भक्तपुर बहिरा सङ्घको ३० औँ वार्षिक साधारणसभा तथा १५ औँ अधिवेशन उद्घाटन
- भाद्र २०, २०८३
भक्तपुर, २७ श्रावण । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भक्तपुर नगरभित्र रहेको बधस्थल अनुगमन गरियो र विभिन्न बधस्थलहरुमा फोहर व्यवस्थित नगरेकोले मासुजन्य चिजमा तुरुन्तै संक्रमण भई मासु विग्रि उपभोक्ताहरुले उपभोग गर्दा ठूल्ठूला रोग लाग्न सक्ने तर्फ सचेत गराइयो ।
बधस्थल अनुगमन गर्दा महेश्वरी स्थित महेश्वरी सप्लायर्स दर्ता नविकरण गर्नु पर्ने, हाडखोर थुपारेको ठाउंमा किरा समेत भएर दुर्गन्धित भएको, रांगो राख्ने ठाउं धेरै फोहर भएकोले सफा गर्नु पर्ने, रागोको मल लगायत भित्र्यांस सफा गरेको फोहर समेत खोलामा पठाएको खोलामा बग्ने गरी नराख्न र व्यवस्थित गर्न, टेबुल फलामको खिया परेकोले स्टिलको टेवुल प्रयोग गर्नमा रंगरोगन गर्न, खिया लागेको औजार प्रयोग भएको हुँदा उक्त औजार नियन्त्रणमा ल्याईएको, त्यस्तै जय महेश्वरी माँ बधस्थल नविकरण गर्नु पर्ने, कामदारले अनिवार्य सेतो एप्रोन लगाउन पर्ने, टेबुल फलामको खिया परेकोले स्टिलको टेवुल प्रयोग गर्नमा रंगरोगन गर्न, खोलामा फोहर र मल नथुपार्ने, रांगो राख्ने ठाउँ सरसफाई गर्ने र ढक तराजू नविकरण गर्ने, त्यस्तै न्यू महेश्वरी हाईजेनिक मिट सपमा सरसफाईमा विशेष ध्यान दिने, रांगो राख्ने ठाउँमा सरसफाई गर्ने, मासु जालीले छोप्ने र कपडाले नछोप्न, टेबुल फलामको खिया परेकोले स्टिलको टेवुल प्रयोग गर्नमा रंगरोगन गर्न, बधस्थल दर्ता नविकरण गर्न, मासु वेच्ने कक्ष बनाई अल्मुनियमले कोठा बनाई झिंगा र फोहर किराबाट संक्रमित नहुने गरी व्यवस्थित गर्न र त्यस्तै वडा नं ७ पुरानो कम्पोष्ट प्लान्ट स्थित रमेश शाहीले संचालन गरेको बधस्थलमा अनुगमन गर्दा वधस्थल दर्ता नगरेकोले तीन दिन भित्र दर्ता गर्ने, हाडखोर थुपारेको दुर्गन्धित भएको, मासु मासु डिफ्रिजमा राखी सुरक्षित गर्नुपर्ने, भुईमा खाल्डाखुल्डी भएकोले सफा गर्न मिल्ने गरी प्लाष्टर, मार्वल राखी व्यवस्थित गर्ने र सरसफाई राम्रो नभएकोले १ थान तराजु नियन्त्रणमा ल्याएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य रोशन मैया सुवाल, सदस्य सचिव दिलिप कुमार सुवाल, भनपा श्यानिटेशन उपशाखाका वडा निरिक्षक रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापा, भक्तपुर उद्योग बाणिज्य संघका संजय जोन्छे, महानगरीय प्रहरी प्ररिसरका सम्शेर बहादुर श्रेष्ठ र भनपा कर उपशाखाका बिष्णु केशरी जोशीको सहभागी रहेको थियो ।
Leave a Reply