नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
म्यानमारकी नेतृ आङ सुकीले म्यानमारमा मुस्लिम अल्पसंख्यकहरुमाथि दमन भएको कुरा अस्वीकार गरेकी छिन् । संरा संघ अधिकार परिषद्ले म्यानमारमा रोहिन्गा शरणार्थीहरुमाथि भएको दमनको आरोपबारे अनुसन्धान गर्न मञ्जुर भइसकेको पछिल्लो अवस्थामा सुकीले बीबीसीसँगको अन्तर्वार्तामा मुख खोलेकी हुन् ।
सो प्रतिवेदनमा त्यहाँ केटाकेटी र किशोरकिशोरीहरु समेतको बलात्कार र हत्या भएको, निर्ममतापूर्वक कुटपिट, बेपत्ता पार्ने जस्ता गम्भीर मानवअधिकार उल्लंघनका काम भएको उल्लेख छ ।
‘आदिबासीहरुको सफाया भएको भन्ने कुरा मलाई लाग्दैन । वास्तवमा त्यहाँ जे भइरहेको छ, त्यसलाई व्याख्या गर्न जातीय दमन शब्द अलि बढी हो’, बुधबार प्रसारण गरिएको अन्तर्वार्तामा उनले भनिन् ।
संसारभर प्रजातन्त्रका नायकका रुपमा चर्चित र सन् १९९१ मा नोबेल पुरस्कारबाट पुरस्कृत भएकी सुकी स्वंय संलग्न भएको सरकारमाथि म्यान्मारका मुस्लिमहरुमाथि दमन गरेको आरोप लाग्दैआएको छ । उनको सरकार गठन भएको भर्खर एक वर्ष मात्र भएको छ । म्यानमार सरकारले रोहिन्गा मुसलमानहरुलाई बंगलादेशबाट आएका अवैध शरणार्थी भन्दै आएको छ ।
तटवर्ती राखिन प्रान्तमा रोहिन्गा जातिमाथि भएको निर्मम सैनिक दमनको विषयमा गत महिना संरा संघ मानवअधिकार परिषद्ले ‘अल्पसंख्यकहरुमाथि भएको संसारकै निर्मम दमन’ भन्दै अनुसन्धान गर्ने निर्णय गरेको थियो ।
यो महिनाका शुरुमा संरा संघीय मानव अधिकार उच्चायुक्त कार्यालयले म्यानमारबाट भागेका मानिसहरुको अन्तर्वार्तासहित प्रतिवेदन सार्वजनिक गरेको थियो । सो प्रतिवेदनमा त्यहाँ केटाकेटी र किशोरकिशोरीहरु समेतको बलात्कार र हत्या भएको, निर्ममतापूर्वक कुटपिट, बेपत्ता पार्ने जस्ता गम्भीर मानवअधिकार उल्लंघनका काम भएको उल्लेख छ ।
म्यान्मारको सरकारी सेनाले त्यस्ता उल्लंघनका घटना भएका छन् ।
नेतृ सुकीले भने आफूलाई १५ वर्ष घरमा नजरबन्द गरेको सेनाले त्यस्ता काम नगरेको भन्दै प्रतिरक्षा गरेकी छन् । बरु त्यहाँ जातीय द्वन्द्व भडकिएको बताएकी छिन् ।
‘त्यहाँ मुसलमानहरुले मुसलमानहरुको हत्या भइरहेको छ । उनीहरु एकले अर्कोलाई राज्यसँग सहकार्य गरिरहेको आरोप लगाउँदै हानाहान गरिरहेका छन् । तर त्यहाँ कुनै जातीय दमनका काम भइरहेको छैन ।’, सुकीले भनिन् ।
उनले म्यान्मारका सेना बलात्कार गर्न, यातना दिन र कुटपिट गर्न खुला नै नभएको दाबी गरिन् ।
‘उनीहरु त्यहाँ हवाईजहाजका जान्छन् र त्यहीमा फर्कन्छन् । त्यसमाथि संविधानमै लेखिएको छ, सेनाको मामिला सेनालाई छोडिनुपर्ने कुरा । ’, संविधानको त्यो धारा परिवर्तन आफू संघर्ष गरिरहेको भन्दै उनले भनिन् ।
म्यान्मारमा ७० वर्ष लामो बहुपार्टी द्वन्द्व अन्त्य गर्न भएको शान्ति वार्ताको अन्तिम चरणमा सकीले थुप्रै सशस्त्र समूहसँग वार्ता गर्न बनेको शान्ति केन्द्र नै विघटन गरेकी थिइन् । केही विश्लेषकहरुले शान्ति केन्द्र बन्द गर्नु सुकीको गल्ती भएको भन्दै त्यसबाट अल्पसंख्यक आदिबासीहरुको विश्वास जितेका मध्यस्थकर्ताहरुलाई गुमाएको विचार राखे ।
‘सुकीसँगको बैठकलाई आदिबासी नेताहरु कुनै हेडमिससँगको बैठकको रुपमा महसुस गरेका छन् । सुकी हेडमिस र अरु नेताहरु विद्यार्थीहरु । उनी आफूलाई सधैं माथि राखेर र अरुलाई सधैं तल राखेर व्यवहार गर्छिन् ।’ एक जना पूर्व शान्तिवार्ताका मध्यस्थकर्ताले भने ।
सन् २०१६ को अक्टोबरदेखि म्यान्मारका सेनाले उत्तरी क्षेत्रमा रोहिन्गा आदिबासीहरुमा गरेको दमनका कारण अहिलेसम्म ७५ हजार मानिस बंगलादेश भागिसकेका छन् । संरा संघको प्रतिवेदनअनुसार हालसम्म १ हजारभन्दा बढी सर्वसाधारणको हत्या भइसकेको छ ।
Leave a Reply