन्थ्यो वा उसका खुट्टा काटिन्थ्यो । कशाग र दलाई लामाले पनि भगुवा भूदासहरूलाई शरण दिन बन्देज लगाउने आदेश जारी गरेका थिए ।
भूमिमाथि आफ्नो पूर्ण नियन्त्रणसँगै तीन प्रमुख राज्याधिकारीहरूले भूदासको जीवन, मृत्यु र विवाहमाथि पनि अधिकार जमाएका थिए । भूदासहरू भूमिपतिका निजी सम्पत्तिसरह भएकाले उनीहरूले भूदासहरूको बेचबिखन गरी कसैलाई दिनसक्थे । कसैलाई उपहारको रूपमा भूदासहरू दिने चलन पनि थियो । भूदासहरूलाई जुवामा थाप्न वा ऋण दिन धितोको रूपमा राख्ने चलन थियो । आफ्नो इच्छामा सट्टापट्टा गर्न पनि छुट थियो ।
तीन प्रमुख राज्याधिकारीहरूले भूदासलाई बिनाज्याला कडा श्रम गराउनसक्थे । उदाहरणको लागि सन् १९५१ मा तिब्बत मुक्त हुनुअघि ग्याल्त्साप तजत्रको स्वामित्वमा रहेको दारोङकाङ मौजामा जम्माजम्मी ९६ हा भूमि थियो । उनीसँग ८१ जना हट्टाकट्टा र ठिक्कका भूदासहरू थिए । उनीहरूलाई प्रतिवर्ष २१ हजार २६६ श्रमदान गर्नुपर्ने बाध्यता थियो, ११ हजार ८२६ दिन आफ्नै मालिकको लागि र ९ हजार ४४० दिन सरकारको लागि । हरेक भूदासलाई प्रतिवर्ष २६२.५ दिन श्रमदान गर्नुपर्ने समय भाग पथ्र्यो । त्यति दिन भनेको एक जना भूदासको सम्पूर्ण जीवनको ७२ प्रतिशत दिन हुन आउँछ ।
– भूदासमाथि कर र दस्तुरको भार
पुरानो तिब्बतमा तीन प्रमुख राज्याधिकारीहरूले उत्पादनका झन्डै सबै साधन आफ्नो बनाएका थिए । उनीहरूले भूदासहरूमाथि अमानवीय कर र दस्तुर थोपरेका थिए । कशाग शासनले मात्र दुई थरी कर थोपरेको थियो । भूदासले आफ्नो जीवन चलाउन सापटी लिएर चलाउनुपथ्र्यो । ९० प्रतिशतभन्दा बढी भूदासहरू ऋणमा डुबेका थिए । भूदासहरू अनेक प्रकारले ऋणमा डुबेका थिए । आफ्ना पितापुर्खाले नतिरेको ऋण, नयाँ ऋण, सार्वजनिक दायित्वको ऋण र भूदासहरूबीच भागबन्डा गरिएको ऋण पनि भूदासहरूले तिर्नुपथ्र्यो । यस्तो ऋण पुस्तौँपुस्तासम्म पनि तिरिसकिँदैनथ्यो । एउटा पुस्ताले तिर्न नसकेको ऋण अर्को पुस्ताले एकतिहाइमात्र तिरे पुग्ने व्यवस्था थियो । तथापि ऋण तिरिसकिँदैनथ्यो । बँधुवा भूदासको ऋणको बारेमा एउटा लोकगीत थियो ः
हजुरबाको पनि हजुरबाको ऋण
मेरो बुबाको पनि बुबाले तिर्न सकेनन्
मेरो छोराको पनि छोराले
ऋणको व्याज पनि तिर्न सक्नेछैन ।
सन् १९५९–६० को तथ्याङ्कअनुसार तिब्बतको प्रजातान्त्रिक सुधारको समयमा २ लाख ३६ हजार ६ सय टन अन्न र ७० करोड तिब्बती चाँदीको मोहर बराबरको ऋण मिनाहा गरिएको थियो । सन् १९५८ मा सम्पूर्ण तिब्बतमा फलेको कुल १ लाख ७५ हजार टन अन्नभन्दा प्रजातान्त्रिक सुधारको क्रममा मिनाहा गरिएको ऋण बढी थियो ।
– धर्मको नाममा मानसिक प्रभुत्व
तीन प्रमुख राज्याधिकारीले भूदासको मानसिकतामा प्रभुत्व जमाएका हुन्थे ताकि उनीहरूले मृत्युपछि ‘स्वर्गवास’ हुने आशामा आफ्नो भाग्यलाई सहजै स्वीकारून् । उनीहरूले ‘नयाँ जीवनमा सुख पाउने आशा’ मा सबै कुरालाई अँगीकार गरून् । सन् १९१३ मा तिब्बत पुगेका जापानी भिक्षु तोकन तादाले लेखेको तिब्बती यात्रा वृत्तान्त (चिबेटो ताइजाइकी) मा लेखिएको छः“तिब्बतीहरू ज्यादै धार्मिक छन् । उनीहरू आफ्नो पाप कर्मबारे विश्वस्त छन् । उनीहरू दलाई लामाले थोपरेको चर्को करलाई मुक्तिको बाटोको रूपमा स्वीकार्छन् । उनीहरू यो जीवनमा आफ्नो पाप पखालिए अर्को नयाँ जीवनमा सुख पाइन्छ भन्ने विश्वास गर्छन् ।”
विख्यात तिब्बतविद् वाङ सेन र वाङ फुरेनले आफ्नो कृति, ‘तिब्बती लामा गुम्बामा सामन्ती सुविधा र शोषणको अन्त्य (Abolishing the Feudal Privileges and Exploitation in Tibetan Lamaist Monasteries) मा लेखिएको छः ‘सन् १९५८ देखि सन् १९५९ को वसन्तसम्म ल्हासाको पश्चिमी गाउँका एकजना तान्त्रिकले पूजाको लागि भनी २७ मानव शिर, ६ खप्पर, चारवटा खुट्टाको हड्डी, एक थान मानिसको छाला, एउटा लास, चार थान मानव आन्द्राभुँडी, आठ थुप्रा मानिसको मासु र नौ बोटल मानिसको रगत मागेका थिए ।”
सन् १९४० मा चौधौं दलाई लामाको राज्यारोहण समारोहमा अध्यक्षता ग्रहण गरेपछि राष्ट्रिय सरकारको मङ्गोलियाली र तिब्बती मामिला आयोगका प्रमुख ऊ चोङसिनले आफ्नो ‘तिब्बत मिसनका प्रतिवेदन’ मा पुरानो तिब्बतको व्याख्या गरेका छन् । “सबै वर्ग र तहका मानिस आफू जुन वर्ग वा तहको हो, अघिल्लो जन्मकै फलको रूपमा स्वीकार्छन् । उनीहरू यी सोचाइमा अभ्यस्त छन् । समाजको निम्न कोटीका मानिस पनि आफ्नो स्थानमा सन्तुष्ट छन् ।” तिब्बती जनताको आध्यात्मिक र सांस्कृतिक जीवनमा एकाधिकार जमाएर तीन प्रमुख राज्याधिकारीहरूले आफ्नो स्वार्थभन्दा विपरीतका कुनै पनि विचार वा संस्कृतिमाथि हमला गर्थे । तिब्बती विद्वान गुदेन छोपेलले तिब्बती बुद्धधर्ममा सुधार गर्नुपर्ने भनेर माग गर्दै भिक्षुहरूबीच हुने भ्रष्टाचार र नैतिक पतनबारे भण्डाफोर गरेका थिए । त्यसबापत उनलाई कशाग सरकारले जेल सजाय र मृत्युदण्ड दिएको थियो ।
Democratic Reforms in Tibet- Sixty Years On
नेपाली अनुवादः अनिता
Leave a Reply