नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले भारतको मोदी सरकारले सोमबार जम्मु–काश्मीर र अक्साई चीनबारे लिएको कदम सार्क देशको हितमा नभएको हुँदा उक्त कदमको विरोध एवम् निन्दा गरी पार्टीले वक्तव्य दिने निर्णय ग¥यो । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ः

प्रेस वक्तव्य

२०७६ साउन २२
अलग झन्डा र फरक संविधान भएको राज्य कुनै पनि देशको अभिन्न अङ्ग हुने गर्दैन । यस अर्थमा  र ‘विशेष अधिकार’ को अर्थ फरक राज्यहरूको सम्बन्धलाई जनाउँछ ।
नेपाल र भारतबीचको विशेष सम्बन्धको अर्थ नेपाल अर्को जम्मु–काश्मिर होइन । साथै ‘अक्साई चीन’ नामले नै सो क्षेत्र चिनियाँ क्षेत्र भन्ने थाहा हुन्छ । त्यहाँका नदी–नाला र पहाड–पर्वतको नामसमेत चिनियाँ भाषामा छ, साथै त्यसबारे चीन र भारतले त्यस क्षेत्रलाई इतिहासले छोडेका विवादित क्षेत्र तथा ऐतिहासिक तथ्य र प्रमाणहरूको आधारमा वार्ताद्वारा निर्णय गर्ने समझदारी भएको थियो । तर, अहिले ‘अक्साई चीन’लाई भारतको केन्द्रीय शासनअन्तर्गत राख्ने निर्णयले चीन र भारतबीचको समझदारीमा खलल पु¥याएको छ ।
सार्क देशहरूको सीमासँगै जोडिएका क्षेत्रहरूमा भारतले गर्ने हरेक सैनिक गतिविधिले सार्क देशका जनता भारतीय थिचोमिचो र विस्तारवादको अनुभव गर्छन् । यसकारण सार्क देशहरूका सबै प्रगतिशील र प्रजातन्त्रमा विश्वास गर्ने जनताले भारतको जम्मु–काश्मिर र अक्साई चीनबारे गरिएको सैनिक कारबाही शान्तिपूर्ण र वार्ताद्वारा समस्या समाधान गर्ने उद्देश्यमाथि कुठाराघात हो ।
भाषा, धर्म, जाति र क्षेत्रको आधारमा राज्य विस्तार गर्ने कार्य इटालीको मुसोलिनीको फासीवाद र जर्मनीको हिटलरको नाजीवाद हो । नेपाल मजदुर किसान पार्टी भारतीय जनता पार्टीको फासीवादी र नाजीवादी नीति एवम् बडाराष्ट्र अहङ्कारवादको निन्दा एवम् विरोध गर्दछ ।

प्रेम सुवाल
सचिव