भर्खरै :

ट्रमा सेन्टरमा आत्महत्या किन ?

-अदम्य
बिहीबार काठमाण्डौको नेशनल ट्रमा सेन्टरमा एक जना महिलाले आत्महत्या गरिन् । यो समाचारले चाक्लो अखबारका भित्री पृष्ठको कुनै सानो कुनामा अट्नेसम्मको हैसियत राख्ला । तर यसभित्रको आन्तर्य केलाउने हो भने यो सानो समाचारले नेपाली जनजीवनका आधारभूत क्षेत्रमा झाँगिएको भयानक पूँजीवादी विषवृक्ष प्रतिविम्बित गरेको छ । किन एक जना उपचारको लागि अस्पतालमा भर्ना भएकी महिला(यहाँ पुरुष पनि हुनसक्छ ।)ले आत्महत्याको बाटो रोजिन् ? त्यो निर्णय लिनु अघि उनले कस्ता–कस्ता मानसिक विग्रह भोग्नुपरेको हुँदो हो । जीजिविषाले अस्पताल आएको एउटा जीवन किन मृत्युको बाटो हिड्न बाध्य भयो ? यो समाचार आजको मितिसम्म समाचार बनेको छ । तर नेपाली समाज यही गतिमा पूँजीवादी बाटोमा अघि बढ्दै जाने हो भने यस्ता घटना समाचार बन्न छोड्ने दिन धेरै टाढा छ जस्तो लाग्दैन ।

वास्तवमा ट्रमा सेन्टरमा भएको आत्महत्या नेपाली समाज क्रमशः जर्जर पूँजीवादी भासमा फस्दै गएको टिठलाग्दो वास्तविकताप्रतिको विद्रोह हो । पूँजीवादी समाजको उकुसमुकुसपूर्ण वातावरणप्रतिको असन्तोष हो । नयाँ संविधान, समाजवादउन्मुख समाज आदि झुठ्ठा शब्दहरु बजारमा बेचेर नेपाली जनताको अन्तिम थोपा रगत पनि शोषण गर्ने नवउदार अर्थतन्त्रप्रतिको रोष हो–त्यो आत्महत्या ।

वास्तवमा ट्रमा सेन्टरमा भएको आत्महत्या नेपाली समाज क्रमशः जर्जर पूँजीवादी भासमा फस्दै गएको टिठलाग्दो वास्तविकताप्रतिको विद्रोह हो । पूँजीवादी समाजको उकुसमुकुसपूर्ण वातावरणप्रतिको असन्तोष हो । नयाँ संविधान, समाजवादउन्मुख समाज आदि झुठ्ठा शब्दहरु बजारमा बेचेर नेपाली जनताको अन्तिम थोपा रगत पनि शोषण गर्ने नवउदार अर्थतन्त्रप्रतिको रोष हो–त्यो आत्महत्या ।
बजारमा बेलगाम मिसावटपूर्ण खाना, प्रदुषण, न्यून जीवनस्तरका कारण नलाग्नु रोग लाग्यो । रोग लाए पनि मानिसभित्रको बाँच्ने अभिलाषा मर्दो रहेनछ । नाफाका लागि पसल थपेजस्ता अस्पतालहरुमा उपचार गर्न लागियो । घरमा विरामी पालेर परिवार कस्तो हुन्छ, थाहा नभएको को छ र ? आमाको मन, अभावको जीवन, मुटु बेचेर मुटुको उपचार गर्नुपर्ने महङ्गी, लथालिङ परिवार र सपनाहरु–अनि आत्महत्या । के कारण भयो ? प्रष्ट छ, यसको कारण नाफाका लागि झुण्डिन तयार हुने पूँजीवादी बन्दोबस्त । यो विश्लेषणलाई ‘राजनीति’ भनेर कोही चोखो बच्न सक्दैन । नाफालाई प्राण मान्ने बन्दोबस्त भएसम्म अस्पताल जीवन दिने थलो होइन, मरेको त मर्छ बाँच्नेहरु पनि ज्युँदै मार्ने गर्दछ । ट्रमा सेन्टरलाई देखाएर सरकारी अस्पतालमा पनि किन भन्ने प्रश्न आउन सक्छ । पूँजीवादी बन्दोबस्तमा सरकारी सम्पत्तिका लागि दुई वटा विकल्प हुने गर्दछ–कि त असफल प्रमाणित हुनु अथवा आफै पनि नाफाको टेकोमा उभिनु । ट्रमा सेन्टर यसको अपवाद हुन सक्दैन ।
अस्पतालमा एउटी महिलाले गरेको आत्महत्यालाई एउटा भावनात्मक समाचारको रुपमा मात्र हेर्नु पुग्दो होइन । किन यो परिस्थिति आइलाग्यो भन्ने कुराको विशद् विश्लेषण हुन जरुरी छ । ठूलठूला शब्दावली प्रयोग गर्दा यो राजनीति होला, दर्शन होला । तर जीवनका भयावह अवस्थाको कारण खराब राजनीति, दर्शन र अर्थनीति नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *