भर्खरै :

गाईजात्रा परिक्रमा मार्गको अनुगमन

भक्तपुर, २१ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा मङ्गलबार गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थितरूपमा रहेका तार र पोलहरू तथा भग्नावशेष एवम् निर्माण सामग्रीहरू व्यवस्थापनबारे अध्ययन अनुगमन ग¥योे ।
बिहान ७ बजे टौमढीमा जम्मा भई प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, महानगरीय प्रहरी परिसर, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, केबुल नेटवर्क तथा इन्टरनेट प्रदायक संस्थाहरूको संयुक्त टोलीले प्रदक्षिणा मार्गमा अनुगमन ग¥यो । अव्यवस्थित रहेका तार हटाउन र व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई प्रमुख प्रजापतिले अनुगमनस्थलमै निर्देशन दिनुभयो । साथै स्थानीय जनतालाई भग्नावशेष व्यवस्थापन र निर्माण सामग्री हटाउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *