परीक्षा प्रणालीमा गम्भीर त्रुटि
- भाद्र १२, २०८३
– हर्षबहादुर केसी
संसारका स्वाधीन मुलुकमाथि आक्रमण गर्ने, हेला–होचो, अपमान गर्ने, दबाब दिएर आफ्नो अधिनमा राख्ने र नाकाबन्दी गरेको कारण अमेरिकाको हैकम या प्रभुत्व अन्त्य हुँदै गइरहेको छ । हातहतियारमा गरिएको होडबाजी र खर्च अरु देशमा सेना तैनाथ गर्ने आदि कामले साम्राज्यवादी देश अमेरिका पतन हुँदै गइरहेको हो । विश्वमै आर्थिक सङ्कट ल्याउने अमेरिकी नियतको संसारका मुलुकले विरोध गर्नु आवश्यक छ । पछिल्लोपटक अमेरिकाले चिनियाँ सामानमा अत्याधिक कर बढाएर व्यापार युद्धको थालनी ग¥यो । अमेरिका–चीन व्यापार युद्ध नयाँ युद्धको शङ्खघोष हो कि भन्ने आशङका राजनीतिक विश्लेषकहरूले गरेका थिए ।
विश्वमै साम्राज्यवादी देशहरूको आक्रमण, थिचोमिचो र दबाबको विरोध गर्ने सृङ्खला बढ्दै छ । अमेरिकाको कारण कुनै पनि देशमा आक्रमण भएमा त्यसले आर्थिक सङ्कट निम्त्याउने छ र विश्वमै प्रभाव पार्छ । यसकारण साम्राज्यवादी नीतिको सबैले विरोध गर्नुपर्ने हो । अरु देशमा विध्वंश मच्चाउने, प्रभुत्व जमाउने र युद्ध चर्काएर हतियार बेच्न अमेरिकी षड्यन्त्र र कुचालको विरोध गर्ने र एक्लो बनाउने विश्व जनसमुदायको चाहना हो । अमेरिकाले चिनियाँ सामानमा भन्सार दर बढाएपछि चीनले अमेरिकी सामानमा पनि कर बढाउनु स्वाभाविक हो । यसरी नै अमेरिकी कुनीति, थिचोमिचो र दबाबको जवाफ दिनु जरुरी छ । प्रजग कोरियाले आणविक परीक्षण त्यसै गरेको होइन । अमेरिकाले कुनै पनि बेलामा प्रजग कोरियामा आक्रमण गर्नसक्ने सम्भावना भएकैले सोको प्रत्युत्तर दिन आणविक परीक्षण गरिएको हो । आणविक परीक्षण गरेपछि मात्र संरा अमेरिका पछि हटेको हो । अहिले पनि आणविक परीक्षणको कुरा उठाएर अमेरिकाले कुनै पनि देशसँग र देशमा सामान आयातनिर्यात गर्न नपाउने गरी प्रजा कोरियामा नाकाबन्दी ग¥यो । यो अमेरिकाको अर्काे भूल हो ।
युद्धबाट अमेरिका र चीनको मात्र होइन संसारका अरु कुनै देशको पनि हित नहुने चीनको अडान जायज हो । सन् २०११ देखि चीन दोस्रो आर्थिक शक्ति बनेको छ । सन् २०२१ सम्ममा चीन संसारकै पहिलो शक्ति बन्ने चीनको दाबी छ । चीनको त्यही प्रगति अमेरिकाको लागि एक हाँक भएको छ । चीनले आफूलाई उछिन्ने डरले नै अमेरिकाले व्यापार युद्ध थालेको हो । चीन एक अर्काको विकासमा अवरोध नगर्ने पक्षमा छ । एकले अर्काको सम्मान गर्नुपर्ने र द्विपक्षीय हितको निम्ति सहकार्य गर्नुपर्ने मान्यता चीनको हो । चीनको यस प्रस्तावमा अमेरिकाले सहमति जनाएको छैन । हो, चीन व्यापार युद्ध गर्न चाहँदैन तर आवश्यक परेमा व्यापार युद्धसँग डराउँदैन । अहिले पनि अमेरिका फेरि कर बढाउने सुरमा छ । अमेरिकाको यो कदमले चीनलाई भन्दा अमेरिका र संसारका अरु मुलुकलाई नोक्सान हुन्छ । यसकारणले पनि अमेरिकाको संसारभर विरोध भइरहेको हो, अरु देशको चीनप्रति समर्थन बढिरहेको हो ।
Leave a Reply