भर्खरै :

डेङ्गुको संक्रमण देखियो

भोजपुर, २१ साउन (रासस) : टेम्केमैयङ गाउँपालिका–३ अन्नपूर्ण भामलामा डेङ्गुका एक व्यक्तिमा डेङ्गुको संक्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमण ३७ वर्षीया हेमगङ्गा लुइटेलमा देखिएको वडा–३ का अध्यक्ष पूर्णप्रसाद राईले जानकारी दिनुभयो ।
केही समय अघिबाट बिरामी परेपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पु¥याइएकी लुइँटेलमा डेङ्गुको सङ्क्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । लुइँटेलको सोही अस्पतालमा उपचार भइरहेको छ । गाउँपालिकामा डेङ्गु देखिएपछि थप सजकता अपनाइएको गाउँपालिका अध्यक्ष धु्रवराज राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *