भर्खरै :

पुँजीवादको विकल्प समाजवाद

कुसुम
हरेक राजनीतिक दल एउटा नीति, उद्देश्य र सिद्धान्तमा स्थापित भएको हुन्छ । त्यहीं नीतिअनुसार त्यसले आफ्नो प्रचारप्रसार गर्नुका साथै जनतालाई सचेत पार्ने गर्दछ । नेपालको सन्दर्भमा एमाले, एमाओवादी, नेपाली काङ्ग्रेस, राप्रपा, मधेसी दलहरु आलोपालो गरी सरकारमा सहभागी हुनुका साथै बागडोर पनि सम्हालेका छन् । तर, देश र जनताको निम्ति सिन्को भाँच्न सकेको छैन ।
‘नेपालको संविधान– २०७२’ ले समाजवादउन्मुख सिद्धान्त अवलम्बन गरेको छ । नेपालमा बन्ने हरेक ऐन, कानुन, नीति नियम र बजेट समाजवादउन्मुख हुनुपर्ने हो । तर, त्योअनुसार हुनसकेको छैन । सरकारको कार्यशैली हेर्दा विगतको पञ्चायत र प्रजातान्त्रिक व्यवस्थाको भन्दा अलिकति पनि फरक छैन । वर्तमान सरकारले उद्घोष गरेका ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा सस्तो लोकप्रियताभन्दा अरु केही होइन ।
नेपालमा आफूलाई ठूला कम्युनिस्ट पार्टी भनाउनेहरू र हाम्रो पार्टीमात्र प्रजातान्त्रिक हो भन्ने भनाउनेहरू आफ्ना विगतका कार्यक्रम र अभिव्यक्तिहरू सम्झिँदा उपयुक्त हुन्छ । २०६२÷६३ को प्रतिगमनविरोधी आन्दोलन सफलतामा टुङ्गिनुका साथै एमाले, नेपाली काङ्ग्रेस, माओवादीलगायतका दलहरू सत्ता भागबण्डाको राजनीतिमा केन्द्रित भए । नेपाल मजदुर किसान पार्टी आन्दोलनका उपलब्धिहरूलाई आत्मसात गर्दै देशव्यापीरूपमा समाजवादी गणतन्त्र प्रचार अभियानमा जुट्यो । देशका विभिन्न ठाउँमा सभा, सम्मेलन, अन्तरक्रिया, विचार गोष्ठीलगायतका गतिविधिहरूमार्फत जनतालाई सचेत पार्ने काम गरिए । नेमकिपाका कार्यक्रमहरू हेर्दा यहाँका ठूला कम्युनिस्ट पार्टी भनाउनेहरू तिरमिराउन थाले । भर्खर जनयुद्धबाट फर्केका तत्कालीन माओवादी पार्टीका अध्यक्ष प्रचण्डले भक्तपुरमा भएको एउटा कार्यक्रममा २०० वर्षसम्म नेपालमा समाजवाद आउँदैन भने अभिव्यक्ति दिए । समाजवादी व्यवस्था बहुमत कामदार जनताको व्यवस्था हो । समाजवादी व्यवस्थामा मात्र गरीब, किसान, शोषित पीडित जनताको हक अधिकारहरु सुनिश्चित हुन्छ । नेपाल मजदुर किसान पार्टीले समाजवादको विषयमा व्यापक प्रचार प्रसार नगरेको भए यी ठूला भनाउने एमाले, एमाओवादी पार्टीहरूले समाजवादको ‘स’ समेत उच्चारण गर्दैनथे र नेपालको संविधान– २०७२ पनि समाजवादउन्मुख घोषणा हुँदैनथ्यो ।
यसबाट नेकपा र नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ताहरू समाजवाद भन्ने शब्द उच्चारण गर्न बाध्य भएका छन् । वर्तमान नेकपाका नेता, कार्यकर्ताहरूको कार्यशैली हेर्दा कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तामा हुनुपर्ने आचरण देखिएको छैन । यिनीहरूले कम्युनिस्ट पार्टीको नाम लिएर जनता ठग्ने काम गरिरहेका छन् । ‘मूलाले आफ्नो खाल्डो आफैँ खन्छ’ भनेजस्तै यिनीहरू पनि आफ्नो पतनको बाटो आफैँ बनाउँदै छन् ।
गएको शनिबार (साउन ११ गते) बीपीको को ३७ औँ र पुष्पलालको ४१ औँ स्मृति दिवसको अवसरमा वीरगञ्ज स्टडी सेन्टर (द्यष्चनगलव क्तगमथ ऋभलतभच) ले नेपालमा समाजवाद’ को विषयमा एक विमर्श कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका प्रदीप गिरी, नेकपाका घनश्याम भूसाल र राम कार्कीको उपस्थिति थियो । यी आमन्त्रित अतिथिहरू नेपालको राजनीतिक वृत्तमा नयाँ नाम होइन । दुवै पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूबाट हल भरिएका थिए । कार्यक्रममा केही बुद्धिजीवीहरूको पनि उपस्थिति थियो ।
विषयवस्तुको हिसाबले कार्यक्रम महत्वपूर्ण थियो । दुइटा राजनीतिक धारका अतिथिहरूको उपस्थिति थियो । नेपाली काँग्रेसले कल्पना गरेको समाजवाद र नेकपाले प्रचारमा ल्याएको समाजवादबीचको फरक स्रोतालाई दुवै दलका अतिथिहरूले भन्नुपर्ने थियो । तर, त्यसअनुसारको अतिथिहरूबाट अभिव्यक्ति आएन । झन्डै तीन घण्टासम्म भएको कार्यक्रममा अतिथिहरूले आफ्नै पार्टीभित्र भइरहेको गुटबन्दी राजनीति, पदको राजनीति र नेतृत्वले नेता, कार्यकर्ताहरूलाई गरिरहेका काखा–पाखा व्यवहारको खोइरो खन्नुबाहेक अरु केही पनि एनन् । यिनीहरूको अभिव्यक्ति सुन्दा केही बुद्धिजीवीहरूले यिनीहरू पार्टीभित्रका पीडित हुन् भने । अतिथिहरूले समाजवादको सबल पक्ष र दुर्बल पक्षको विषयमा विश्लेषण गरेका भए स्थानीय नेता तथा कार्यकर्ताहरू सचेत हुनुका साथै सैद्धान्तिक स्तर पनि उठ्थ्यो । तर, यिनीहरू यसरी प्रस्तुत नहुनुका मुख्य कारण स्थानीय नेता, कार्यकर्ताहरू राजनीतिकरूपमा सचेत भयो भने भोलिका दिनमा सम्हाल्न गा¥हो हुन्छ र आफ्नोे पद धरापमा पर्नसक्छ भन्ने यहाँका बुद्धिजीवीहरूको विश्लेषण रहेको छ ।
हरेक थोकको विकल्प हुन्छ । अहिलेको यो पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी व्यवस्था हो । ढिलो चाँडो यो व्यवस्था आउँछ । नेपाल मजदुर किसान पार्टीले यहाँका ठूला कम्युनिस्ट भनाउने नेताहरूलाई ‘समाजवाद’ उच्चारण गर्न बाध्य बनायो । त्यस्तै गरी भोलिका दिनमा यिनीहरू समाजवादका विशेषताको बारेमा जनता र कार्यकर्ताहरूलाई बताउन बाध्य हुनेछ । नेपाल मजदुर किसान पार्टी सिद्धान्तमा अडिग रही यहाँका ठूला कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता भनाउनेहरूले रचनात्मक आलोचना गरी कम्युनिस्ट सिद्धान्तमा अगाडि बढ्न मार्गदर्शकको भूमिका खेलिरहेका छन् । यिनीहरू साँच्चिकै कम्युनिस्ट हुन् भने ढिलो चाँडो नेमकिपाले देखाएको बाटोमा हिँड्नुको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *