स्वास्थ्य सेवामा लगातार विकास

बितेका ६० वर्षमा तिब्बतले चिकित्सा र स्वास्थ्य सेवामा लगातार प्रगति गरेको छ । चीनका अन्य क्षेत्रमा भएको विकासको लय समात्दै तिब्बतमा पनि जनताको स्वास्थ्यको अधिकार सुरक्षा गरिएको छ । चिकित्सा प्रणाली, मातृ स्वास्थ्य तथा बाल स्वास्थ्य, तिब्बती चिकित्सा तथा थेरापी र विभिन्न रोगको रोकथाम र नियन्त्रणमा उल्लेख्य प्रगति भएको छ । सन् १९७० दसकको उत्तर्राद्धसम्ममा तिब्बतमा महामारीको रूपमा लिइने महत्वपूर्ण स्वास्थ्य सेवालाई नियन्त्रणमा लिइसकेको थियो । सङ्क्रामक र महामारी रोग लाग्ने र त्यसै कारण मृत्युवरण गर्ने अवस्था त्यत्तिबेलासम्ममा निकै कम भइसकेको थियो । चिकित्सा तथा स्वास्थ्य पूर्वाधारको क्षेत्रमा सुधार गर्न मूर्त काम भइसकेको थियो । ७१ वटा काउन्टी तहको अस्पतालका साथै सबै तहमा अस्पतालहरू जीर्णोद्धार र विस्तार गरिसकेको थियो । क्षेत्रीय, नगरपालिका (प्रिफ्याक्चर), काउन्टी र नगरस्तरीय स्वास्थ्य सेवा प्रणालीको विकास भइसकेको थियो । यो समग्र स्वास्थ्य सेवा प्रणाली मुख्यतः सरकारी लगानीमा आधारित छ । केही व्यक्तिगत दस्तुरले त्यसलाई टेवा पु¥याएको छ । असाध्य रोग र चिकित्सकीय सहायताको लागि सामाजिक लगानीको रूपमा त्यस्तो व्यवस्था गरिएको थियो । केन्द्रीय सरकारले तिब्बतको स्वास्थ्य सेवाको लागि विशेष ध्यान दिएको थियो । देशकै विख्यात अस्पतालमा तालिमका लागि तिब्बतका स्वास्थ्यकर्मीहरू पठाउने गरिएको छ । तालिम प्राप्त स्वास्थ्यकर्मीलाई तिब्बत स्वशासित क्षेत्रीय जनअस्पताल र सात सहर (प्रिफ्याक्चर) का अस्पतालमा काम गर्ने जिम्मेवारी दिइन्छ । यसले तिब्बतको समग्र स्वास्थ्य तथा चिकित्सकीय सेवा विकासमा मद्दत पुगेको छ ।
तिब्बती औषधि र थेरापीलाई प्रभावकारी तरिकाबाट संरक्षण गरिएको छ । पुस्तौँ पुस्तादेखि तिब्बतका ती औषधि र थेरापी हस्तान्तरण हुँदै आएको छ । सबै सहर (प्रिफ्याक्चर) र काउन्टीहरूमा तिब्बती औषधिले उपचार गर्ने अस्पतालहरू स्थापना गरिएको छ । साथै तिब्बती थेरापीको स्तरको लगातार नियमन र अनुगमन हुँदै आएको छ । बाह«ौँ पञ्चवर्षीय योजना (२०११–२०१५) को आरम्भदेखि परम्परागत चिनियाँ औषधिसम्बन्धी सरकारी कार्यालयले चीनका २९ जनजातिका चिकित्सकीय पद्धतिका विज्ञहरू भेला गरी उनीहरूको विज्ञता अध्ययन गरी १५० भागको पुस्तक शृङ्खला प्रकाशित गरेको छ । त्यसमध्ये तिब्बती औषधि र थेरापीबारे मात्र २० वटा पुस्तक तयार भएका छन् । तिब्बतका दस वटा व्यावहारिक चिकित्सकीय प्रणालीबारे त्यसमा उल्लेख छ । सन् २०१८ मा तिब्बतको सोवा रिग्पा चिकित्सकीय स्नान पद्धति युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदाको नामावलीमा समावेश गरियो । सन् २०१८ को अन्त्यसम्ममा तिब्बतमा तिब्बती चिकित्सा पद्धतिअनुरुप ५० वटा अस्पताल खोलियो । तिनमा २ हजार ४१२ वटा शैय्याहरू छन् ।
परम्परागत चिनियाँ चिकित्सा पद्धति, पश्चिमा चिकित्सा पद्धति र तिब्बती चिकित्सा पद्धति समावेश भएको चिकित्सकीय तथा स्वास्थ्य सेवा प्रणाली अहिले ल्हासालाई केन्द्र मानेर तिब्बती स्वशासित क्षेत्रभरि फैलिएको छ । तिब्बतमा विभिन्न प्रकारका १ हजार ५४७ चिकित्सा प्रतिष्ठानहरू छन् । तिनमा १६ हजार ७८७ शैय्या छन् । १९ हजार ३५ जनाले रोजगारी पाएका छन् । प्रजातान्त्रिक सुधारभन्दा पहिलेको समयावधिको तुलनामा अहिले चिकित्सा प्रतिष्ठानको सङ्ख्यामा २४ गुणाले, अस्पतालको शैय्याको आधारमा ३५ गुणाले र स्वास्थ्य क्षेत्रमा रोजगारहरूको आधारमा २३ गुणाले विकास भएको छ । मुक्तिको लगत्तै तिब्बतको बाल मृत्यु दर प्रतिहजार ५० थियो भने सन् २०१७ सम्ममा त्यो दर घटेर अहिले प्रतिहजार १.०२ पुगेको छ । शिशु मृत्यु दर पहिले प्रतिहजार ४३० जना थियो भने अहिले प्रतिहजार १०.३८ जनामा झरेको छ ।
सामाजिक सुरक्षा व्यवस्थामा उल्लेख्य वृद्धि
पुरानो तिब्बतमा घरबारविहीन मगन्तेहरू जताततै भेटिन्थे । राजधानी ल्हासामा समेत त्यस्ता मगन्तेको कुनै कमी थिएन । मुक्तिपछि तिब्बतको कार्य समितिले गरिबीमा बाँचिरहेका मानिसलाई सहायतास्वरुप खाना बाँडियो । प्रजातान्त्रिक सुधारपछि सामाजिक सुरक्षा प्रणाली तर्जुमा गरियो । सामाजिक सुरक्षा प्रणालीलाई ‘पाँच प्रमुख बीमा’ भनी जानिन्थ्यो । त्यसअन्तर्गत जीवन बीमा, बेरोजगारी बीमा, काम गर्ने शिलशिलामा हुने कुनै प्रकारको चोटपटकको बीमा, स्वास्थ्य बीमा र मातृत्व बीमा पर्दछन् । आज तिब्बतका सबै ग्रामीण तथा सहरी क्षेत्रमा यस्तो बीमाको प्रणाली लागू गरिएको छ । यस्तो प्रणालीले ३७ लाख १० हजार मानिस लाभान्वित भएका छन् । सन् २०१७ मा तिब्बतका ३ लाख ७५ हजार ३३१ जना मानिस जीवन बीमा कार्यक्रम, ५ लाख ३२ हजार ३२६ जना आधारभूत स्वास्थ्य बीमा, ८४२ जना कार्यस्थलमा हुने दुर्घटनाको बीमा, १४ हजार ३४२ जना मातृत्वसम्बन्धी बीमा र ३० हजार ५७७ जना बेरोजगारी बीमाबाट लाभान्वित भए ।
बीमासम्बन्धी नीतिमा क्रमशः सुधार भइरहेको छ । मजदुरलाई जीवन बीमा र सहरी मजदुर एवं सहरी बासिन्दालाई स्वास्थ्य बीमासम्बन्धी चीनको व्यवस्था उत्कृष्ट मानिन्छ । पिछडिएका मानिसलाई आधारभूत जीवन निर्वाह भत्तामा सुधार भइरहेको छ । सन् २०१७ मा ७४ वटा काउन्टी (जिल्ला) मा ६० वर्षभन्दा माथि उमेरका नागरिकलाई निवृत्तिभरण प्रदान गरियो । यसरी निवृत्तिभरण बुझ्ने नागरिकको सङ्ख्या २ लाख ८३ हजार ६४७ जना थिए । सहरी मजदुरको लागि स्वास्थ्य बीमाबापत पाउने सेवा अधिकतम ३ लाख र सहरी बासिन्दाको लागि अधिकतम २ लाख बराबर हुने व्यवस्था छ । सन् २०१९ को जनवरी १ मा तिब्बतको सरकारले न्यूनतम निर्वाह भत्ता सहरी बासिन्दाको लागि प्रतिवर्ष प्रतिपरिवार ९ हजार ६०० र ग्रामीण बासिन्दाको लागि प्रतिवर्ष प्रतिपरिवार ४ हजार ४५० युआनको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, ज्येष्ठ एकल व्यक्ति, टुहुरा र अशक्तलाई ‘पाँच सुनिश्चितता’ (Five Guarantees) को लागि थप प्रतिवर्ष प्रतिव्यक्ति ४ हजार ९४० युआन उपलब्ध गराइन्छ । पाँच सुनिश्चितता भन्नाले खाना, लुगा, स्वास्थ्य सेवा, आवास र मरेको अवस्थामा क्रियाखर्च भन्ने बुझिन्छ ।
पर्यावरणीय प्रगति
पृथ्वीको तेस्रो धु्रवको केन्द्रमा रहेको तिब्बतले तिब्बत पठारको पर्या–पर्यावरणको संरक्षण गरेर विश्वव्यापी पर्यावरणीय सन्तुलन कायम राख्न रणनीतिक भूमिका खेलेको छ । केन्द्र र क्षेत्रीय सरकारले वर्षौंदेखि सधैं पठारको पर्यावरणमैत्री वातावरण जोगाउन उच्च प्राथमिकता दिंँदै आएको छ । सरकारले यसको निम्ति शिलशिलाबद्ध योजना र कार्यक्रम अघि बढाउँदै आएको छ ।
पर्यावरणीय संरक्षणमा बलियो पहल
पुरानो तिब्बतको अर्थतन्त्र निकै अविकसित थियो । मानिसहरू प्राकृतिक वातावरणमा मात्र बाँच्न सक्थे । प्रकृतिबाट जे प्राप्त गर्न सकिन्छ, ती वस्तुको प्रयोग गरे । तिब्बतको समाज र अर्थतन्त्रको विकाससँगै विशेषतः विश्वव्यापी तापमान वृद्धिपछि तिब्बतको पर्यावरणीय वातावरण जोगाउनुपर्ने आवश्यकता तड्कारो बन्यो । यस्तो अवस्थामा ती समस्या समाधानको लागि केन्द्र र क्षेत्रीय सरकारले विभिन्न थरीका कदम चाले । सन् १९५७ मा तिब्बत स्वशासित क्षेत्रको सरकारले वातावरणीय संरक्षणको लागि एउटा नेतृत्वदायी समूह गठन ग¥यो  । सन् १९८३ मा क्षेत्रीय स्तरको वातावरण संरक्षण विभाग स्थापना ग¥यो । सङ्गठन, व्यवस्थापन, नियम–कानुनमा प्रगतिसँगै तिब्बतले पर्यावरण र वातावरणीय प्रगतिलाई टेवा पु¥याउने खालको चुस्त विकासको पथमा अघि बढ्यो । क्षेत्रीय सरकारले विभिन्न स्थानीय कानुन जारी ग¥यो । तिब्बत स्वशासित क्षेत्रको वातावरणीय संरक्षण नियमावली, तिब्बत स्वशासित क्षेत्रको वायुमण्डल प्रदूषण नियन्त्रणसम्बन्धी नियमावली, पर्यावरणीय र वातावरण संरक्षणको सुरपरिवेक्षण र प्रशासनको लागि तिब्बत स्वशासित क्षेत्रका कार्यविधि आदि त्यस्ता नियम कानुनका केही उदाहरण हुन् । त्यस्तै केन्द्रीय सरकारका केही नियम कानुन पनि अङ्गीकार गरियो । प्राकृतिक स्रोतसम्बन्धी जनवादी गणतन्त्र चीनको नियमावली, जनवादी गणतन्त्र चीनको पानीसम्बन्धी कानुन, पानी र माटो संरक्षणसम्बन्धी जनवादी गणतन्त्र चीनको कानुन, चरन क्षेत्रसम्बन्धी जनवादी गणतन्त्र चीनको कानुन आदि पनि पालना गरियो । निर्देशक विचारजस्तै सुन्दर तिब्बत निर्माणसम्बन्धी विचार, राष्ट्रिय पर्यावरणीय अवरोध र पर्यावरणीय प्रगतिलाई अघि बढाउने विचारबारे पनि तिब्बतको पर्यावरणीय वातावरण संरक्षणमा अवलम्बन गरियो ।
प्रकृति तथा जलाधार क्षेत्रको विकास गर्न, जङ्गली बोटबिरुवाको संरक्षण गर्न, जलस्रोतको संरक्षण तथा व्यवस्थापन, मरुभूमीकरण हुन जोगिने र नियन्त्रण गर्न, कृषि भूमि र चरनभूमिलाई पुनः जङ्गल र घाँसेमैदानमा परिणत गर्न र घाँसे मैदानको पर्यावरणको संरक्षण गर्न ती नियम कानुनले कानुनी आधार बनाइदियो । सन् २०१७ मा तिब्बतको क्षेत्रीय सरकारले वृक्षरोपण गरेर हरियाली बढाउने निर्णय जारी ग¥यो । सो निर्णयअनुसार हरेक व्यक्तिलाई पाँच वटा रुख रोप्न र वृक्षारोपण कार्यक्रममा सबै परिवार र गाउँले सहभागिता जनाउन आह्वान ग¥यो ।
प्राकृतिक र पर्यावरणीय स्रोत विस्तार गर्ने
सन् १९८८ मा छोमोलोमा (सगरमाथा) प्राकृतिक संरक्षण क्षेत्र स्थापना भयो । त्यसयता तिब्बतमा सबै थरीका ४७ वटा त्यस्ता संरक्षण केन्द्र स्थापना गरिए । तीमध्ये ११ वटा केन्द्रीय स्तरका संरक्षण केन्द्र हुन् । प्राकृतिक संरक्षण केन्द्रले ४ लाख १२ हजार २०० वर्गकिलोमिटर ओगटेको छ । तिब्बत स्वशासित क्षेत्रको कूल क्षेत्रको ३४.३५ प्रतिशत भूमि त्यस्ता प्राकृतिक संरक्षण क्षेत्रले समेटेको छ । तिब्बतमा २२ वटा पर्यावरणीय संरक्षण क्षेत्र छन् । तीमध्ये एउटा केन्द्रीय स्तरको छ भने ३६ वटा काउन्टीले आफ्नो क्षेत्रको पर्यावरण संरक्षणको लागि केन्द्रीय सरकारबाट बजेट पाउने गरेका छन् । ती काउन्टीमा चार वटा राष्ट्रिय प्राकृतिक सौन्दर्य क्षेत्र, नौ वटा राष्ट्रिय जङ्गल पार्क, २२ वटा राष्ट्रिय जलाधार पार्क र तीन वटा राष्ट्रिय भौगोलिक पार्क पर्छन् । तिब्बतको पर्यावरणीय वातावरण संरक्षण गर्न र प्रकृति संरक्षणको लागि गुमाउनु परेको अवसरबापत केन्द्रीय सरकारले तिब्बतलाई पर्यावरणीय क्षतिपूर्ति थप्दै गएको छ । सन् २००१ यता केन्द्रीय सरकारले तिब्बतका ज·ल, घाँसेमैदान, जलाधार र प्रमुख पर्यावरणीय क्षेत्रको संरक्षणको लागि ३१ अर्ब ६० करोड युआन बराबरको पर्यावरणीय क्षतिपूर्ति दिएको छ ।
जैविक विविधताको प्रबद्र्धन
तिब्बतका यार्लुङ जाङ्गबो (Yarlung Zangbo) नदी, नुचियाङ्ग (Nujiang) नदी, ल्हासा नदी, नैनचु (Nianchu) नदी, यालोङ्ग (Yalong) नदी र शिछ्वान (Shiquan) नदीका जलाधार क्षेत्रमा वृक्षरोपण परियोजना र जैविक सुरक्षा गर्ने संरक्षण पर्खाल परियोजना बनाउन उल्लेख्य प्रगति गरेको छ । तिब्बत स्वशासित क्षेत्रमा अहिले १ करोड ६० लाख २० हजार हा ज·ल छ । कुल क्षेत्रफलको १२.१४ प्रतिशत भूमि जङ्गलले ढाकेको छ । वन पैदावर बढेर २ अर्ब २८ करोड क्युबिक मिटर पुगेको छ । प्राकृतिक घाँसेमैदानको विस्तृत पर्यावरण क्षेत्र तिब्बतको कुल जमिनको ४५.९ प्रतिशत पुगेको छ । प्राकृतिक घाँसेमैदान क्षेत्र ८ करोड ८९ लाख ३० हजार हा(जमिन नाप्ने स्थानीय एकाइ पुगेको छ । जलाधार क्षेत्रको क्षेत्रफल ६५ लाख ३० हजार हा छ । तिब्बतमा केन्द्रीय र क्षेत्रीय तहको संरक्षणमा १४१ वटा ज·ली जनावर छन् । ३८ थरी जङ्गली विरुवा केन्द्रीय राज्यको संरक्षणमा छ भने तिब्बतमा मात्र पाइने १९६ जनावर, ८५५ थरी बिरुवा र २२ थरी पक्षी क्षेत्रीय तहको संरक्षणमा छन् । प्रमुख पर्यावरणीय प्रणालीलाई प्रभावकारी तरिकाबाट संरक्षण गरिएको छ । तिब्बती मृगको सङ्ख्या सन् १९९० को दसमा ६० हजारबाट बढेर अहिले २ लाखभन्दा बढी पुगेको छ । तिब्बती जङ्गली गैँडाको सङ्ख्या पचास हजारबाट बढेर ८० हजार पुगेको छ । त्यस्तै कालो घाँटी भएको सारसको सङ्ख्या ३ हजारबाट आठ हजार पुगेको छ । ज·ली चौरी गाईको सङ्ख्या सात हजारबाट दस हजार पुगेको छ ।
स्थानीय बासिन्दाको लागि वातावरणमा सुधार
तिब्बतले वातावरण संरक्षण परियोजनाको शृङ्खला नै थालनी गरेको छ । ढल निकासको व्यवस्थापन, ग्रामीण तथा सहरी क्षेत्रका बासिन्दाको जीवन अवस्थामा सुधार, उद्योग तथा खानीका कारण हुने प्रदूषणको नियन्त्रण र रोकथाम, नदी, ताल र जलाधार जोड्ने र बाढी नियन्त्रण गर्ने बृहत् संरचनाको निर्माणलगायतका काम तिब्बतमा भएका छन् । नाग्छु सहरमा जल पर्यावरण परियोजनाको नमुना कार्यक्रम लागू गरिएको छ । सो परियोजनाअन्तर्गत त्यहाँ प्रभावकारी तरिकाले पानीको स्वच्छता र आकाशको निलोपना संरक्षण गरिएको छ । सबै नदी र सबै तालको संरक्षण गर्न सम्बन्धित सरकारले नै अधिकारीहरू परिचालन गरेको छ । नदीको मुहान क्षेत्रको पर्यावरणीय संरक्षण गर्ने कामको थालनी गरेको छ । नामत्सो ताल (Namtso), यामद्रोक (Yamdrok) ताल र अन्य प्रमुख तालमा पर्यावरणीय पुनस्र्थापना परियोजना लागू गरिएको छ । केन्द्रीय सरकारको सहयोगमा मानिस बाँच्न थप उपयुक्त सहर र नगर विकासमा तिब्बतले बढी ध्यान दिएको छ । घर घरबाट आउने फोहोर र ढलको व्यवस्थापन गर्न सरकारले व्यवस्थित पूर्वाधार विकास गरेको छ । सन् २०१८ को अन्त्यसम्ममा सहर र नगरबाट आउने घरेलु फोहोर व्यवस्थापन गर्न १०६ वटा फोहोर मैला व्यवस्थापन केन्द्र (ल्यान्डफिल्ड साइट) बनाइयो । ती व्यवस्थापन केन्द्रले २ हजार २४० टनभन्दा बढी फोहोरमैला व्यवस्थापन गर्ने क्षमता राख्दछ । त्यस्तै ८९ वटा फोहोरलाई सदुपयोग गर्ने केन्द्र (वेस्ट ट्रान्सफर फ्यासिलिटिज) स्थापना भएका छन् । ती केन्द्रमा दैनिक ४७० टन फोहोरमैलालाई पुनः प्रयोग गर्नसक्ने क्षमता राख्दछ । तिब्बतमा १६ वटा सहरी ढल शुद्धीकरण परियोजना (ट्रिटमेन्ट प्लान्ट) छन् । ती सबैको जम्मा क्षमता दैनिक ३ लाख ७४ हजार टन बराबरको छ । त्यहाँ ९०३ किलोमिटर बराबरको ढलको पाइप सञ्जाल छ । काउन्टी तहमा घरबाट आउने घरेलु कुहिने फोहोरको ९० प्रतिशतभन्दा बढी र घरबाट आउने पानीको ६० प्रतिशतभन्दा बढीको सफा व्यवस्थापन गरिन्छ । ग्रामीण क्षेत्रको समग्र वातावरण सुधारको लागि थप पहल भइरहेका छन् । सहरी र ग्रामीण क्षेत्रमा हरियाली प्रवद्र्धन गरिएको छ । फोहोरको प्रकार वर्गीकरणमा अप्रभावकारिता, ध्वनि प्रदूषण, ढलनिकास र बालीनालीका डाँठ जलाउने जस्ता प्रदूषणका कारकको नियन्त्रणमा सुधारको लागि अझ प्रभावकारी कदम चालिएका छन् ।
सन् २०१० मा तिब्बत स्वशासित क्षेत्रले ६ हजार २२३ वटा गाउँको जीउनयोग्य वातावरण र समग्र वातावरण सुधारको लागि ६ अर्बभन्दा बढी युआन खर्च ग¥यो । यसले ती गाउँमा सकारात्मक परिणाम देखाएको छ । आज तिब्बतका सबै प्रमुख खोलानाला र ताल तलैयाहरू प्राकृतिक अवस्थामा छन् । ९५.७ प्रतिशत प्रमुख पानीका स्रोत अहिले चीनको राष्ट्रिय रुपमा पारिभाषित पानीको गुणस्तरमा छ । ९७.५ दिन तिब्बतको हावाको गुणस्तर ‘उत्कृष्ट’ वा ‘उत्तम’ हुने गरेको छ । सगरमाथा वरपरको वायुको गुणस्तरले सधैँ पहिलो श्रेणीको ‘उत्कृष्ट’ र ‘उत्तम’ गुणस्तर कायम राखेको छ ।
Democratic Reforms in Tibet- Sixty year on
नेपाली अनुवाद ः अनिता