भक्तपुर बहिरा सङ्घको ३० औँ वार्षिक साधारणसभा तथा १५ औँ अधिवेशन उद्घाटन
- भाद्र २०, २०८३
– दानबहादुर कपाली
गाईजात्रा आउनै लागेको छ । विशेषगरी यो जात्रा नेवार बस्ती या समुदायमा हुन्छ । देशका विभिन्न ठाउँमा हुने गाईजात्रामध्ये भक्तपुरको गाईजात्राको विशेष पहिचान र मौलिकता छ । गाईजात्राको बेला हुने घिन्ताङघिसी, नाचगान र ‘ताहामचा’ आदि निश्चित बाटो भई नगर परिक्रमा गरिन्छ । कुनै व्यक्तिलाई आफू अनुकूल बाटो भएर घुमाउन पाइँदैन । नगर बाहिर या नगरकै नयाँ बस्तीबाट आएको घिन्ताङघिसी पुरानो बस्तीको निश्चित मार्ग भेटिएपछि त्यही बाटोबाट नगर परिक्रमा गरिन्छ । गाईजात्राको दिन सो बाटोमा कुनै समस्या नहोस् भनेर भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको नेतृत्वको एक प्रमण्डलले केही दिनअघि निरीक्षण गरिसकेको छ । जिल्ला प्रशासन, विद्युत् प्राधिकरण आदिका प्रतिनिधिहरू रहेको सो टोलीले बाटामा रहेका निर्माण सामग्री र अव्यवस्थित तारको व्यवस्थापन गर्न जोड दियो ।
अहिले पनि गाईजात्राको रुटमा घर निर्माण कार्य जारी छ । बाटामा निर्माण सामग्रीहरू राखिएका छन् । त्यसो त गाईजात्रा सुरु हुनुभन्दा पहिले ती सामग्रीहरू हटाउने वचन घरधनीहरूले दिएका छन् । गाईजात्रामा अवरोध हुने गरी कुनै पनि घरधनीले सामान राख्नुहुँदैन । हाल भए पनि त्यो समयमै हटाउनुपर्छ । गाईजात्राको रुटमा कतिपय तारहरू व्यवस्थित गरिसकेको छ । कति घर धनीहरूले आ–आफ्ना सामानहरू पन्छाउँदै छन् भने कतिपयले निर्माण कार्य चालू राखेर निर्माणका सामग्री बाटामै राखिरहेका छन् । गाईजात्रालाई मध्यनजर गरी नपाले स–साना खाल्डाखुल्डीहरूमा इँटा छाप्ने काम गरिरहेको छ । गाईजात्राको बेला गाईजात्राभर बाटोमा अवरोध हुने गरी कुनै किसिमका निर्माण सामग्री राख्नु हुँदैन भन्ने सबैको जोड हो ।
यसैबीच भनपाले गाईजात्रालाई ध्यानमा राखेर नै साउन २८ गते गाईजात्राको रुटमा सरसफाइ गर्ने भएको छ । बिहान ७ बजेदेखि सुरु हुने सो सफाइ कार्यक्रममा सरिक हुन पुरानो नपा भवनअघि लाय्कु दरबारस्क्वायरमा भेला हुन आग्रह गरिएको छ । प्राप्त जानकारीअनुसार दरबार क्षेत्रमा भेला भएर वडा नं. १ देखि ५ सम्मको टोली खौमा, टेखापुखु, नासमना, टौमढी हुँदै दत्तात्रय र वडा नं ६ देखि १० सम्मको टोली चोछेँ, भोलाछेँ, क्वाठण्डौ हुँदै दत्तात्रयमा पुगेर सभामा परिणत हुनेछ । यो सफाइ अभियानले गाईजात्रा रुट अझ बढी सफा हुने जनताको विश्वास छ । यसअघि भनपाले महिनाको १ गते र १५ गते अर्थात् महिनाको दुई दिन सरसफाइ गर्दै आइरहेको छ । उक्त सफाइ अभियान नगरको सम्पदा स्थल, ऐतिहासिक स्थल, अन्य महत्वपूर्ण स्थल तथा प्राथमिकताको आधारमा विशेष स्थानहरूमा हुँदै आएको हो । सफाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवी, व्यवसायी, विद्यार्थी, किसान, मजदुर, युवा, महिला, प्राध्यापक, स्काउट, सहकारीकर्मी, खेलाडी, प्रहरी आदिको व्यापक उपस्थिति हुन्थ्यो ।
Leave a Reply