भर्खरै :

हङकङमा हिंसा र अराजकता फैलिन नदिन चीन सरकार प्रतिबद्ध

शेनचेन, ८ अगस्ट । चीन सरकारका एक जना उच्चपदस्थ अधिकारीले बुधबार हङकङमा सबभन्दा महत्वपूर्ण काम हिंसा र अराजकता रोक्नु र शान्ति सुव्यवस्था कायम राख्नुभएको बताउनुभएको छ ।
चीनको राज्य परिषद्अन्तर्गत हङकङ र मकाउ मामिला कार्यालय र हङकङ विशेष प्रशासकीय क्षेत्रको केन्द्रीय जनसरकारको सम्पर्क कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै हङकङ तथा मकाउ मामिला कार्यालयका निर्देशक झाङ स्याओमिङले आफ्नो मातृभूमिमा फर्किए यता हङकङ सबभन्दा गम्भीर समस्यामा रहेको बताउनुभयो ।
५५० भन्दा बढी चिनियाँ अधिकारी सहभागी सो कार्यक्रममा निर्देशक स्याओमिङले हङकङमा स्थायित्व कायम राख्न केन्द्रीय सरकारले अवलम्बन गरेका नीतिबारे प्रकाश पार्नुभयो ।
“यदि हिंसा र अराजकताको अवस्था कायम रहे हङकङका नागरिकको जीवन र सम्पत्तिमाथि खतरा हुनेछ । हङकङ विशेष क्षेत्रको सरकारी प्रशासन, हङकङको कानुनी शासन, त्यहाँको समृद्धि र स्थायित्व तथा एक देश दुई व्यवस्था नीति नै बिथोलिन सक्नेछ”, उहाँले भन्नुभयो ।
“हङकङका जनताले यो अवस्था आउन दिनेछैनन् । चीनका सबै जनताले यस्तो परिणाम आउन दिने छैनन् ।” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *