भर्खरै :

पानी सोस्ने व्लक काठमाडौँमा स्वीकृत

काठमाडौं, २१ साउन ।
भुइँमा बिछ्याउने पानी सोस्ने ब्लक काठमाडौँ जिल्लाको आर्थिक वर्ष २०७६÷७७ को जिल्ला दररेटमा स्वीकृत भएको छ । २०७६ असार ३० गते प्रकाशित काठमाडौँ जिल्लाको स्वीकृत जिल्ला दररेटअनुसार पानी सोस्ने ब्लक ७० मिलिमिटर मोटाइ कलर ब्लकको रु. एक सय ३५ प्रतिवर्गफिट र ७० मिलिमिटर साधारण कलर ब्लकको रु. एक सय २० प्रतिवर्गफिट स्वीकृत भएको हो ।
ब्लक भक्तपुरस्थित गोर्खा प्रिकाष्ट एण्ड विण्डोरले बनाउँदै आएको हो । यो प्रविधिको व्लक चीनलगायत विकशित देशहरूमा दशकौँ अगाडिदेखि प्रयोगमा आइसकेको जनाइएको छ । व्लक नेपाललगायत दक्षिण एसियाली देशहरूमा अनुपम रहेको जनाइएको छ । व्लक स्वचालित मेसिनद्धारा बनाइएको जनाइएको छ ।
ब्लकको गुणस्तर कायम राख्न हरेक व्याचको व्लकलाई गुणस्तर मापनपश्चात् मात्र बजारमा पठाउने गरेको जनाइएको छ । यसमा भारबहन क्षमता एम २० रहेको जसमा हलुका सवारीसाधन गुडाउने सक्ने जनाइएको छ । ब्लक स्वदेशमै रहको बालुवा, सिमेन्ट, चिप्स र विशेष प्रकारको केमिकल प्रयोग गरी बनाइएको बताइएको छ । ब्लक नेपालको जुनसुकै ठाउँमा पनि उपलव्ध गराउन सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *